जिवजन्तुका दूर्लभ तस्विर (फोटो फिचर)
जर्मनीको बर्लिनस्थित लुनमको आकाशमा चन्द्रमाको अगाडिबाट उडिरहेका क्रेन चराहरु । यो वर्षको युरोबर्ड वाच (चरा अवलोकन २०१०) मा एकै महिनामा ३४ देशका ६० हजार मानिसले चरा अवलोकनमा भाग लिए । उनीहरुले जाडो याममा दक्षिणतिर बसाइ सर्दै गरेका चरा अवलोकन गरेका हुन् ।

भारतको श्रीनगरबाट उत्तरमा पर्ने होकेरसार भन्ने ठाउँको तालमा पानी हाँसहरु । एशियाको मध्य भाग र रसियाको साइबेरियाबाट करिब छ लाख चरा यो तालमा आएका छन् बसाइ सरेर । यो भारत र पाकिस्तानको युद्द प्रभावित कास्मिर क्षेत्रमा पर्छ ।
बेलायतको ब्रिग्स्टन भन्ने ठाउँमा उडिरहेका स्टार्लिङ (डाङ्रे जातीका) चरा ।
ऋतुकालमा खेल्दै म्रिग (stag and a doe) का भाले पोथी । ऋतुकालमा संभोग गर्नु पहिले भाले पोथी जिस्किने, खेल्ने गरेर निकट हुन्छन् । त्यसपछि बल्ल भाले पोथी उत्तेजित हुन्छन् ।
स्विजरल्याण्डको जेनेभास्थित तालमा नुहाउँदै गरेको हात्तीको सुँड छेउबाट चनाखोपूर्वक हेरेर बाटो लाग्दै स्वान (पानी हाँस)। यो हात्ती सर्कसमा नचाउनका लागि त्यहाँ ल्याइएको हो ।
अमेरिकाको फ्लोरिडा, तितुस्भिलस्थित मेरिट आईल्याण्ड भन्ने राष्ट्रिय आरक्षको तालमा बिचरण गरिरहेको ट्रिकलर्ड हेरोन (एक खाले बकुल्ला)।

रोमानियाको बुसारेस्टमा घमाइलो दिनमा वर्षाद ऋतुको हावाले उडाइरहेको रुखको पात ।
जर्मनीको उत्तरपूर्वी भाग लिन्मको आकाशमा उडीरहेका क्रेन चराहरु । रसियाबाट त्यतातिर बसाइसराई गर्दै उडेका हुन् । यि चरा रसियाबाट स्क्यान्डिनेभिया, पूर्वी यूरोप हुँदै अफ्रिका पुग्छन् । अफ्रिका पुग्नुअघि जर्मनीमा केहि समय बिश्राम गर्छन् । केहि चाहिँ दक्षिण यूरोपतिरै रोकिन्छन् । जाडोयाममा रसियामा तिब्र जाडो भएर आहारा र बासको समस्या परेपछि यि चरा त्यहाँ भन्दा अलि न्यानो भागतिर बसाइसर्ने गरेका हुन् ।
बेलायतको केर्नगोम स्थित ट्राउट माछा पाल्ने पोखरीमा खुट्टाले माछा पक्डेर उडेको बौंडाइ चरा देखेर डरले भाग्दै गरेको पानी हाँस ।
पोलार भालू र फ्यालफ्याले चराबिचको लडाइँ । पोलार भालूले मार्न खोजेपछि यो चराले मुकाविला गरेको हो । आर्क्टिक क्षेत्रमा बरफ पग्लिँदै जाँदा पोलार भालूको आहारामा संकट परेको छ । नर्वेको स्टाल्भार्ड भन्ने ठाउँमा भेटिएको यो द्रिष्य पहिलो र दूर्लभ भएको जनाइएको छ ।
(तस्विर श्रोत- एपी, ए एफपी, रोयटर्स, द गार्डियन दैनिक, गेट्टी पिक्चर्स, ईपिए, रेक्स फिचर्स र फ्लोरा एण्ड फउना इन्टरनेशनल)।













