फोटोमा जिवजन्तु (फोटो ब्लग) – २

जिवजन्तुको संसार ज्यादै रोचक र आनन्ददायी हुन्छ हामी मानिसकालागि । आज मैले केहि समयदेखि बिभिन्न स्रोतबाट मलाई पठाइएका जिवजन्तु संवन्धि तस्विरहरुको जमघट गराएको छु ।

आफ्नी आमाको ढाडमा चढेर यात्रा गर्दै पोलार भालुको बच्चो । पौडी खेल्ने बेला यसरि आमाको ढाडमा चढेर जाने गरेको विश्व वन्यजन्तु कोष र क्यानोन कम्पनीले गरेको अध्ययनबाट पत्ता लागेको छ । फोटो : द गार्डिएन दैनिक फोटो: आन्जेला प्लुम्ब  / पी ए

जर्मनीको रेइटविन भन्ने ठाउँको आकाशमा सूर्योदयका बेला उडीरहेका हाँस (गिज) । फोटो- पेट्रिक प्लिउ / इपीए

साँझमा वासस्थानतिर पुग्नु अघि आकशमा रमाइरहेका ब्ल्याक बर्ड चराहरु ।

स्क्टल्याण्डको ग्लास्गोमा रहेको केल्भिन नदीमा रोटीकालागि लडिरहेका निलटाउके हाँस । फोटो : एन्डि बुसानान् / एएफपी / गेटी इमेजेज

तापक्रम शुन्यबाट १८ डिग्री तल झरेका बेला मिन्स्कको आकाशमा उडीरहेका हाँस (स्वान) । फोटो : भासिलि फेडोसेन्को / रोयटर्स

खेदाहा जाती (इन्भेइजिव स्पिसिस्) का मुसाहरुले चराका फुल र बचेरा खाइदिएपछि तिनलाई निर्मूल पार्न कार्यक्रम आयोजना गरियो क्यानडामा । त्यसबाट यी रेडबिल्ड ट्रोपिक बर्ड्स् भनिने चरापनि लाभान्वित भैरहेका छन् । फोटो : जेनी डाल्ट्री / फ्लोरा एन्ड फाउना इन्टरनेशनल

इजरायलको तेलअभिव अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सूर्यास्तका बेला उडिरहेका चरा । साँझ यसरि चराहरु बथानमा आकाशमा उडीदिनाले विमान अवतरणमा कठिनाई हुने गरेको छ ।

स्कटल्याण्डको मन्ट्रोजमा आहाराका लागि प्रस्थान गरेका पिन्क फुटेड गिज भनिने हाँस । स्कटिस वाईल्ड लाइफ ट्रस्टका कर्मचारी र स्वयंसेवकहरुले यो जाडो याममा ६५ हजार हाँस आरक्षमा आएको बताएका छन् । फोटो : जेफ जे मिट्चेल / गेटि इमेजेज

बोलिभियाको थुम्बीमा हरेक ८० देखि सय वर्षमा मात्रै फूल्ने पुया थुम्बी वनस्पतीको फूलमा रस चुस्दै दुई चरा । यो वनस्पतीको नाम क्विन्स अफ आन्डेस् पनि भन्ने गरिन्छ । फोटो : जु आन कारिता / एपी

सूर्योदलका बेला उडीरहेका हाँस (गिज)

पानी भित्र खिचिने तस्विर प्रतियोगितामा बिजयी तस्विर । ईन्डोनेशियाको समुद्रभित्र आसेभेदो इडुआर्दोले खिचेको यो फोटो यो वर्ष समुद्रभित्र खिचिएका तस्विर मध्येकै सर्वश्रेष्ठ हो । यी माछालाई स्कूलिङ क्याटफिस भनिन्छ । तस्विर बार्कोफ्ट मेडियाबाट लिइएको हो।

तपाइँको प्रतिक्रिया