फोटोमा जिवजन्तु

(ईण्डोनेशियाको आकतोबी वार्सीपेलागोमा पौडी खेलीरहेका माछाको हुल । फोटो- रोड साल्म /गेटी इमेजेज)

केहि हप्ता भयो फोटोका माध्यमबाट जिवजन्तु चिनाउन नभ्याएको । प्रक्रितिका सुन्दर तस्विर राख्न नपाएको । त्यसैले आज केहि हप्तापछि जिवजन्तुका विविध तस्विर राख्ने जमर्को गरेको हुँ ।

फ्रान्सको पूर्वी भागमा पर्ने मिजु भन्ने ठाउँमा यौन संसर्ग गर्दैरहेका दुई भ्यागुता । भ्यागुताले यौन क्रिडा गर्दा यस्तो तरिकालेपनि गर्ने रहेछ भन्दै वैज्ञानिकहरुपनि अचम्मित परेका छन् । फोटो- एरिक फिफिरबेयर / गेटी इमेजेजआमाको जिम्मेवारी र माया कति धेरै हुने है ? तिन चार वटा बचेरालाई पखेंटामुनी लुकाएर न्यानो दिँदै छ यो टिट्टिभ चरा (पिपिङ प्लोभर) । तस्विर -मिकायल मिलिसिया / सोलेन्ट न्युज एन्ड फोटो

मरेको होइन घामको आनन्द । लण्डनको बगैंचा (गार्डेन अफ लण्डन) मा घाम ताप्दै फ्याउरो । फोटो – रेनहार्ड क्राउज / रोयटर्स

क्यानडाको भ्यानकुभर स्थित स्टेन्ली पार्कमा गूँड बनाउँदै गरेका दुई बकुल्ला (ब्लु हेरोन) माया साट्दै । यीनले गर्मीयाम लाग्ने बेला यसरि गूँड बनाउने गर्छन् । फोटो – एन्डी क्लार्क / रोयटर्स

बाढी बाट बच्न रुख चढ्दै : यो वर्ष बाढी धेरै गएपछि पाकिस्तानमा उर्लँदो भेलबाट बच्न माकुराहरु यसरि रुख चढेका हुन् । सिन्ध भन्ने ठाउँका धेरै रुख यसैगरि माकुराले जेलिएका छन् । रुखमा माकुरा धेरै बसेकाले यो वर्ष अघिल्ला वर्षको अनुपातमा लामखुट्टे कम लागेको स्थानिय मानिसहरुले बताए । फोटो- रुसेल वाट्किन / डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट

भारतको आसामस्थित काजिरंगा राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको झुण्ड । यो निकुञ्ज विश्वमै प्रख्यात छ । पछिल्लो समय मानवसितको द्वन्दमा धेरै हात्ती मारिने र चोर शिकारीको फन्दामा पर्ने गरेका छन् । फोटो – अल्ताफ काद्री / एपी

खडेरीको असर : यो वर्ष अष्ट्रेलियामा लामो खडेरी पर्‍यो । पानीको अभावले गर्दा अस्ट्रेलियामा लाखौं हेक्टर जमिन यसरि पटपटी फुटेको थियो । यो  क्विन्सल्याण्ड राज्यमा खिचिएको हो । फोटो- द गार्डिएन दैनिक

इङ्ल्याण्डको उत्तर पश्चिम स्थित आरएसपीबी प्राक्रितिक पार्कमाथि उडीरहेका स्टार्लिङ चराको बथान । पछिल्ला केहि वर्षदेखि यो चराको संख्या ७० प्रतिशतले घटेको भन्दै यो चराको संरक्षणमा चिन्ता ब्यक्त गरिएको छ । फोटो- निल ब्लन्ड /आर एस पी बी

 

 

तपाइँको प्रतिक्रिया