पाँच रुपियाँमै पाइने पोखराको टुरिस्ट होटेल

पोखरामा पर्यटकिय होटेलमा जम्मा नेपाली पाँच रुपियाँ । कसले पत्याउँछ ? तर के गर्नु पाईने रहेछ । भिजिटिङ कार्डमै बकाईदा लेखेको छ त नपत्याएर हुन्छ ? कुन वर्ष हो थाह छैन । कार्डमा त्यो उल्लेख छैन । तर डबल बेडको एक थरी कोठा रहेछ जम्मा ३० रुपियाँमा। त्यो सायद अलि स्तरिय होला । अनि अर्को खाले रहेछ डबल बेडकै १५ रुपियाँमा पाइने । एकजना सुत्ने कोठलाई होला सायद कमन लेखेको । त्यसको चाहिँ जम्मा पाँच रुपियाँ रे । सरकारी कर (गभरमेन्ट ट्याक्स) चाहिँ उहि १० प्रतिशत । त्यो जोड्दापनि साँढे पाँच रुपियाँ मात्रै पर्‍यो । भिजिटिङ कार्ड हेर्न भित्र आउनुस

 

pokhara-lodge-1.jpg

होटेलको टेलिफोन नंबर हेर्नुस त झन । हाँसो लाग्छ । जम्मा २९ रे । त्यस्तो नंबरपनि थियो र नेपालमा ? कहिले थियो होला ? कुन सालतिर ? पोखराका साथीहरुलाई यसबारे पक्कै जानकारी होला । अनि यो द हिमालय तिब्बतेन होटेल एण्ड रेस्टुरेन्ट भन्ने होटेल अझै छ होला पोखरामा ? हुनुपर्छ र त्यो होटेल विमानस्थलको पारीपट्टी पहिलेको होटेल क्रिष्टलको आडमा थियो भन्ने मलाई लाग्छ । कार्डमा हातले लेखिएको छ केसाङ भनेर । त्यो सायद नेपालको पर्यटनको पहिलो खाका कोर्ने राजा वीरेन्द्रका फ्रान्सेली साथी जर्ज ल ब्रेकले लेखेका हुन । केसाङ जर्जका साथी थिए होला सायद । जर्ज अहिले बितिसके । तर मैले यो कार्डको फोटोकपी उनैकि पत्नी आलन ल ब्रेकबाट लिएको हुँ ।

तपाइँको प्रतिक्रिया