झिल्के प्वाँख देखेपछि पोथी त हुरुक्कै
विश्व प्रसिद्द वैज्ञानिक चार्ल्स डार्बिनले मुजुरका प्वाँखका टुप्पामा आँखा जस्ता धब्बा हुनुको कारण यौनिक छनौट हो भनेका थिए । पुच्छरको टुप्पो झिल्के भएर के फरक पर्ने होला यैनिक छनौटमा ? किनभने पोथीलाई चाहिने त पुच्छर होइन । उनको बिचारमा यस्तो रंग भएका भाले यौनिक (सेक्सी) हुन्छन् । पोथीहरु सेक्सी भाले मन पराउँछन् । त्यस्ता भालेबाट गर्भ लिएर बचेरा कोरल्न चाहन्छन् ।
पोथीलाई आकर्षण गर्न भालेले लमतन्न पसारिएका पखेंटालाई फर्लक्कै फर्काएर पोथीलाई देखाउने गर्छन् । भालेको सम्मुख परेर निकट हुन थालेपछि भालेले नाची नाची पखेंटाको टुप्पोका आँखा जस्ता धब्बा जोडगरिगरि पोथीलाई देखाउँछ ।
भाले छान्ने बेला भएका पोथीहरुले त्यस्तो धब्बा कुन चाहिँ भालेको चम्किलो छ, सुन्दर छ भनेर घुमी घुमी हेर्ने हुनालेपनि भालेहरुले नाची नाची पोथीलाई देखाउने गर्छन् ।
त्यस्तै गरि आँखाको वरिपरि जुन भालेका छिर्काहरु धेरै छन् त्यस्ता भाले पोथीहरुसित संभोग गर्दा बढि तगडा र तन्दुरुस्त हुने रहेछन् । भालेको पुच्छरको आँखा जस्तो धब्बा जुन चाहिँको बढि भयो त्यसले बढि पटक यौनक्रिया गर्न सक्ने भएकोलेपनि पोथीहरुले त्यस्तै भाले रुचाउने रहेछन् । फ्रान्सेली बैज्ञानिक र अनुसन्धानकर्मीहरुको संस्था सिएनआरएसले करिब १५० वटा भाले मुजुरमा गरेको अनुसन्धानबाट निस्किएको तथ्य हो यो ।






