“बेकुफ बनाते हो, किसी ने चुना लगा दिया”

nepalplus-ko-lagi-058.jpg

अघिल्लो महिना पोखरा गईयो । ट्रेकिङ गर्ने सुर थियो तर अन्तत: गईएन। हुन त दर्जनौ पटक गएको हुँ म पोखरा । यसपाली छोरो आमोदसित घुम्ने रहर थियो । वालकलाई हिमाल नजिकै देखाउन कहाँ जाने त ? त्यहि सराङकोट । होटेलका साथीहरुले कार बुक गरिदिए । आफ्नो उपस्थिती अग्लो ठाउँमा देखाउन सूर्य छिटो हतारिने हुँदा छिटो उज्यालो हुन्छ । हिमालको द्रिष्य हेर्न सायद सूर्यलाईपनि लोभ लाग्दो रहेछ क्यारे ! अन्यत्र अँध्यारै राख्दा उ पहिले त्यहिँ खुट्टा फैलाउँदै टुप्पामा पुग्छ । त्यो सबै चर्किकला हेर्ने हो भने उसैको चक्र अनुसार चल्नै पर्‍यो । त्यहि भएर लागियो बिहानै चार बजे उठेर । एक जना पोखरेली दाईनै थिए गाडीमा लौजाने ।  सूर्योदय नहुँदै पुगियो । ओ हो हो, त्यहाँ त भिडम भिड भइसकेको रहेछ । घाम झुल्किन थालेपछि हिमालको फोटो खिच्ने, हेर्ने सबका सब सलबलाउन थाले । कोहि प्रिय प्रीयसी, कोहि पतीपत्नी, कोहि छोरा छोरी । मौसमले साथ दियो । असाध्यै मनमोहक । देशको दोर्सो ठुलो शहरबाट ४० मिनेट पर पुग्नासाथ त्यति नजिकै त्यस्तरि खित्खिताएका हिमाल देखिने देश संसारमा कति होलान ? त्यहाँ त्यहि बढिमा तिनसय जति मानिस हुँदा हुन । नेपालले हाम्रो प्राक्रितिक सुन्दरता र त्यसको त्यति सहज पहुँचलाई सदुपयोग गर्न सकेको छैन भन्ने त प्रष्टै लाग्यो ।  

गाडी चालक दाईसित गफ गर्दै आईयो । भारतियहरुको बारेमा कुरा भयो । त्यो सराङकोट हिमाल हेर्न जानेमध्ये केहि भारतियपनि थिए । चालक दाईले बडा चाख लाग्दो कुरा सुनाए । भारतियहरु हिमाल हेर्ने भन्दै जान्छन रे । अनि त्यहाँ पुगेपछि हिमाल यति नजिक र चम्केको देख्छन कि विश्वासै नगर्ने रहेछन । उनीहरुले हिमालपनि कहि त्यस्तरि चम्किन्छ, यो चुना लगाएको हो भन्ने रहेछन । सराङकोट लगेका धेरै भारतियले भन्ने रहेछन- “हामको तुमने बेबकुफ बनाते हो । कहाँ ऐसा होगा हिमाल, किसी ने उस पे चुना लगाके हामको बेफुफ बनारहे है” । असाध्यै हाँसो लाग्यो । बिन्धवासीनी, सेती खोला आदि हेर्दै आईयो होटेलमा । होटेलमा अर्का कर्मचारी नवराज खड्कासित गफगाफ हुँदा त उनलेपनि ठ्याक्कै त्यहि कुरा सुनाए । यसो लाग्यो-यो भारतियको जात कति अविश्वासिलो हुने रहेछ ।

homepokhara-1-2-210.JPG

                               (सूर्योदय हुँदै गर्दाको द्रिष्य)

nepalplus-ko-lagi-062.jpg

(फैलँदो सूर्योदयलाई छिचोलेर जोमसोमका लागि उडेको एक विमान)

nepalplus-ko-lagi-043.jpg

                         (सूर्योदय हुनु पहिले देखिएको माछापुछ्रे हिमाल)

nepalplus-ko-lagi-044.jpg

                       (उज्यालो नहुँदै देखिने हिमाली द्रिष्य हेर्दै पर्यटकहरु)

nepalplus-ko-lagi-052.jpg

                (भर्खर घाम लाग्दा देखिएको अन्नपूर्ण र धौलागिरी हिमाली श्रीङ्खला)

nepalplus-ko-lagi-063.jpg

                   (घाम लागिसकेपछि देखिने अन्नपूर्ण र धौलागिरी हिमाली श्रीङ्खला)

homepokhara-1-2-241.JPG

                      (हिमाली द्रिष्यलाई साक्षी राखेर तस्बिर खिचाउँदै पर्यटक)

nepalplus-ko-lagi-046.jpg

(हिमाली द्रिष्य हेर्ने पर्यटकको भिड। सबै भन्दा अगाडि पहिलो तस्बिर हो-फोटोग्राफर आमोद सापकोटाको) ।

homepokhara-1-2-245.JPG

(माछापुच्छ्रे लगायतका हिमाललाई अँगालोमा पारेर फोटो खिच्ने वालकको रहर) ।

तस्बिरहरु कुनै आमोद ले त कोहि मैले खिचेको हुँ । आमोद ११ वर्षका वालक हुन

तपाइँको प्रतिक्रिया