क्या अक्किल जानेको यो कागले !
साह्रै चतुर हुने रहेछन् काग । वैज्ञानिकभन्दा झन चतुर । नयाँ नयाँ अक्किल निकाल्न र स्रिजनात्मक उपाय मानव दिमाखले मात्रै सक्छ भन्ने विश्वास गर्छन् आम मान्छेहरु । तर चलाख कागहरुले त्यसलाई असत्य साबी गरिदिएका छन् । तिर्खा लागेको बेला कतै बोत्तल वा करुवाको पीँधमा, रुखको गहिरो टोड्कामा पानी देखियो । उबाउने केहि छैन । ठोंडले भट्दैन । कसरि खाने ?
बीबीसी वाइल्डका अनुसार कागहरुले ढुंगो खोजेर ल्याउने र बोत्तलको पीँधमा खसाल्ने रहेछन् । त्यसरि ढुंगा खसाल्दै जाँदा पानी बिस्तारै माथि माथि सर्दै मुखैसम्म आउँछ भन्ने जान्ने रहेछन् ।
त्यसैले तिनले रुखका हाँगा भाँचेर अलि परको वस्तु तान्ने । अप्ठेरोमा छ भने ढुंगो हुर्र्याएर खसाल्ने । आफ्नै प्वाँख चुँडालेरपनि प्रयोग गर्ने रहेछन् । यो तस्विरमापनि एउटा कागले बोत्तलको पिँधमा रहेको पानीलाई माथि ल्याउन ढुँगा खसाल्दै छ । यस्ता अक्किल निकाल्न कागहरुको दिमाखको बनोट अन्य चरामा भन्दा विशेष तरिकाले बनेको बताएका छन् वैज्ञानिकहरुले ।






