बाँदरको बिहेलाइ हात्तीको लस्कर

विश्व उल्टो छ । मान्छेहरु उल्टा हुँदै छन् । पहिले पहिले मान्छेका बिहेमा थुप्रै घोडा, हात्ती, गाडी को लस्कर लगाइन्थ्यो । सयौं जन्ति हुन्थे । तर आजकाल थोरै जन्ति । साट्टसुट्ट बिहे । कम खर्चिलो । दाइजो बहिस्कार । गर्दुवा मनाही । सहज तरिकाले थोरै खर्चमा हुँदै छ । तर अचम्म जिवजन्तुका विवाह भने धुमधामले हुन लागेको छ । आफ्नो बिहे साट्टसुट्ट कम खर्च र टाइँफाइँ बिना गरेर मानिसले जनावरको बिहे चाहिँ धुमधामले गर्न लागेका छन् । यहाँ तैनाथ हात्तीहरु बाँदरको बिहेका लागि हुन् । जिवजन्तु संरक्षणकालागि यो ए उटा साकरात्मक सन्देशपनि होला सायद ।

एक जोडी बाँदरको बिहे थाइल्याण्डमा त्यस्तै गरि भब्यताका साथ गरियो । त्यहाँको सोङ्ला चिडियाखानामा ओराङओटन भनिने बाँदरका जोडीलाई बिहे गराइदिन घरपालुवा जनावर मध्ये पाल्नकालागि सबै भन्दा महँगो मानिने हात्तीहरुको लस्कर लगाइएको थियो ।

दुलहीको नाम न्यान्सी । उमेर २० वर्ष । दुलाहा चाहिँ जम्मा १२ वर्ष पुगेको । नाम सुरिया । नाम अनुसार सुरो नै रहेछ दुलाहा । प्राय भाले भन्दा पोथी कम उमेरको खोज्ने गरिएपनि यी बुढी कन्या भने आफू भन्दा कम उमेरको केटो पाएर दंग रहिछिन् ।

पहिलेको भालेबाट टोटो नामको केटो जन्माइसकेकि न्यान्सीले फेरी यस्तो भर्खरको केटो पाएकी । तिन महिना देखि यीनको प्रेम बसेको । माया गर्न थालेका एकले अर्कालाई । हिमचिम बढ्यो । अनि सँगै बस्न थालेछन् । तिन महिनादेखि मायामा चुर्लुम्म डुबेका यि एकले अर्कालाई चिने । बुझे। अनि भयो बिहे केहि दिन अघि ।

चिडिया खानाका मान्छेपनि कति दयालु ! प्रणय दिवसका दिन यीनको लागि विशेष कार्यक्रम गरेर प्रेम दिवस मनाइदिए । यिनको बिहेमा हात्तीका लस्कर लगियो । त्यस मध्ये तिन वटालाई विशेष तरिकाले सिँगारियो (हेर्नुस् तस्विरमा बिचमा तिन वटा हात्ती विशेष रुपले सिँगारपटार गरिएका) । त्यसोको लागि निकै खर्च गरियो । जन्तिका रुपमा उपस्थित भए स्थानिय मान्छे र पर्यटकहरु । त्यसदिन कान मार्क भनिने विशेष क्षणपनि देखाइयो । जुन बेला दुलहीले दुलाहालाई विशेष उपहार दिनु पर्छ । दुलाहा सुरियालेपनि आफ्नी प्यारी न्यान्सीलाई उपहार दियो ।

हाम्रो समाजमा जन्तिलाई प्रमाणमा रुपमा लिने गरिन्छ । तर थाइल्याण्डका अधिकारीहरुले यतिमै चित्त बुझाएनन् । स्थानिय अधिकारीहरुले दुई जनाको वैवाहिक प्रमाणपत्रमै हस्ताक्षर गरे । फोटो खिचेर प्रमाण राखे । अहिले यि जोडी हनीमुनमा मस्त रहेको बताइएको छ ।

यो बिहेका लागि विशेष रुपमा सिँगारिएका तिन बाहेक त्यहाँ अन्य नौ वटा हात्ती थिए । ति प्रत्येकमाथि एक जोडी विवाहित थिए । तिनले आफ्नो माया देखाउन र हात्तीप्रति सद्भाव देखाउन ‘हामी एक अर्कालाई माया गर्छौं, हामी हात्तीलाई प्रेम गर्छौं’ भन्दै नारा लगाएका थिए ।

(समाचार स्रोत- थाइल्याण्ड टाइम्स / फोटो स्रोत – पहिलो ईन्टरनेट, दोस्रो नेशनल ज्योग्राफिक )

-अघिल्लो लेख पनि हेर्नुस्-

किन हो भाले चिम्पान्जीले बुढी बुढी ताक्ने ?

तपाइँको प्रतिक्रिया