निराश मानिस बस्ने घरका पाल्तु जनावरपनि रोगी

निरोगी रहेर धेरै बाँच्न मन कसलाई हुन्न है ? हरेकलाई हुन्छ । बैज्ञानिकहरुले त्यसरि बाँच्न सकिने केहि आधार र अक्किलहरु सुझाएका छन् । त्यसको लागि कुनै कष्ट पर्दैन । झन मज्जा हुन्छ । रमाइलो लाग्छ । खर्चिलो पनि छैन । आफैंले अलिकति कोसिस गरे, आफैंलाइ अलिकति नियन्त्रण गरिदिए स्वस्थसित लामो आयू बाँच्न सकिन्छ । अनि लागेका रोगपनि छिटो सन्चो हुने । आफूभित्रको बेखुशि, आक्रमक स्वभाव, नैराश्यता, नकारात्मक सोच, रिस र आवेग जस्ता चिजलाई नियन्त्रण गरिदिए पुग्छ ।

वैज्ञानिकहरुको भनाइ छ, बेखुशि रहने मान्छेको तुलनामा खुशि रहने मान्छेको एउटा ठूलो फाइदा छ जिवनमा- सायद ति बढि स्वस्थ र तिनको आयूपनि लामो हुन्छ । अमेरिकी बैज्ञानिकहरुले हालसालै गरेको अनुसन्धानबाट के पत्ता लाग्यो भने सन्तुस्टि, आशावादी, सकारात्मक उत्तेजनाले बढि स्वस्थ राख्नुको साथै आयू लम्ब्याउने रहेछ ।

हालसम्म भएका करिब १६० वटा अध्ययनहरुलाई अध्ययन गर्दा सकारात्मक सोचले राम्रो स्वास्थ्य र दिर्घ आयूलाई सहयोग गर्ने रहेछ । मान्छेको मूड र उत्तेजना, मानसिकताको संवन्ध उच्च रक्तचाप, कोर्टिसोल लगायतका तत्वसित संवन्धित हुने रहेछ । अध्ययनहरुले के देखाए भने निरासा र नकारात्मक सोचले उच्च रक्तचाप बढाउने गर्छ । रिस, आवेग र आक्रामक बानी ब्यवहारले मुटु संवन्धि समस्या त निम्त्याउँछ नै, त्यस्ता रोगहरुलाई अझ फैलाउने कामपनि गर्छ । नैराश्यताले रोग निरोधक क्षमतालाई कम गराउँछ । निराश हुनेहरु रोगसँग लड्न कम सक्षम हुन्छन् । 

त्यस्तै, सकारात्मक प्रभावले रोग निरोधक क्षमता बढाउँछ । सकारात्मक प्रभाव हुने ब्यक्तिले समाजमा छिटो विश्वास जित्न सक्छ, सामाजिक काममा बढि सफल हुन्छ, सामाजमा धेरै संवन्ध बढाउन सक्छ र स्वस्थ ढंगले काम फत्ते गर्छ ।

बैज्ञानिकहरुले के पत्ता लगाए भने सकारात्मक सोच हुनेहरुलाई यदि मुटुको संवन्धि रोग छ भने छिटो सन्चो हुन्छ । आक्रामक तरिकाले प्रस्तुत हुनेहरुको घाउपनि ढिलो सन्चो हुने रहेछ शान्त तरिकाले प्रस्तुत हुनेहरुको तुलनामा । क्यान्सरका कोषहरुपनि आक्रामक मानिसमा छिटो फैलिने रहेछन् ।

त्यतिमात्रै हो र ? यदि घरको मानिसमा नैराश्यता छ भने त्यसले घरमा पालेका जनावरलाईपनि असर गर्ने रहेछ । नैराश्य र एक्लोपनले गाँजेका मान्छेको घरमा यदि बाँदर, कुखुरा र सुँगुर छन् भने तिनको रोग निरोधक क्षमतालाईपनि कम गर्ने रहेछ । कुनै रोग लाग्यो बने त्यस्तो मानिसले पालेका जनावरलाई ? ढिलो सञ्चो हुन्छ, बढि रोगी हुन्छन् ।

यो रिपोर्ट एन अप्लाईड साइकोलोजी : हेल्थ एण्ड वेलबिइङ, २०११ मा प्रकाशित भएको हो ।

तपाइँको प्रतिक्रिया