लाग्दैन पोखरेलीलाई फेवातालको माया ?

nepalplus-ko-lagi-023.jpg 

                                        (ल हेर्नुस फेवा तालको भाग । पहिले ताल, अहिले धान बाली) ।

म झल्झली संझन्छु २०४४ सालमा हुनुपर्छ-फेवातालको पश्चिम कुनो पामे गाउँको छेउबाटै म डुंगा खियाउँदै लेकसाईड आएको थिएँ । त्यतिबेला म अन्नपूर्ण आधार शिविरको यात्रा सकेर फर्कँदै थिएँ । फेवासँग त्यहि मेरो पहिलो नातो थियो । फेवा त्यो बेला झण्डै चामे गाउँको छेउसम्मै फैलिएको थियो । त्यसपछि एकैचोटी म बल्ल अहिले केहि हप्ता अघि फेवा तालको त्यहि कुनो पुग्दा अचम्म लाग्यो । पहिले माछा सल्बलाउने फेवा, पानी कुल्कुलाउने फेवाको निकै ठुलो भाग अतिक्रमित भएछ । माछाका पुच्छर सल्बलाउने ठाउँमा धानका बोट हल्लिन थालेका रहेछन । मैले त पत्याउनै सकिन फेवा त्यति बिघ्न अतिक्रमणमा परेको छ भनेर । पहिले जति थियो त्यसलाई तिन भाग लगाउने हो भने एक भाग जति मासिएछ ।  

nepalplus-ko-lagi-088.jpg

                    (फेवाको चारै तिर हुन्छन यस्ता लूगा धुनेहरु)

छेउछेउमा होटेल र रेस्टुरेन्टले चेपेका छन । तिनले निकाल्ने फोहोर सबै त्यहिँ मिल्कन्छ । ताल पुर्न छेउमा जग्गा हुनेले माटो खसाल्दै जाने रहेछन । वरिपरि डाँडोँ नांगै पारेका छन वन मासेर । त्यहाँबाट माटो, ढुंगा, वालुवा र गेगर पुरै त्यहि फेवामा खस्छ । खहरेको फोहोर पानी सिधै फेवामा खस्ने रहेछ अझैपनि । अहिले त फेवाको चारैतिर होटेल बढ्दै गएका छन । पहिले लेकसाईड तिर मात्रै थिए होटेल र लज। कमसेकम एकतिरबाट मात्रै आक्रमण थियो । अहिले त चारैतिरबाट । आफ्नो जग्गा, आफ्नो मनखुशी ! मनपरि तरिकाले बनाएका छन होटेल र लजपनि ।

nepalplus-ko-lagi-021.jpg

(झारले छपक्कै छोपेको छ धेरै ठाउँमा । तर त्यसलाई निरन्तर गरेर निकाल्ने कुनै संघसंस्था छैन ।)

 

nepalplus-ko-lagi-027.jpg

 (फेवा ताल ठूलो कि धान खाती ठूलो जस्तो पो देखिन्छ त अहिले मिच्दै गएर) ।

फेवाको नाममा खुल्न चाहि करिब डेढसय संस्था रहेछन । ति मध्ये धेरैले दाम कमाए । छोराछोरी बिदेश पुर्‍याए । भवन ठड्याए । गाडी दौडाए । तर फेवाको हालत झन बिग्रिदै गयो । कमसेकम निरन्तर रुपमा अनुगमन गर्ने र अतिक्रमणकारी झार निकाल्ने कामपनि कसैले गरेको देखिँदैन । वर्षमा एकपटक फेवा सफाई भनेर पत्रपत्रिकालाई छलेर के गर्नु ? २५ वर्ष अघि रामेछापबाट पर्यटकको भारी बोक्न आएका एक जना खड्का थरका डुंगा चालक सुनाउँदै थिए-फेवा पहिले ६५ मिटर गहिरो थियो । अहिले पुरिँदै गएर ३५ देखि ४५ मिटर भएको छ ।

छेउछाउमा बसेर लुगा धुनेहरुको त्यत्तिकै भिड । साबुनको फिँज तालको बिचसम्म धर्सो पर्दै आएको देखिने । साबुनको त्यस्तो फिंजले तालका माछा लगायत अन्य जलचरलाई कति असर पर्दो हो ! मनपरि कतिसम्म भने थोत्रा डुंगा तालमै कुहिँदापनि कसैले उठाउने रहेनछ । फेवा तालमाथि यो अतिक्रमण देख्दा पोखरेलीहरुलाई त्यसको माया भएजस्तो लाग्दैन ।

nepalplus-ko-lagi-095.jpg

  (होटेल र रेस्टुरेन्ट बनाउन ढुंगा, ईट्टा र वालुका लैजाने होडपनि चलेकै छ ।)

