अन्यौलमा छन जनसेना

                             आफ्नै ठेगान छैन के बिवाह गर्नु ! 

“मोर्चाहरुमा भिड्दै हिँडेका उनले अहिलेसम्म काठमाडौंपनि देखेका रहेनछन । शिविरमा कतिपय जनसेना एक पटकपनि कतैपनि भिड्न नगएकापनि रहेछन । ति धमाधम भर्ना भए । तर लडाईमा ति पुग्नु अगाडिनै पार्टी शान्तिवार्तामा गयो। अनि तिनले भिड्न जानै परेन । लडाईमा कहिल्यै नभिडेका, अनुभवनै नलिएका तिनै खुब घमण्डी छन भन्दै थिए रकेट”।

janasena-jutpani-036.JPGसोध्नै र बुझ्नै त आएको किन छोड्नु होइन ? विवाह गर्ने सुर छैन ? डिभिजनमै पनि त भेटिन्छन क्यारे मन र कार्यक्षेत्र दुबै मिल्ने भनेर सोधें । उनले खोइ के बिवाह गर्नु दाई, आफ्नै जिवनको ठेगान छैन भन्न थाले निरास जस्तै भएर । अरु पार्टीका त बेग्लै रहोस, आफ्नै पार्टीका नेताले बोलेका कुरापनि उनीहरु राम्ररी नबुझ्ने रहेछन सेना संयोजनबारे । कहिले सबै जनसेना नेपाली सेनामा गाभ्ने भन्छन । कहिले कसैलाई कर जफ्ती गर्न मिल्दैन, जहाँ मन लाग्छ आफ्नो इच्छा अनुसार गाभिन्छ भन्छन उनीहरुका सर्बोच्च नेता प्रचण्डलेनै । अनि कहिले कुनै औधोगिक क्षेत्रको सुरक्षामा खटाउने भन्छन त अखिले बैदेशिक रोजगारमा पठाउनेपनि भनेको सुन्छन ।  

जनसेना नपढेकै त भन्न मिल्दैन । तरपनि उनीहरुको बढि चासो सुरक्षा संबन्धिनै हुने रहेछ । उनीहरुले जे सुन्छन त्यसका बारेमा चिन्तन मनन गरेर, सोधखोज गरेर, आफु भन्दा अनुभवी र माथिल्लालाई सोधेर बुझ्न नपाउँदै अर्को कुरा बोलिसक्छन नेताले । अनि उनीहरुले नेताले बोलेका कुरा र त्यसमा आफ्नो पार्टीको धारणा र नीतिबारे बुझ्नै नभ्याउने रहेछन । अनि उनीहरु रुमल्लिने गरेको बताए रकेटले । “खोइ के हो के हो दाई, नेताहरुले यति छिटो छिटो नयाँ कुरा भन्छन कि हामीले त बुझ्नै भ्याउँदैनौं । उनीहरुले भनेको एउटा कुरा बुझ्न नभ्याउँदै अर्को कुरा बोलिसक्छन । हामी त सधैं जिल्ल पर्छौं । ” उनले भने ।  

आफुहरु राष्ट्रिय सेनामा गाभिइन्छ। अहिलेसम्म लडेकोमा एउटा स्थायित्व हुन्छ । देशकालागि लडेकाले पार्टीले राम्रो ब्यवस्था नगरि कुनै हालतमा छोड्दैन भन्नेमा जनसेना आशावादी रहेको खुलाए उनले । राष्ट्रिय सेनामा संयोजन गर्दापनि पुरै ब्रिगेडलाईनै संयोजन गर्नुपर्छ भन्ने दह्रो अडान रहेछ । नत्र आफुहरु राजनितिकरुपमापनि सचेत सेनालाई अरु सेनासित मिसिएर बस्न सहज नहुने, त्यसरि छरिएर मिसिँदा आफुहरु बिलिन हुन सक्ने जसले गर्दा भोली राष्ट्रप्रति कुनै गद्दारी भएको खण्डमा लड्न अप्ठेरो हुने, पद र श्रेणीको बाँडफाँडमापनि कठिनाई हुने तर्क थियो उनको । जनसेनाभित्र निकै अन्यौल छाउँदा भने माथिल्लो तहकाले आएर प्रशिक्षण दिने गरेका रहेछन । लामो समयसम्म तालीमहरु पनि रोकिएको रहेछ । अब भने फेरि सञ्चालन हुन्छन भन्थे उनी ।janasena-jutpani-037.JPG 

