नेपालीलाई चर्पी बनाउन संगित पर्वमा बेल्जियमका नागरिक’

• सन्तोष न्यौपाने / बेल्जियम

बुद्द नेपालमा जन्मिए। तर हाम्रा शासक नेपालमा जन्मेका हुन् भन्न पनि डराउँछन् । बिदेशीले भनिदिनु पर्छ, बुद्द नेपालमा जन्मेको । अनुसन्धान उनीहरुलेनै गरिदिनु पर्छ । त्यो क्षेत्रको विकास गर्ने भनियो, भिख माग्दै देश बिदेश चहार्छन् नेता ‘लौन हाम्लाई पैसो देउ बुद्दको जन्मस्थलको विकास गर्न’ भन्दै। हुँदा हुंदा कति लाजमर्दो, नेपालीले सडकमा आची गर्छन् । पानीको मूलमै बिष्ट्याउँछन् । आची नधोएको हातले कपाकप खान्छन् । झाडा पखाला लाग्छ अनि बिदेशीले औषधी दिनुपर्ने । बरु जाँडका बोत्तलमा दाम टन्न खर्च गर्छन्, बिहे र ब्रतबन्धमा भक्कु पैसो खर्च गर्छन् भोज भतेर भन्दै । तर चर्पी गर्न चाहिँ खोलाका बगर, कुलोका ढिक र बाटो ताक्छन्। बिदेशीले बनाइदिनु पर्ने चर्पीपनि । माहुरीका गोला झैं बच्चा पायो तिनको लागि शिक्षा र स्वास्थ्यको मेसो मिलाउन बिदेशीकै मन पग्लिनु पर्ने । यतिखेर बेल्जियममा नागरिकहरुले मुजिक फर लाइफ नामको संगित कार्यक्रम गरिरहेका छन् नेपालीलाइ झाडापखालाबाट बचाउन । हग्ने ठाउँको ब्यवस्था गरिदिन ।

नेपालको वालवालिका तथा सरसफाइ र खासगरि खुल्ला दिसा र यसले निम्ताउने झाडा पखाला कम गर्ने उद्देश्यले बेल्जियममा चर्चित रेडियो स्टुडियो ब्रसेल्स र रेड क्रस भलान्दरनको आयोजनामा हिजोदेखि ‘म्युजिक फर लाइफ २०११’ नामक कार्यक्रम मार्फत सहयोग रकम उठाउन लागिएको छ । कार्यक्रमवाट आएको रकमले नेपालमा दैनिक रुपमा झाडापखालवाट मर्ने ३६ जना वालवालिकालाइ जोगाउने पहल गरिने छ । १७ लाख नेपालीहरु बाटोघाटो, करेसाबारी, खेत, भिर पाखामा दिसा गरेर दगुर्छन् । हो तिनलाई चर्पीको ब्यवस्था गर्ने उद्देश्यपनि राखेका छन् आयोजकले । त्यसकोलागि शनिबार देखि बेल्जियमको लुवेन शहरवाट शुरु गरेका छन् र गेन्ट सहर हुँदै आन्तरपेन शहरमा कार्यक्रम गरि २३ डिसेम्बरमा समाप्त हुनेछ ।

“मलाइ त यो भिडियोमा नेपालको वखान गरेको देखेर धिक्कार मात्र लागेन नेपाली हुनुमा दुख पनि लाग्यो । हाम्रा भाइ वहिनीहरु दैनिक ३६ जना झाडा पखालाले मात्र मर्दा रहेछन । हाम्रा दाइ भाइ दिदी वहिनीहरु १७ १७ लाखसंग त शौचालय नै रहेनछ‘ उत्त संस्थाले बनाएको भिडियो हेरेपछि बेल्जियमको आन्तरपेनमा बस्दै आएका कृण्ण रेग्मिले  भने ’तपाइ हामी राम्रा राम्रा गाडी चढेर हिँडेपनि, राम्रा राम्र रेष्टुरेन्ट गएर खाएपनि र जतिसुकै ठूला कुरा गरेपनि अवदेखी वेल्जियमका खैरेले भन्ने त त्यही न हो । कि होइन  ? त्यसैले केही गरौं शुरुवात यो कालो धव्वा मेट्नका लागि।’

साथै स्टुडियो ब्रसेल्सले सन २००६देखि अहिलेसम्म प्रत्येक वर्ष यसरिनै ‘म्युजिक फर लाइफ’ कार्यक्रम मार्फत सहयोग रकम संकलन गर्दैआएको हो जसलाई नेपाल जस्तै दक्षिण अफ्रिकाका देशहरुमा खानेपानी, एडस तथा शरणार्थीकोलागि प्रयोग गर्दै आएको छ । संगित भनेपछि हुरुक्कै हुर्ने अधिकांश बेल्जिकहरुमा यो कार्यक्रमले थप सहयोगका लागि हौसला थपेको आयोजकको भनाई छ । अहिले यो कार्यक्रम बेल्जियममा मेडियाहरुमा प्रथम समाचार बनेको छ ।

यहाँका संस्थाहरुले सहयोगका लागि कार्यक्रम गर्न थालेपछि यहाँ रहेका नेपालीहरुपनि सहयोग जुटाउन लागिपरेका छन । एभरेस्ट नेपाली समाज बु्रजका अध्यक्ष डिल्लि सुब्बा सबै नेपाली दाजुभाई तथा दिदिबहिनिहरु मिलेर सक्दो रकम संकलन गरेर आयोजकलाई प्रदान गर्न लागेको बताए ।

उता विगत केहि महिना अघि देखि नेपाली भाषा कक्षा संचालन गर्दै आएकि सोफिया महर्जन कार्किले आफ्ना विध्यार्थिहरुलेपनि खाजा खर्च कटाएर तथा अभिभावकले सकेको रकम खुत्रुकेमा संकलन गरेको जानकारि दिईन् । सो रकम विध्यार्थिहरुले नै आयोजकलाई प्रदान गर्ने बताउनुभयो । त्यस्तै, सहयोगका लागि बेल्जियमको भलान्दरमा रहेका विभिन्न विध्यालयहरुमा विध्यार्थिद्धारा सहयोग रकम संकलित गरिएको छ । सो रकम आआफ्नो क्षेत्रमा हुने ‘म्युजिक फर लाइफ’ कार्यक्रममा प्रदान गर्नेछन ।

तपाइँको प्रतिक्रिया