हुँदा सस्तो, नहुँदा कस्तो भन्ने एउटा भनाई छ हाम्रो । अहिले फेवा हुँदा पोखरेलीलाई सस्तो भएको छ । जसो गरेपनि फेवा कहिल्यै केहि हुँदैन । सधैँ यसैगरि दोहन गर्न पाइन्छ भन्ने लागेको हुन सक्छ । तर यहि पाराले के फेवा ताल सधैं रहला ? त्यत्रो अतिक्रमण कति दिन धान्ला ? कति दिन सहला फेवाले ? पुरिँदै, भत्किँदै, चेपिँदै र प्रदुषित हुँदै जाँदा एक दिन फेवा काठमाडौंका म्रित नदीझैं भयो भने पोखरेलीको भविष्य के होला ?

 

nepalplus-ko-lagi-094.jpg

(नियमले दाउरा काट्न त पाइदैन फेवा छेउको रानी वनमा तर कहाँ लागू भएको छ र नेपालमा नियम र कानुन ?)

nepalplus-ko-lagi-101.jpg

                            (यसरी नांगा हुँदैछन फेवा छेउका डाँडाहरु ) ।

पोखरा साँच्चिकै स्वर्ग को एक टुक्रा हो । कहि कतै कसैले नदेखेको, नभोगेको स्वर्ग खोजि हिँड्नेहरुले पोखरालाई राम्ररी बुझुन-त्यहि हो स्वर्गको एक टुक्रा। जहाँ हिमाल हाँस्दैनन मात्रै त्यसका छायाँ आएर फेवामा पौरिन्छन । सात समुद्र पारीका आगन्तुक चराको जमघट त्यहिँ हुन्छ ।

nepalplus-ko-lagi-082.jpg

                   (डुंगा खियाउँदै महिला र फेवाबाट हिमालको एक द्रिष्य ) ।

nepalplus-ko-lagi-075.jpg

                                         (गोधुलीको बेला फेवा यस्तो देखिन्छ) ।

nepalplus-ko-lagi-076.jpg 

                       (तालको बिचमा रहेको बाराही मन्दिर ) ।

homepokhara-1-2-137.JPG

                 (तालमाथि प्यारा ग्लाईडिङपनि कम्ति लोकप्रिय छैन पोखरामा) ।

homepokhara-1-2-077.JPG

(वाराही मन्दिर छेउ दर्शालुले फालेको खानेकुरामा झुम्मिएका फेवातालका माछा। यस्तो अप्राक्रितिक आहाराले प्राक्रितिक जिवजन्तुलाई असर पर्छ भनेर कहिले बुझ्ने हामी नेपालीले ?)

nepalplus-ko-lagi-035.jpg

         (पानी परेको बेला खिच्दा यस्तो देखिने रहेछ पातले छाँगो) ।

nepalplus-ko-lagi-011.jpg 

           (वाराही मन्दिरबाट पारिको द्रिष्य खिच्दै एक पर्यटक ) ।

nepalplus-ko-lagi-033.jpg

                      (फेवाको पानी बगेर जाने नहरको डिलबाट फालहाल्दै एक वालक ) ।

homepokhara-1-2-127.JPG 

                          (फेवा नरहे रहलान र यस्ता माछा पोखरेलीका लागि ?)

हावापानी स्वच्छ राख्न पारिपट्टी मिश्रीत रानी वन सधै हरियाली बाँडेर नथाकि उभीईरहन्छ । बिबिध प्रकारका माछा दिएर पोखरेलीहरुको खाद्दान्न त पुर्‍याएकै छ, सयौं देशका लाखौं पर्यटकलाई लोभ्याएर जिवन धान्ने मेसो पनि त्यहि फेवाले मिलाएको छ । फेवा आफु मात्रै एक्लो बस्दैन बरु रुपा र बेगनास जस्ता ताललाईपनि वरिपरि छरेर पोखरेलीहरुलाई थप अवसरहरु बाँडेको छ । महेन्द्र गुफा, पातले छाँगो, सेतीनदी जस्ता दर्जनौं चित्ताकर्षक प्राक्रितिक स्रोत र साधनहरुलाईपनि फेवाले छरछिमेकमै साँचेको छ । यो पोखरीहरुको जिवन हो । स्रोत हो । सारा यहि हो । तर पनि किन बुझ्दैन पोखरेलीहरु फेवाको गुन ? कि एकदिन पछुताउनुमै मजा छ पोखरेलीलाई ?

(तस्बिरहरु म र आमोद सापकोटा ले खिचेका हौं आमोद ११ वर्षका वालक हुन )

तपाइँको प्रतिक्रिया