यहि देखाउन बोलाउने दश लाख पर्यटक ?

dumping-in-nepal.jpg

यो तस्बिर काठमाडौं राजधानी जोड्ने एक मात्र प्रिथ्वी राजमार्गको मलेखु बजारमा खिचिएको हो । यहाँबाट हरेक दिन पर्यटक बस मात्रै ३०० वटा ओहोर दोहोर गर्छन । यो मलेखु बजारको हाइ वे गार्डेन होटेल एण्ड रेस्टुरेन्टको अगाडिकै द्रिष्य हो । यहि फोहोरको अगाडि दिनमा कम्तिमा २० वटा पर्यटक बस रोकिन्छन । यहि हेर्दै तिनले बिहानको नास्ता र दिउँसोको खाना खाएर हिँड्छन ।

सन २०११ लाई पर्यटक वर्ष घोषणा गर्दै १० लाख पर्यटक ल्याउने घोषणा गरेको छ सरकारले । तर घोषणा भाषणमा मात्रै सिमित देखिन्छ । यातायातको बिजोग उहि । विमानहरुको अभाव उस्तै । खानेपानी झन संकट । बिजुली नभएर सधैं अन्धकार । धुलो, धुवाँ र प्रदुषण झन बढ्दो । ठुला समस्या त हल गर्न सकेन रे लौ । के राजमार्गमा थुप्रिएका यस्ता फोहोरका डंगुरपनि सम्हाल्न सक्दैन सरकारले ? यस्तो फोहोर सम्हाल्न त ठुलो योजना बनाउनु पर्थेन । लाखौं करोडौं खर्च हुन्थेन । यस्ता सानातिना समस्या स्थानिय स्तरमै हल गर्न सकिन्छ यदि सरकार जिम्मेवार हुने हो भने । तर सरकारले पटक्कै ध्यान दिएको देखिन्न

नेपाल भ्रमणवर्ष, नेपालवर्ष गन्तब्य भन्दै अनेक नारा फलाक्ने नेपाल सरकारको यो लाचारी पारा देख्दा यस्तो द्रिष्य देख्ने पर्यटकहरुले के सोच्लान ? कस्तो सोच बनाएर जालान ? नाथे राजमार्गको फोहोर समेत उट्झाउन नसक्ने सरकारले के को भाषण ठोक्नु १० लाख पर्यटक ल्याउँछु भन्दै । ल्याएर पो के गर्ने ? यस्तै फोहोरका थुप्रा देखाएर पठाउने पर्यटकलाई ?

नेपालका ब्यापारीपनि कति चुथ्था हुन । यो हाईवे गार्डेनले दिनकै लाखौं रुपियाँ कमाउँछ तिनै पर्यटक बसबाट । तर आफ्नो होटेलै अगाडिको यति फोहोर के उसले थान्को लगाउन सक्थेन त ? दिनकै लाखौं कमाउने होटेलले के नाथे दुइ चार सय खर्च गरेर आफ्नो दैलाको दुर्गन्ध हटाउन सक्दैन ? उसले एक्लै नगरेपनि त्यत्रो ब्यापार हुने मलेखु बजारका सबै ब्यापारी मिलेर के यति फोहोर सफा गरे हुन्न ? जहाँ पनि सरकारकै मुख ताक्नुपर्ने ? के सफा पर्यटकलाई मात्रै चाहिन्छ ? हामी नेपाली पनि सफा सुग्घरमा बस्न हुन्न ?

तपाइँको प्रतिक्रिया