कति गर्छौ हे शहिदको नाममा राजनिति ?
नेपालमा के भएको हो ? यो शहिद शब्द खुब रुचाउन थालेका छन राजनितिक पार्टी । नेता । तिनका जिल्ला, शहर गाउँका कार्यकर्ता सबै । अपराधीलाई कारवाही गर्नु छैन हत्त न पत्त गएर शहिद घोषणा गर्यो । पैसा दियो । मान्छेलाई शहिद बनाउन, शहिद बनेकै दिनमा उसको नाममा पुरस्कार घोषणा गर्न कति हतार ? शहिद भएकोमा झन खुशि भए जस्तो । अब त शहिदका नाममा झन चर्का राजनिति हुन थालेको छ । खाली जग्गा जमिन देख्यो कि शहिद स्म्रिति भनेर ओगटिहाल्ने । शहिदको नाममा एउटा साईनबोर्ड लगेर झुण्ड्याइदिने अनि छोड्ने । त्यसको नाममा शुरु गर्ने राजनिति ।
सार्वजनिक जग्गा, सामूदायिक वन, खेल मैदान, गाई भैंसीको चरन केहि देख्न नहुने भो । एउटा दलले त्यसो गरेको देखेपछि अर्कोले बिरोध गर्नु, सहमतीमा त्यसलाई हटाउनु, कानुनी उपचार गरेर त्यस्तो कुसंस्क्रितिको बिरोध गर्नु छैन । अर्को दलकोले झन धेरै अर्को ठाउँ खोज्दै गएर ओगट्ने । हेर्नुस त यो चितवनको टिकौली वन कार्यालय छेउमै । अब शहिदको नाममा राजनिति गर्न यसलाइ ओगटिएको छ यसरि । वन कार्यालयले पनि के हेरेर बस्ने रहेछ ?
सामुदायिक वन क्षेत्रमा पर्ने यो खाली ठाउँमा पहिले युवाहरु भलिवल, क्रिकेट आदि खेल्थे । यसले शहरको वातावरणलाई स्वच्छ राख्न मद्दत गरिरहेको छ । शहर नजिक हरियाली थपेर सुन्दरता थपेको छ । घाँसेफाँटमा रमाउने चरा र जिवजन्तुलाई वासस्थान दिएको छ । अनि यो सबै मासेर शहिद उद्दान बनाउने रे । भवनहरु ठ्ड्याउने रे । शहिदहरु सबै हरियाली मासियोस, सबै कंक्रिटनै कंक्रिटको वस्ती होस भन्ने चाहन्छन र ? मानविय वस्ती वरिपरिको हरियाली, वन, प्रक्रितिका अन्य रचना सिध्याएर आफ्नो सालिक ठडिएको चाहना गर्छन शहिदले ? होइन भने शहिदको चाहना बिरुद्दको यस्तो कामले शहिदको भावनाको सम्मान होला कि तिरस्कार ?शहिदका नाममा राम्रो काम गर्नुछैन झन प्राक्रितिक सम्पदा मासेर शहिदको बदनाम पो गर्ने ?






