मिल्किएको प्लास्टिकबाट बन्ने भो गाडीको डिजेल

अमेरिकिहरुले वार्षिक निस्कने ४८० खर्ब टन प्लास्टिक मध्ये जम्मा सात प्रतिशत रिसाइकल गर्छन्

● हरेक एक टन मिश्रित प्लास्टिकबाट अब २०० ग्यालिन डिजेल निकाल्न सकिन्छ

प्लास्टिककाका झोला, बीयरका क्यान र पोका पन्तुरा बनाउने अन्य प्लास्टिकका वस्तु रिसाइकल गर्न सकिन्न । ति पानीमा, जमिनमा जहाँ गएपनि सयौं वर्षसम्म दुख दिइरहन्छन् । तिनलाई रिसाइकल गर्न नसकेरै डम्पिङ गरिने हो । अझ हाम्रो जस्तो मुलुकमा त ति सडक, खेत, बारी र यत्रतत्र मिल्किएको हुन्छ । सयौं वर्षसम्म गल्दैनन् । जलायो भने त्यसको धुवाँले क्यान्सरको खतरा औंल्याउँछन् चिकित्सकहरु । प्लास्टिकलाई जिवनमा खतरा ल्याउने वस्तुका रुपमा लिन्छन् पश्चिमा विशेषज्ञहरु । तर यहि घातक प्लास्टिकबाट कार ट्रक कुदाउने डिजेल बनाउन सकिने भएको छ अब । प्लास्टिकलाई अहिले नौलो प्रविधीका माध्यमबाट डिजेल बनाउन सकिने दाबी बैज्ञानिकहरुले गरेका हुन् ।

पाइरोलाइसिस भनिने उक्त नौलो प्रविधी प्रयोग गरेर अहिले करिब एक दर्जन अमेरिकी र अन्य विदेशी कम्पनीले प्लास्टिकबाट डिजेल उत्पादन गरिरहेका छन् । उनीहरुले त्यसलाई सिन्थेटिक क्रुड ओइल भनेका छन् । यो प्रविधीलाई राम्रोसित विकास गर्न सके अब हजारौं किमी टाढा बाट ल्याइने महँगो तेललाई विस्थापित गर्न सकिने, यो ज्यादै सस्तो र दिर्घकालिन हुने दाबीपनि उनीहरुको छ ।

आयरल्याण्डको डब्लिन शहरबाट अलिकति बाहिर रहेको सिनार बन्ने कम्पनीले यसरि डिजेल निकालीरहेको छ । सिनारका अनुसार डम्पिङ गरिएको प्रत्येक टन प्लास्टिकबाट १७५ ग्यालिन डिजेल, ५० ग्यालिन ग्याजोलिन र २५ ग्यालिन मट्टीतेल निकाल्न सकिन्छ । अझ महत्वपूर्ण त के छ भने त्यति मात्रामा उत्पादन गर्नकालागि उक्त कम्पनीका कार्यकारी निर्देशक माइकल मुरायले सजिलै रिसाइकल (पूनर्प्रयोग) गर्न सकिने प्लास्टिकहरु प्रयोग गर्नु नपर्ने बरु अझ कमसल प्लास्टिकनै प्रयोग गर्न सकिने दाबी गरे ।

पाइरोलाइसिस प्रविधी कम्पनी अनुसार केहि फरक हुने उनीहरुले बताएका छन् । तर मूलत : डम्पिङ गरेर मिल्काइएका प्लास्टिकहरुलाई जम्मा परेर टुक्रा टुक्रा बनाइन्छ । तिनलाई ठूला पाइप जस्तोमा हालिन्छ । मसिना टुक्रा पारिन्छ । तिनलाई ठूलो चिम्नीमा हालिन्छ । त्यसमा अक्सिजन प्रयोग नगरेर नाइट्रोजन ग्याँस हालेर उच्च तापक्रममा जलाइन्छ । त्यसो गर्दा लास्टिकहरु जलेर ग्याँसमा बदलिन्छन् । त्यसलाई छान्ने काम गरिन्छ, फोहोरहरु झिकिन्छ । त्यसबाट अंल र कालो मसि जस्तो रङ झिकेर सफा पारिन्छ । त्यसपछि तयार भयो गाडी कुद्ने डिजेल ।

क्यानडाको टोरन्टोस्थित उर्जा संवन्धि थर्ड ओक एसोसिएसनका प्रमुख ग्रेग विलिक्सनले केहि वर्ष भित्रै यस्तो डिजेलको उत्पादन प्रशस्त मात्रामा गरेर बजारमा सहजै पुग्ने दाबी गरे । साइनार कम्पनीले भर्खरै प्लस्टिकबाट डिजेल बनाउने १० कम्पनी बेलायतमा स्थापना गर्नकालागि सम्झौता गरिसकेको छ । उसले यस्ता कम्पनी क्यानडामापनि स्थापना गर्ने योजना बनाएको छ र सन् २०१२ बाट यी कम्पनीहरुले प्लास्टिकबाट डिजेल धमाधम निकाल्न थाल्ने छन् । (फोटो-डिस्कभरी न्युज)

तपाइँको प्रतिक्रिया