हिमालजति छोपेर के देखाउने हो पर्यटकलाइ पोखरामा ?

हिमालको द्रिष्य र फेवा ताल झिकिदिए पोखराको के मतलव पर्यटककालागि ? यसै त नेपाल जाने पर्यटकको मुख्य आकर्षण हिमाल हो । झन पोखरा त हिमालकै लागि भनेर जान्छन् । पोखरा पुग्ने अधिकांश पर्यटकको चाहना नै टिसर्ट लगाएर ८००० मिटर अग्ला हिमाल हेर्नु । कफीको सुप्को मार्दै हिमालका उचाइ नाप्नु । हाँसेका हिमालसित झ्यालबाटै मुखामुख गर्नु । मुस्कुराउनु । तर यीनै हिमालको गुन आजकाल पोखरेलीले बिर्सिएका छन् । पर्यटकले हेर्ने, सित्तैमा पाएका हिमाल देखाएर पैसो सोर्ने, गुजारा चलाउने, रातरात लखपती बन्ने यहि आधारलाइ बेवास्ता गरेका छन् । र त यसरि पोखराबाट टिलिक्क टल्केको देख्न पाइने हिमाल छोपिँदापनि पोखावासीलाई मतलव छैन ।

जनसंख्या बढ्दो छ । डलरका क्याँट सबैलाई कमाउनु छ । त्यसकालागि दिन दिनै गगनचुम्बी महल ठडिँदा छन् । घर थपिएका छन् । होटेलका छाना बढ्दा छन् । त्यो ब्रीदी सँगै हिमालको सान, मान र सौन्दर्य गुमिरहेको छ । बिदेश जाने आधारपनि यिनै हिमाल हाँस्नाले मिल्छ धेरैलाई । यि हिमाल नहुने हो भने त्यहाँका झिँगा मुसा र कागले पनि छोडेर हिँड्छन् पोखरा । त्यसैले कम्तिमा आफ्ना जिवनका आधारलाई जोगाउनपनि तिनको आदर र सम्मान गर्नुपर्ने हो पोखरेलीले । तर सुनको फूल पारुन्जेलसम्म यी हिमालको आदर गर्नुपर्छ भन्ने देखिन्न ।

हिमालका यी चुचुरा देखाएर डलर च्याप्प च्याप्प गन्दा त्यसको भागबन्डा सरकारलाई लाग्दैन । पोखरेलीले दिएका छैनन् सरकारलाई । यि प्रत्येक चुचुराले पोखरेलीलाई लाखौं करोडौं दिइसकेका छन् । यीनको द्रिष्य जोगाउन सरकारको मुख ताकिराख्नु पर्दैन । पोखराबासीले सुका मोहोर प्रति पर्यटक जम्म पारेपनि बिजुलीका तार जमिनमुनीबाट घुसार्न सक्छन् । तर आफ्नै सम्पदा, आफ्नै आम्दानी र  गुजाराको स्रोत, रोजी रोटी र जिवनको आधारलाई जोगाउनपनि पोखरेलीहरुले सरकारकै नीति, सरकारकै स्रोत र मुख ताकेर बसेका छन् ।

तपाइँको प्रतिक्रिया