डाँडाबाट ओरालो लाग्दा झल्झली स्विस सुन्तली

पुष्कर शाह

world-cyclist-pushkar-shah.jpgएउटा सडकले सारा परिवर्तन गरिदिन सक्छ । ठ्याक्कै त्यहि भयो दोलखामा जब स्विसहरुले लामोसाँघु-जिरी सडक बनाउन सहयोग गरे । यदि स्विसहरुले त्यो सडककालागि सहयोग नगरेको भए अझैपनि स्थानिय मानिसहरुले बाह्रबिसेदेखि नुन र तेल डोकोमा बोकिरहेका हुन्थे । तर उनीहरु अहिले बोक्दैन । किनभने सडकले सबै परिवर्तन गरिदिएको छ त्यो क्षेत्रमा । त्यो बेलादेखि सगरमाथा हिमालतिर जाने हरेक पर्यटकलाई स्विस नागरिक हुन भन्ने ठानिन्छ । किनभने सगरमाथा त्यहि बाटो हुँदै गईन्छ । हामी गाउँलेका लागि सबै पर्यटक तिनै बाटो बनाइदिने स्विस नागरिक जस्तै लाग्थे । त्यसले गर्दा स्विजल्याण्ड घुम्ने मेरो सपना थियो । त्यो सपना पुरा हुन मैले ३५ वर्ष पर्खिनुपर्‍यो । अहिले मेरो त्यो सपना पुरा भएको छ । 

अहिले म यहाँ संसारकै उच्च धनी मध्ये एक देशको भूद्रिष्य हेर्दै बसेको छु । त्यो मैले साईकलमा विश्व भ्रमण गर्ने लक्ष्यले गर्दा जुरेको हो। यो मुलुकमा मोना र पोल बाहेक मेरो चिनजानका कोहि छैनन । उनीहरुले मलाई आफ्नो छिमेकिसँग भेटघाट गर्ने निम्तो दिए । चाँजोपाँजो मिलाए । उनी हुन सुन्तली जो २५ वर्ष अघि चरीकोटमा जन्मेकि रैछिन। त्यो ताक एउटा लोकगित थियो खुब चल्तीमा । बोल थियो-

सुन्तली माई कतिमा राम्रो दरबार

मार्‍यो नी मायाले मार्‍यो

त्यो उनैको नामकालागि जस्तो भयो।  उनलाई भेट्ने उत्सुकताले गर्दा मैले स्विकार गरें मोना र पोलको प्रस्ताब ।  गाडीमा १० मिनेटजति हुइँकिएपछि एउटा सुन्दर घरमा आईपुगियो । सुन्तलीका बाबु र आमाले बिहानको नास्ता तयार पारेर हामीलाई त्यो सानो बगैंचामा पर्खिराखेका रहेछन । घर त सुन्दर थियो नै । त्यो भन्दापनि त्यहाँबाट देखिने द्रिष्य त झन !!!!! डाँडा मा चट्ट ठडिएको घर । घरमा पुग्न सिँढी नै सिँढी । त्यहाँबाट उपत्यकाको चित्ताकर्षक द्रिष्य आँखै आँखामा ठोक्किने । नेपालमा मेरो घरबाट देखिने आकर्षक द्रिष्य भन्दा धेरै भिन्न थिएन ।

सुन्तलीका परिवारले बिहानको नास्ता (ब्रेकफास्ट) टक्र्याए । त्यो खाना काठमाडौंको कुनै पाँचतारे होटेलको भन्दा कम थिएन । लाम मिलाएर चीनेर राखिएका रोटी । एक दर्जन जति भिन्न खालका चीज । तिनलाई पछ्याउँदै चिया र कफी । सुन्तली खोइ त ? “कफी घोल्दै गर्दा मैले जिज्ञासा राखें । उनलाई देख्न देख्न आत्तुरी लागेको थियो मलाई । “पर्खिनुस, सुन्तलीकी आमाले भनिन । उनलाई म नास्तापछि ल्याउँछु” ।

केहि बेरपछि चीज र रोटी सक्यौं । सुनतलीकी आमाले श्यामश्वेत (ब्लाक एण्ड व्हाईट) फोटो ल्याईन चरिकोटमा खिचेको । नाकमा बुलाँकी लगाएकि परम्परागत ग्रामिण वस्तिकि एक सुन्दर केटीको आक्रिति देखिन्थ्यो फोटोमा । पोते उनेको माला लमतन्न परेर झरेको थियो उनको कम्मरसम्म । कानका लोतीबाट तल मुन्द्री झुण्डिएका थिए । दौरा सुरुवालमा चट्ट सजिएर उनैको छेउमा उभिएको एक पुरुषको आक्रितीले क्यामरालाई आकर्षित गर्थ्यो ।  यिनै हुन सुन्तली” तस्बिरमा एक फुच्चीलाई देखाउँदै उनकी आमाले भनिन । यो फोटो म र मेरोपती भएर स्विस परियोजनामा काम गर्दा त्यस्तै २० वर्ष जति अघि लिएका हौं । सुन्तली अहिले जुरिचमा बस्छिन ।

यो विकसित र पश्चिमी समाजको संस्क्रिति हो । उमेरले २१ लागेपछि छोराछोरी घर छोडेर हिँड्छन । आफ्ना बाबु आमा भेट्न क्रिसमस वा जन्मदिन पारेर आउँछन। सुन्तलीकी आमाले मलाई थरी थरीका चीज हालेर एउटा ठुलो झोला दिईन बाटोको लागि भन्दै  । बगैंचाको नजिक कुखुरा र बाख्रा पाठाले ब्रेकफास्ट खाँदै थिए । हामी सबै त्यहि पुरानो गित”सुन्तलीमाई कतिमा राम्रो दरबार” गाउँदै डाँडाबाट ओरालो लाग्यौं ।

तपाइँको प्रतिक्रिया