यस्तो पो रैछ प्रिथ्वीको पहिलो तस्बिर ?

human-being-in-the-moon.jpg

आजकै दिन पुगेका थिए चन्द्रमामा मानव । १९६८ डिसेम्बर २४ का दिन । तर ति चन्द्रमामा पुगेको भन्दापनि तिनले छोडेको मानव पाईला र आक्रितिलाई बढि संझने गरिन्छ । अथवा तिनले खिचेको प्रिथ्वीको तस्बिर । त्यहि बेलादेखि हो हामी मानव जाती बसोबास गर्दै आएको प्रिथ्वी कस्तो देखिन्छ भनेर जान्न पाएको । त्यो बेला पुगेका बैज्ञानिकले खिचेर सार्वजनिक गरेपछि बल्ल हो हामी बस्ने ठाउँ कस्तो रहेछ भन्ने हाम्रो कौतुहलता मेटिएको । त्योबेला एपोलो ८ नामको अन्तरिक्ष यान लिएर गएका बैज्ञानिकहरुले दुई लाख माईल टाढाको चन्द्रमाबाट आफैं बसोबास गर्ने प्रिथ्वीको अवलोकन गरेका थिए । त्यति माथिबाट हेर्दा प्रिथ्वी कस्तो देखिएको हुँदो हो ?
प्रिथ्वी त क्रिसमसमा कलाले सजिएको  रुख जस्तै तैरिएको देखिएको रहेछ । यानको झ्यालबाट तिनले झपाझप फोटो खिच्न थालेछन । त्यो भन्दा पहिले कहिलेपनि कसैले पनि नदेखेको हुनाले प्रिथ्वीको फोटो खिच्न सकिन्छ भनेर कसैले सोचेका पनि रहेनछन । यहाँ जुन तस्बिर राखिएको छ् त्यो नै प्रिथ्वीको सबैभन्दा बढि छापिएको र धेरै पटक प्रयोग गरिएको तस्बिर हो भनेर बेलायतबाट निस्कने द गार्डियन दैनिकले उल्लेख गरेको छ । “त्यो तस्बिरले मानव चेतनालाई बिस्फोट गरायो” बैज्ञानिकहरुले भन्ने गरेका छन । त्यो तस्बिर लिईएको १८ महिनाबाट वातावरणिय आन्दोलन शुरु भएको रहेछ । त्यो फोटो अल गोरले ओस्कार पुरस्कारकालागि दर्ता गरेको एक फिल्ममापनि प्रयोग गरिएको रहेछ । प्रिथ्वीको पहिलो तस्बिर कसले लियो भन्ने मा बिबादपनि छ । अ मेरिकी बैज्ञानिक संस्था नासाले भने प्रिथ्वीको पहिलो तस्बिर बिल एण्डर्स भन्नेले खिचेका थिए भनेर दाबी गरेका छन । फोटो साभार-नासा/टाईम र लाईफ पिक्चर

तपाइँको प्रतिक्रिया