जिज्ञासु चरा (फोटो ब्लग)
जिज्ञासा मान्छेलाइ मात्रै लाग्दैन । धेरै जिवजन्तु जिज्ञासु हुन्छन् । चरा त झन जिज्ञासु हुन्छन् । त्यहि जिज्ञासाले यो (पहिलो तस्विर) माटीकोरे यसरी बेलायती फोटो ग्राफरले यस्सो अड्याएर झिमिक्क कतै गर्दा उसको क्यामरामा गएर ट्याक्क उभिएको हो । आज मैले बिभिन्न स्रोतबाट प्राप्त, कुनै बिदेशी मित्रले पठाएका तस्विरहरुको फोटो ब्लग राखेको छु । फोटो- आलन वील्स ।
ए ए यसैले पो रैछ है हाम्रो फोटो क्लिक्क क्लिक्क गर्ने ? लेन्स नियाल्दै चिचिल्कोटे चरा । (फोटो- क्रिस्चिन हल)
किन आको नजिक नजिक ? क्यामरामेन नजिक पुग्दा छड्के आँखाले हेर्दै आङ्ल भाषामा इभिला आउल भनिने लाटोकोसेरो । फोटो- रोबर्ट फुलर
सूर्यास्तका बेला उडान गर्दै पिंक फूटेड गीज भनिने पानी हाँस । फोटो- लिज गेन्ट
माया प्रेममा फसेका जलेवाका जोडी न्रित्य गर्दै तालमा । फोटो- जिजि वाइल्डलाइफ
चिया खाने ? हामीनै गिलासमा हालेर दिउँ कि ? स्टार्लिङ भनिने डाङ्रे जातिका चरा चियाको भाँडो नियाल्दै । फोटो – गारी प्रेस्कोट
आकाशमा रहस्य । आङ्ल भाषामा चाफिन्च भनिने तितु जातिको एक चरा ठाडो उभिएर रमाइलो गर्दै । फोटो- मिस्टीब्लु
आहारालाई झाम्टा मार्न बेगले ओर्लँदै काइट भनिने बाज । फोटो- भ्याली वाकर
कहाँ जालास डांग्रे ! स्टारलिङ भनिने डाङ्रे जातीको एउटा चरालाई अँठ्याउँदै फुस्रो बकुल्ला । फोटो – जिजि वाइल्डलाइफ
यात्रा जारी छ । स्वान भनिने हाँसहरु सूर्यास्तका बेला यात्रामा । फोटो- स्टिभ माकिन
झुक्किनुहोला है, माथि चढ्या होइन छायाँ हो ! तालमा फ्यालफ्याले चरा । फोटो- जेफ कोहेन
टपक्कै ! रेड स्यान्क भनिने पानी चरा गँगटा समाउँदै । फोटो – इभारी एलिसन

















