“जनयुद्दमा लागेकोले बा आमापनि बोल्नु भएन”

 “अहिले उनले देखे-त्यहि बुर्जुवा शिक्षा लिएका प्रचण्ड पार्टी अध्यक्ष मात्रै छैनन । प्रधानमन्त्री पदपनि पड्काए । अर्थ मन्त्रीमा उनीहरुले भन्ने गरेको बिस्तारबादी मुलुक भारतबाट त्यहि बुर्जुवा शिक्षाको पिएचडी लिएका बाबुराम भट्टराईनै नभई भएन । रक्षामन्त्रीपनि अरु भएनन, रुशबाट बुर्जुवा शिक्षा लिएकै राम बहादुर थापा चाहियो । सबै मुख्य पदमा पुग्ने त त्यहि बुर्जुवा शिक्षा लिने पो हुने रहेछन ! त्यहि देखेर होला सहकमाण्डर रकेटमा त्यो बुर्जुवा शिक्षा नपढेकोमा पश्चाताप देखिन्थ्यो।”

janasena-jutpani-036.JPGआफ्ना कामाण्डर अटलको निर्देशन अनुसार रकेट हामीलाई पर्खेर बसेका रहेछन । भेट्नासाथ उनले “सर” भनेर संबोधन गर्नसाथ हामीले अस्विकार गर्दै “दाई, भाई वा नाम ले बोलाउनुस” भन्यौं । त्यसपछि दाई भन्नथाले । भेट्नासाथै एकदम खुलेर गफ गरे। घरबार सोधियो । उनी रहेछन सिन्धुपाल्चोकका । बल्ल २२ वर्षको उमेर । अलि लज्जालु भएर प्रस्तुत भएका थिए । कसरि लाग्नु भो त भनेर सोधियो । आठ कक्षामा पढ्दै रहेछन । जनवादी गित गाउने, नाच्ने अनि हुँदा हुँदै धेरै यूवाझैं उनीपनि बनेछन खरो कम्युनिष्ट । जनयुद्दको समर्थन गरेपछि फुच्चे होस कि डँडाक । रित्तो हातनै किन नहोस। त्यो बेलाको “शाही सेना” र प्रहरीले निशाना लगाईहाल्थे । अनि बच्न भनेरपनि उनी हिँडेछन । शारिक जिउ डाल मिलेको । मुसुक्क हाँस्ने । ईमान्दार कुरा गर्ने । दुष्मनलाई ठोक्नुपर्छ भन्दा “हो” भन्दै गर्जिने । अनि के चाहियो । माओवादीले काईकुई नगरि लिए भर्ना जनमिलिसियामा । घरबार त्यागियो उनको । गाउँघर टाढियो । बाबु आमाले नजा भन्दा भन्दैपनि उनी हिँडे । तालिम लिए भिड्दैपनि गए ।

 दुष्मनलाई खत्तम पार्नुपर्छ, सिध्याउनुपर्छ भन्ने लाग्दो रहेछ उनलाई । त्यसैमा रस बस्यो । बुर्जुवा शिक्षा केहि होइन साथी भन्ने बुर्जुवा शिक्षा लिएकै माओवादी नेताले अर्थ्याए । तर उनले मेसो पाएनन ति आफु चाहिँ मनग्गे बुर्जुवा शिक्षालिएर हामीलाई त्यसो भन्दैछन भनेर । र लागे हो त भन्दै। छोडिदिए किताब, मिल्काइदिए झोला । अहिले उनले देखे-त्यहि बुर्जुवा शिक्षा लिएका प्रचण्ड पार्टी अध्यक्ष मात्रै छैनन । प्रधानमन्त्री पदपनि पड्काए । अर्थ मन्त्रीमा त्यहि बुर्जुवा शिक्षा लिएको त्यो पनि उनीहरुले भन्ने गरेको बिस्तारबादी मुलुक भारतबाट बुर्जुवा शिक्षाको पिएचडी लिएका बाबुराम भट्टराईनै नभई भएन । रक्षामन्त्रीपनि अरु भएनन, रुशबाट बुर्जुवा शिक्षालिएकै राम बहादुर थापा चाहियो । सबै मुख्य पदमा पुग्ने त त्यहि बुर्जुवा शिक्षा लिने पो हुने रहेछन ! त्यहि देखेर होला सहकमाण्डर रकेटमा त्यो बुर्जुवा शिक्षा नपढेकोमा पश्चाताप देखिन्थ्यो । उनी कति हो कति मोर्चामा लडेछन । “मर्ने र बाँच्ने भन्ने कुरापनि कस्तो हुने रहेछ भने सँगैका साथी आफ्नै छेउमा गर्लम्म लडे मरे तर आफु बाँचियो। नत छेल परेको हो न त लुकेको हो, नत भागेरनै बचेको हो। लड्दालड्दैपनि बचियो” उनले सुनाए । सबै भन्दा खतरा भिडन्त तपाईकालागि कहाँको लाग्छ, संझना छ भनेर सोधियो । मकवानपुरको फापरवारी रहेछ उनकालागि । लौन यताउति सर्सर्ति देखाउनुस भन्यौं । उनी देखाउँदै गए । त्यहाँ आएर बसेको निकै लामो समयसम्मपनि सानो प्लाष्टिकका टेन्टमा सुत्दा कहिले त्यो रातीनै उडाउने रहेछ । अनि असिना पानीले चुट्ने रहेछ । खानेपानीको ब्यवस्था नभएर बिरामी पर्ने रहेछन । पेटभरि खानपनि नपुग्ने रहेछ पार्टीले छुट्याएको रासनले । त्यहि भएर केहि साथीहरु भाग्नु भो भन्थे उनी । बस्ने ठाउँ छैन। सुत्ने छानो छैन । पेटभरि खान नपाइने । जाडो र पानीले गोद्छ । स्थानियकहां गयो जनसेनाले दुखदियो भनेर उराल्नेहरु हुन्छन । हिजो जनयुद्दमा हुँदा एउटा साहस, आँट थियो । जनताको घरमा खाईन्थ्यो । सारा दुस्मनलाई ध्वस्त पार्ने लक्ष्य थियो । अनि त्यसलाई पुरा गर्न भोकैपनि खटिन्थ्यो । अहिले त कतै जाने ठाउँपनि छैन । उनले दुख र बेदना निकै सुनाए । 

