ज्ञानेन्द्रको फोटो देखाएर दर्शालु तान्छन फोटोग्राफर

nepalplus_ko_lagi_014.jpg

राजतन्त्र समाप्त भयो । राजा ज्ञानेन्द्र पूर्व राजा भए । पारसको राजा बनौंला भन्ने सपना भाँडमा पल्टियो । त्यसलाई नेपाली जनतालेनै मिल्काएका हुन । तर राजतन्त्रको प्रभाव र आकर्षण भने सहजै किन मेटिन्थ्यो ? सायद यो तस्बिर त्यसैको परिणाम हो कि ! राम्ररी हेर्नुस त यो तस्बिरमा के देख्नु हुन्छ ? यहाँ दुई वटा तस्बिर छन । देब्रेतिरको तस्बिरमा एक दम्पती छन उभिएका । ति पूर्व राजा ज्ञानेन्द्रका दम्पती हुन । ति सँगै बस्नेचाहिँ एक जना फोटोग्राफर । अनि दाहिनेपट्टीको तस्बिरमा छिन रानी बन्ने “सौभाग्य” गुमाएकि हिमानी शाह आफ्ना दुइ बच्चासित ।

कुन बेलामा हो थाह भएन तर उनीहरु सपरिवार पोखरा घुम्न गएका बेला पूर्व राजारानीसित फोटो खिचाएका रहेछन तिनै फोटोग्राफरले । अनि उनले ति तस्बिरहरुलाई कमाउने माध्यमको रुपमा प्रयोग गरे । पोखरा फेवातलमा रहेको बाराही मन्दिरमा खिचिएका ति फोटा उनले एउटा फ्रेम बनाएर राखेका छन । उनको उद्देश्य “यि म चानचुने फोटोग्राफर हुँ र? राजारानीको फोटो खिच्न सक्नेसम्म हैसियत भएको पो त ” भनेर देखाएका छन । त्यो देखाएर उनी त्यहाँका अन्य दर्शालुहरुलाई आकर्षित गर्न खोज्ने रहेछन । उनी दिनभरि राजपरिवारसितका तिनै फोटा देखाएर फोटो खिच्ने ग्राहक खोज्छन । क्यामरा नभएका दर्शालुको फोटो खिचेर दाम कमाउँछन । हामी त्यहाँ पुग्दा भने उनी खोइ कता हो गएका रहेछन । भेट भएन । मानिसहरु भने कोहि खुब रसले हेर्दै थिए उनले झुण्ड्याएका दरबारीया फोटो । कोहि चाहिँ नाक खुम्च्याउँदै पनि थिए ।
nepalplus_ko_lagi_013.jpg

हेर्नुस त के लेखिएको छ यो दोस्रो फोटोमा ? नेभर ईण्ड्स पिस एण्ड लभ (Never Ends Peace And Love=NEPAL) । कुरो त गज्जब हो नि होइन ? हो, नेपाल त्यसैगरि चिनिन्थ्यो १२ वर्ष जति पहिले । पर्यटकहरुले त यो नारा खुब मन पराउँथे । यस्तो छापिएका टिसर्टपनि खुब किन्थे पर्यटकहरु । के गर्ने ? त्यो नाराले समय अनुसारको वास्तबिकता बुझेर लुक्न सकेन। होइन र ?अहिलेको मारपिट, झैझगडा, हत्या, नारा र जुलुस त्यो नाराले जिस्काएको जस्तो लाग्दैन त ? यो फोटोपनि तिनै फोटोग्राफरले राखेका हुन। यि वालिका रहिछन पूर्व राजाकै नातीनी ।

तपाइँको प्रतिक्रिया