चन्द्रमा चिनको पोल्टामा ?

अमेरिकी बैज्ञानिकहरु चन्द्रमा पुगेर फर्किएको धेरै भएको त छैन नै, तर अब भने त्यहि चन्द्रमा छुनपनि चिनको ईजाजत लिनुपर्ने दिन आउन सक्छ । यस्तो भन्नेपनि अमेरिकी विशेषज्ञ नै हुन् । चानचुने ब्यक्ति होइनन् फेरी । भूउपग्रह, ग्रह र चन्द्रमा लगायतका विषयमा बहस गर्ने ब्यक्ति । कानुनबेत्ता रोबर्ट बिगेलो ।

बाहिरको ग्रहमा झण्डा कसैले गाडेको थियो भने त्यो अमेरिकी नै थिए । तिनले लुनारमा लगेर झण्डा गाडेका थिए एपोलो कार्यक्रम अन्तर्गत । अब त्यसरि अर्को कुनै ग्रहमा लगेर आफ्नो देशको झण्डा फहराउने चिन हुनसक्छ भन्ने तर्क गरेका छन् अमेरिकी विशेषज्ञहरुले । उनीहरुले अबको १५ वर्षमा चिनले चन्द्रमा पुगेर झण्डा गाड्न सक्छ भन्ने अनुमानपनि लगाएका छन् । उनीहरु चिन्तित छन् । हुनत त्यस्ता ग्रहहरु कसैलेपनि नीजि सम्पत्ती बनाउन नपाइने कानुन छ । तर चिन त्यहाँ पुगेर महत्वपूर्ण स्रोतहरु हात पार्छ भन्ने अनुमान गर्दै अहिलेदेखिनै अमेरिकीहरुलाई चिन्तित पारेको बताएका छन् ।

उनीहरुको शंका अर्कोपनि छ, अमेरिकाले नयाँ नयाँ क्षेत्र र खोज गर्दै आफूखुशि प्रयोग गर्ने, आफ्नो दाबी गर्ने गर्दैआएको छ भने चिनलेपनि चन्द्रमामा आफ्नो दाबी गर्न सक्छ । अबको १५ वर्षमा चिनको सौर्यमण्डल, भूउपग्रह र ग्रहहरुको अनुसन्धानमा यति विकास हुन्छ कि अमेरिकीहरुलाईपनि त्यसले हेरेको हेर्‍यै पार्न सक्छ । अहिलेसम्म त्यसलाई रोक्ने र उछिन्ने भनेको को ? अमेरिका । तर अब १५ वर्षमा अमेरिकाकोपनि कुनै सिप नलाग्नेगरि चिन त्यति अगाडि बढिसकेको हुनेछ । चिनलाई त्यस्तो दाबी गर्न र चन्द्रमामा अड्डा जमाएर त्यहाँका स्रोतहरु हात पार्न कसैले रोक्न सक्ने छैन ।

बिगेलोका अनुसार जसले चन्द्रमा आफ्नो बनाउँछ उसले सम्पूर्ण सौर्य मण्डलमाथिनै एकाधिकर जमाउने छ । यसो हुनु भनेको २१ र २२ औं शताब्दी मात्रै होइन त्यसपछिकोलागिपनि आफ्नो बनाउने विशेषताका रुपमा देखा पर्ने संकेत हो । उनका अनुसार यदि यसमा अमेरिका चुक्यो भने उसकोलागि ठूलो मूल्य चुक्नु, अमेरिकी पहुँच दूर्लभ हुनु हो । सम्पूर्ण सौर्य मण्डलको अनुसन्धान, अध्ययन र स्रोतमा अमेरिका रित्तो हुने छ

चिनको अहिले अरुलाई तिर्नुपर्ने ऋण नै छैन । तर नगद ? १० खर्ब डलर बराबरको प्रविधिक सिप र दक्षता छ । निकै लामो भविष्यसम्मको स्पष्ठ रणनिति र राष्ट्रिय समर्थन पनि । त्यसैले गर्दा चन्द्रामा कच्चा पदार्थमाथि चिनले अबको १५ वर्षमा आफ्नो स्वामित्व कायम गर्ने छ । अमेरिकाले किन सक्दैन त ? अन्तर्राष्ट्रिय साख गिर्दो छ । आर्थिक रुपले घूँडा टेक्दै छ । ऋण छ । स्पष्ठ राष्ट्रिय रणनिति छैन ।

(तस्विर : नासा)

तपाइँको प्रतिक्रिया