कतिपय प्रश्नहरु सोध्दा उनी निकै रोकिएर जवाफ दिन्थे । अनि भन्थे “दाई, हामी त लड्न र भिड्न सिकियो । पढाइपनि छोडियो। यस्तो राजनितिक कुरा गर्न आउँदैन । जानेकोपनि सरर्र भन्नै जानिंदैन। त्यस्तो ब्याख्या गर्ने हाम्रो बानीनै छैन। मैले तपाईहरुलाई सहयोग गर्नै सकिन ” ।  मोर्चाहरुमा भिड्दै हिँडेका उनले अहिलेसम्म काठमाडौंपनि देखेका रहेनछन । शिविरमा कतिपय जनसेना एक पटकपनि कतैपनि भिड्न नगएकापनि रहेछन । ति धमाधम भर्ना भए । तर लडाईमा ति पुग्नु अगाडिनै पार्टी शान्तिवार्तामा गयो। अनि तिनले भिड्न जानै परेन । लडाईमा कहिल्यै नभिडेका, अनुभवनै नलिएका तिनै खुब घमण्डी छन भन्दै थिए रकेट । आफुहरु थुप्रै लडेर भिडेर, दुख गरेर आएको बताउँदा ति अल्लारेहरुले “तिमीहरु लड्यौ, लडेर के पो गर्‍यौ त ? ” पो भन्ने रहेछन ।  कुराकानी गर्दै जाँदा हतियार भण्डारस्थल नजिक पुगियो । मैले फोटो खिच्न के खोजेको थिएँ । ति हतियारको सुरक्षार्थ सेन्ट्रीमा बस्ने जनसेनाले कर्के आँखा लगाए । मुन्टो बटारेर निधार खुम्च्याउँदै ठस ठस पर्दै सोधे “तपाईहरु को, कहाँबाट आको, कसले ल्याको, किन आको ? आदि ईत्यादी । उनमा हतियारको दम्भ देखिन्थ्यो । रकेटले आफ्नो परिच्य दिएर उहाँहरु मेरो मान्छे भने । तैपनि ठसठस परेर बोल्दै थिए उनी । अनि रकेटले अलि पर पुगेपछि हामीसित गुनासो गरे-दाई, त्यो हतियार काँधमा भिरेपछि के हुन्छ हुन्छ, त्यसको शक्ति, शान र बल देखिईहाल्छ । तर हतियार भन्ने चिजनै त्यस्तै हो । हातमा हतियार भएपछि मान्छेले शक्ति देखाईहाल्छ ।”  

हामीले थुप्रै जनसेना भेटियो । तिनै एकजना बाहेक सबैको बोली मिठो थियो । बोलेका विषयमा ज्ञान थियो । खुब सम्मान गरेर बोल्थे । अनि उनीहरु हामी को हौं बुझ्न खोज्दा हुन सायद, आफ्नो बिचारदिएपछि सोधिहाल्थे “सरहरुको बिचारमा नी ?” । हामी त त्यो कुरा थाह हुँदैन भनेर पन्छिनै पर्‍यो ।

खाने खाने बेला हुनै लागेको रहेछ । जनसेनाहरु थाल बोकेर यताउति गरेको देखियो। उनलाईपनि सायद खानाको पंत्तिमा बस्नु थियो । खाना यतै सँगै खाउँ भने बडो आत्मियकासाथ  । धन्यावाद, हामीलाई खाना पर्खेर आमा बस्नुभएको छ भन्यौं । उनले “हाम्रो खाना मिठो हुन्न, तपाईहरु मिठो खानुहुन्छ होला” भने । उनले हामीलाई शहरिया मानिस हुन। यि लरतरो खाना, गाउँले परिकार खानै सक्दैनन भन्ने ठानेका रहेछन कि जस्तो लाग्यो । हामीले त्यस्तो होइन, हामीपनि घर गोठ, दाउरा घाँस र घामपानी रुजेर भिजेरै जन्मे हुर्केका । हामी खाँट्टे गाउँले । खेती किसानी र ग्रामिण परिवेश हाम्रो दैनिकि थियो । हामीलाई जस्तो खानापनि मिठो लाग्छ भनियो । पताएकि पत्याएनन कुन्नी ! त्यो उनैको कुरो भयो । हिँड्ने बेलामा रकेटले मोबाईल नंबर दिँदै भने “दाई, आज सहयोग राम्ररी गर्न सकिन, मलाई फोन गरेर आउनुहोला । म राम्रोसित घुमाउँला, सहयोग गरुँला” ।

तपाइँको प्रतिक्रिया