हामीले यो शिविरमा कतिन्जेल बस्ने ? अब फेरि कुनै शत्रुसित भिड्न पर्ला कि नपर्ला भनेर सोध्यौं । उनले अब “शाही सेना” सित त पक्कै भिड्न पर्दैन भने । तर भारतियहरुसित राष्ट्रियताको लडाई हुन्छ र त्यसमा लड्न पर्छ भन्ने सोचमा रहेछन । शाही सेनासित चाहिँ अब राजनितिकरुपमै  बिजयी भएकाले पर्दैन लड्न भन्ने उनको तर्क थियो । तयार हुनुहुन्छ त लड्न ? भारतमा त्यत्रा प्रहरी र सेना छन। तपाईहरु ३५ हजार जनसेनाले भारतिय सेनासित कसरि कतिन्जेल लड्ने भनेर सोधें मैले। उनले अब हरेक नागरिकले केहि वर्ष सैन्य तालिम लिनै पर्ने कानुन बनाईने र सबै नागरिन सैनिकसरह हुने भएपछि लड्न सकिन्छ भन्ने तर्क सारे ।

दशैंको मुखैमा थियो हाम्रो भेटघाट । बजेट भाषणले जनसेनाको तलब ब्रिद्दी गरेको थियो । उनले दुखका कुरा सुनाएपछि “अहिले त तलब बढेको छ नी” भन्यौं  । बढेको त भन्छन तर खोइ थापिएको अझै छैन भनेर हाँसे उनी । तलब अझै पुगिसकेको रहेनछ । तलबको कति भाग बुझाउनुहुन्छ नी पार्टीलाई ? हामीले सोधियो । उनले अँहँ केहि बुझाउनु पर्दैन भन्ने जवाफ दिए । के गर्नु हुन्छ त तलब ? अर्को प्रश्न खस्यो । “अलि अलि अफुले खर्च गर्‍यो, अलिअलि घर पठायो ” उनको जवाफपनि तयारै थियो । 

जनयुद्दमा नहिड भनेर बाबु आमाले अनेक बिन्तिभाउ गरेका रहेछन उनलाई । बाबु आमाको तुलाको बोली कुलामा मिलाएर उनी हिँडेपछि बोलचाल गर्न पनि छोडेछन छोरासँग । जनयुद्दलाई समर्थन घरैमा बसेर गर्ने, मनको समर्थन तर घरै छोडेर होइन भन्ने रहेछन रकेटका बा आमा । पछिल्लो पटक तलब थापेर केहि पैसा बाबु आमालाई पठाइदिनथालेपछि बल्ल बोल्न थालेका रहेछन उनका बा आमा ।

(साथीहरु आजै सबै राख्दा धेरै लामो हुने भो। बाँकि अर्को ब्लगमा पढ्नुस है त ?-नेपालप्लस)

तपाइँको प्रतिक्रिया