किन हो भाले चिम्पान्जीले बुढी बुढी ताक्ने ?

कुनै त जिवजन्तुपनि कस्ता हुने हुन्; एक्ला एक्लै रहेका पोथी पाउँदा पाउँदैपनि अरूले ओगटेका रुचाउने । कसैले नछोएका, नभोगेका पाउँदा पाउँदैपनि बुढी बुढी ताक्ने ।  भाले चिम्पान्जीहरू त्यस्तै हुने रहेछन् । उनीहरू अरू भालेले ओगटिसकेका पोथी रुचाउने रहेछन् । अर्काको खोसेर आफ्नो बनाउने ! खोस्नु त खोस्नु त्यो पनि कलिला, भर्खरका युवती नताकेर बुढी बुढी ताक्ने रहेछन् । किन होला ?

चिम्पान्जीहरू मानवसित मिल्ने सबैभन्दा नजिकका जीव मानिन्छन् । तर एउटा बानी यस्तो फेला पर्‍यो चिम्पान्जी र मानवबिच कि ठ्याक्कै उल्टो । मानव जातिमा पुरुषहरूले आफूभन्दा कम उमेरका केटी रुचाउँछन् । महिलालेपनि आफू भन्दा पाको केटो । तर चिम्पान्जीहरू चाहिँ आफू भन्दा बढि उमेर भए र पाएसम्म अझ बुढीलाई साईड हान्ने रहेछन् ।

यो घटनाले वैज्ञानिकहरूको टाउको खायो । अनि थाले अनुसन्धान गर्न । उनीहरूले के पाए भने चिम्पान्जीहरू दिर्घकालसम्म एउटै पोथीसित बस्दैनन् । आफूले उपचार गर्नु पर्दैन । भविष्यका वर्षहरू बिताउने होइन । स्याहार सुसार गर्नुपर्ने होइन । संभोग गर्ने त हो पाएसम्म । संभोगको मज्जा लियो छोड्दियो । अर्को याममा कुन पोथी भेटिने हो के थाह ? त्यसैले उनीहरू बुढी ताक्ने रहेछन् ।

अर्को कारण ऋतु कालमा जब पोथीलाई भालेको चाख हुन्छ तब बुढी चिम्पान्जीहरू भालेहरूको नजिक नजिक साईड हान्न जाने रहेछन् । नजिकै पाएपछि भालेपनि मख्खै । जिल्ल पर्‍यो तिनै बुढी सित बस्यो । त्यही कारणले गर्दा भाले चिम्पान्जीलाई कम उमेरका पोथी चहार्दै हिँड्नै परेन ।

तर मान्छेको ? मानव जातिमा आफैँले पाल्नु पर्छ । कर उमेरकालाई कम रोग लाग्छ र खासगरी बढि उत्पादनशील हुन्छन् । त्यसले गर्दा भविष्यमापनि तिनले स्वस्थ बालबच्चा जन्माउँछन् । बुढीहरू छिटो अनुत्पादक बन्छन् । यो तथ्य पत्ता लगाउने हुन् अमेरिकाको बोस्टन विश्व विद्यालयका मार्टीन मुलर र हार्भर्ड विश्व विद्यालयका उनका सहकर्मीहरू ।

बुढा पोथीहरू भालेको निकट जाने, सहज रूपमा पाइने, मासिक स्रावका बेला भालेको नजिकिने, बलिया र ठूला भालेतिर बढि लहसिने भालेको बथानमा गएर भाले भालेबिच जुधाएर आफूले फाइदा लिन खोज्नाले पनि भाले चिम्पान्जीहरूले बुढीहरू रुचाएको पाइएको अनुसन्धानकर्मीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया