आफन्तको स्वर ठ्याक्कै चिन्छन कागहरु

bird-conversation-american-crows.jpgतपाई अमेरिका बस्नुस कि जापान । जतिसुकै टाढाबाटपनि फोनमा आमा बोलेको ठ्याक्कै चिन्नुहुन्न त ? काग हरुलेपनि त्यस्तै गरेर आफन्तहरुको बोली चिन्ने रहेछन । गत वर्ष गरिएको एक अध्ययनबाट यो पत्ता लागेको हो । बैज्ञानिक अध्यनबाट के पत्ता लागेको छ भने कागहरुको स्वर सात खाले हुने रहेछन । तिनमा एकदम मन्द खालको भिन्नता मात्रै हुने गर्छ । त्यस्तो भिन्नता हरेक कागको स्वरमा हुने गर्छ । कागहरुले त्यहि भिन्नताका आधारमा एक अर्कोलाई चिन्ने रहेछन । अध्ययनबाट केपनि पत्ता लाग्यो भने पोथी कागहरुको आवाज भालेहरुको भन्दा उच्च हुने गर्छ ।

यो अध्ययन अमेरिकाको क्लालिफोर्निया बिश्वबिद्दालयकी जेसिका योर्न्जिस्कीले अमेरिकी कागहरुमा गरेर पत्तालगाएकि हुन । कागहरुमा पाईने यो क्षमता किन महत्वपूर्ण हुन्छ भने कागहरुले आफ्नो परिवरसँग सम्पर्कमा रहनकालागि जिवनकालभरि प्रयोग गर्छन धेरै काग आफ्नै छरछिमेकमा प्रजनन गर्छन  । एक अर्काको नजिक नजिकै गुँड बनाएर बचेर हुर्काउँछन । त्यसैले तिनले एक अर्काको स्वर चिन्दछन । तर तिनले ठ्याक्कै त्यसो गर्छन भन्ने चाहिँ पत्तालगाउन नसकिएको बताएकाछन लगातार १८ वर्षसम्म कागहरुको पारिवारिक जिवन अध्ययन गरेका कोर्नेल ल्याब ओर्निथोलोजीका अनुसन्धानदाता क्याभिन म्याक गोवनले ।

कसरि गरियो त यस्तो अध्ययन ? योर्जिन्स्कीले कागको नजिक पुग्दाको बेलाका करिब एक हजार संकेत स्वरहरुलाई टेपमा भरेकि थिईन त्यसमा पाँच भिन्न परिवारका १५ वटा कागको आवाज लिईएको थियो । लामो समयसम्म अध्ययन गर्नको लागि ति कागलाई समातेर खुट्टामा चिन्ह लगाइएको थियो । कुन आवाज कसको र कुन परिवारको हो भनेर छुट्ट्याउनकालागि त्यसो गरिएको हो । त्यसपछि दुई दर्जन भन्दा बढि आवाजलाई स्वर ब्यञ्जनाको बिधी अनुसार मापन गरेकीथि ईन उनले । आवाजलाई सुक्ष्म विश्लेषण गर्ने उपकरणको माध्यमले ति स्वर कति समयमा कति पटक निकाल्छन, कति अवधिसम्म, कति समय खालिरहन्छ र त्यस्तो आवाज निकाल्न कति शक्ति खर्च हुन्छ भन्ने विश्लेषणपनि गरिएको थियो ।

तपाइँको प्रतिक्रिया