बेल्जियमको महायज्ञमा नेपालीहरुको भिडमभिड

● सन्तोष न्यौपाने / बेल्जियम

पुराणमा दिइएको दानले देशका धेरै ठाउँमा विध्यालय र अस्पतालका भवन बनेका छन् । देश भित्र मात्रै होइन सार्वजनिक भवन बनाउन अहिले बिदेशमा समेत सप्ताह लाउने चलन छ । युरोपको राजधानी मानिने बेल्जियममा बुधबार देखि सुरु भएको  भागवत महान ज्ञान यज्ञमा  नेपालीहरुले भजन तथा प्रवचनबाट भरपुर्ण मनोरंजन लिए । कार्यक्रम स्थल भवन भत्तजनहरुको भजन र नृत्यले भरिभराउ भएको थियो।

नेपालका धेरै ठाउमा गएर भागवत ज्ञान महा यज्ञ संचालनगरेर समाजिक पुन्य कमाइसकेका वाचन प्रविण दिनबन्धु पोखरेलले प्रवचन दिइरहेका छन । कार्यक्रममा बेल्जियमभरिका संघसंस्थाका पदाधिकारि तथा यहास्थित वृद्ध वृद्धाहरुको सहभागि रहेको छ । नेपालमा यस्ता धेरै कार्यक्रममा सहभागि भएका यहाका नेपालीहरुलाई यो कार्यक्रमले थप नेपाल प्रतिको माया र राण्ट्रियता जगेर्नामा थप सहयोग पुराएको छ । नेपाल सम्बन्धि जानकारि दिने तथा नेपाल चिनाउने गरि बनाउन लागिएको नेपाल हाउस अर्थात नेपाल सांस्कृतिक भवन निर्माण गर्ने उध्यश्यले सुरु गरिएको यो महायज्ञ आजसम्म चल्नेछ ।

सप्ताह चलिरहेको भवन नेपालीले भरिएको छ । नेपालबाट टाढा रहेका नेपाली भजन र नाँचमा रमाइरहेका छन् । नेपाल सम्बन्धि जानकारि दिने गरी बनाउन लागिएको नेपाल हाउस अर्थात नेपाल सांस्कृतिक भवन बनाउने उद्धेश्यले सुरु गरिएको हो । सप्ताहले नेपाली समुदायमा एकता ल्याउने र पूर्वीय दर्शन प्रचार गर्ने बताउनुहुन्छ कार्यक्रम अभियान जयतु संस्कृतम्का संयोजक राधाकृष्ण अधिकारी ।

 जयतु संस्कृतमसँगै यो कार्यक्रमलाई एन आर एन बेल्जियमले सहयोग गरिरहेको छ । नेपाल हाउस बनाउन एन आर एन बेल्जियमले हिजो मात्रै ५५ हजार ५ सय ५५ युरो दिने घोषणा गर्‍यो । सहयोग दिने मध्ये धेरैजसोले २५ सय देखि १० हजार युरोसम्म दिएका छन । यो रकम २ वर्ष भित्र दिइसक्नु पर्ने बताउँछिन् एन आर एन, बेल्जीयमका अध्यक्ष जानकी गुरुङ ।

कार्यक्रम दाजुभाईको तुलनामा महिला दिदि बहिनिहरुको उल्लेखनिय सहभागिता रहेको थियो प्रवासमा यसरि गरिएको कार्यक्रमले आफु नेपालमै रहेको जस्तो अनुभव भएको सहभागि एक सूर्या देवि श्रेष्ठले बताइन ।

भागवत बाचन कलाका हिसावले निक्कै ख्याती कमाएका पण्डित दिनबन्धु पोखरेलले यसअघि अमेरिकामा पनि सप्ताह मार्फत साँस्कृतिक भवन बनाउन सहयोग जुटाई सक्नु भएको छ । कार्यक्रम अवधिभर आफुले वैज्ञानिक ढंगबाट प्रवचन दिने बताउछन वाचन प्रविण दिन बन्धु पोखरेल  ।

बेल्जियमा रहेको नेपालि नेपालि विचको जातिय वैमन्स्यता र राजनैतिक तनावलाई सदाका लागि नस्ट गर्ने वचन दिएका पोखरेल यो काममा चाहि असफल नै रहेको कार्यक्रममा उपस्थित भक्तालुहरुको संख्याले देखाएको छ । जसमा धेरै ब्यत्तिहरुको यो समाचार लेख्ने समय सम्म उपस्थिति न्युन थियो । अर्को तर्फ महायज्ञले युरोपियन भुमिमा धार्मिक आस्था र पुर्विय दर्शनलाई जगेर्ना गर्ने काम गरेको छ ।  

फोटो शालिकराम गौतम तथा दिपक सुवेदि

तपाइँको प्रतिक्रिया