फ्रान्सेली महिलालाई नेपाली पहिरन कस्तो सुहाएको !

नेपाली पहिरन त साँच्चिकै विश्वमै निकै लोभलाग्दो छ कि के हो ? हाम्रा बिभिन्न जात जातिका लूगा देख्दा, लगाउन पाउँदा त फ्रान्सेली युवतीहरु भुतुक्कै हुने रहेछन् । अन्तर् राष्ट्रिय पर्वमा नेपाली न्रित्य देखाउन कस्सिए ति । यी युवतीहरुलाई बिभिन्न न्रित्य देखाउने गुरुआमा थि इन् सन् १९९८ को विश्वकप फूटवल उद्घाटन कार्यक्रम गराउने क्याथी मासो । नेपाली लूगामा नाच्ने भनियो । अर्को दिन नेपाली लूगा देखेर ति जिल परे। सारै रुचाए । तिनले फेरीफेरी लगाए । साना वालवालिकालाई दशैं आएझैं तिनले फेरी फेरी कोसिस गरे ।

साकेला न्र्तियमा नाच्ने दश जनामा पाँच केटा र पाँच केटी हुनुपर्ने थियो । यी क्याथी केटा हुन सुरुवाल र चौबन्दि लगाउन कोसिस गर्दै थिइन् ।

पटुकी त यसरि बाँध्ने हो के ! क्याथीलाई रातो पटुका बाँध्न सिकाउँदै उनैकी विध्यार्थी ।

आहा मलाइ त पहेंलो पो सुहाउने रैछ ।

अब मेरो पालो । क्याथीको पहेंलो लूगा कोसिस गर्दै उनैकी बिध्यार्थी । उनले लगाएको हेर्दै दाहिने तिर सिल्भियान र देब्रेतिर क्याथीकै अर्की बिध्यार्थी ।

 हामी गुरुङसेनी, मगरसेनी कति सुन्दर है ?

ढ्गुङ्री र टप लगाइदिँदै क्याथी ।

हामी क्या सुन्दर है ?

फोटो खिचम न त उसो भए । यि दुई युवती जनजातिको पहिरनमा पालै पालो फोटो खिच्दै थिए ।

सनी तिम्लाई च्याट्ट मिलेको छ ल ! साकेला नाच्न तयार किशोरीको लुगा मिलाउँदै सिल्भियान र क्याथी ।

ओ ओ ! देख्ला है देख्ला ! यता नहेर्नु । धोतीको फेरो तन्काएर अस्थायी रुपमा काम चलाउँदै थिए यी ।

अब नाचौं त कस्तो देखिने रैछ । नेपाली लूगा लगाएपछि साकेला नाच्दै युवतीहरु ।

मलाई त सारीनै मन पर्छ । सारी लगाउने कोसि गर्दै जेराल्डिन ।

लौ हेर्नुस् हाम्लाई कति सुहाएको । नेपाली सारीमा देब्रेतिर मुस्कुराउँदै आमेली । यी फोटोग्राफर हुन् । नेपालका विविध क्षेत्रका निकै तस्विर खिचेकि छन् । दाहिनेतिर मेडियासित राम्रो लिंक भएकि आनी ।

तपाइँको प्रतिक्रिया