ससुराली देश चिनाउन बेल्जियममा भव्य प्रदर्शन
– सन्तोष न्यौपाने / बेल्जियम
पाउल जन्म र कागजले नेपाली होइनन् । बेल्जियन नागरिक । तर आत्मा, मन र मस्तिष्क भने उनको सधैँ नेपाली हुन्छ बेल्जियममा बसेपनि । किनभने उनको ससुराली नेपाल हो । उनी आफ्नो देशको लागि भन्दा ससुराली देशको चिन्ता बढि गर्छन् । ससुराली देशलाई चिनाउन, ससुराली गाउँका बालबालिकाको शिक्षा दीक्षामा समर्पित छन् ।
नेपालको पहाडी गाउँ म्याग्दी र कास्कीका विद्यालयमा आर्थिक सहयोग दिने, विद्यालय भवन र स्वास्थ्य चौकी जस्ता सामाजिक काम गर्न रकम जम्मा गर्ने अनि नेपाललाई बेल्जियममा चिनाउने उद्देश्यले उनीहरूको एक्लो प्रयासमा नेपाल संबन्धि प्रदर्शनी शुरु भएको छ । अस्ति देखि ब्रुज शहरमा शुरु भएको यो प्रदर्शनी आधा महिना रहने छ ।
(रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो: नेपाली झण्डामुनी बेल्जियन नागरिकहरु प्रदर्शनीमा)
(प्रदर्शनीमा उच्च हिमाली भाग देखि तल्लो भागसम्मको सचित्र वर्णन छ । त्यहि हेरेर दंग पर्दै एक सहभागि)
प्रदर्शनीमा नेपालका ग्रामिण भेग, शहर, महिला वालवालिका र तिनको जन जिवन, शिक्षा, स्वास्थ्य, बिभिन्न जनजातिको संसक्रिति र नेपालको प्राक्रितिक छटा चिनाउने हर सामाग्रिहरु छन् ।
(पोल र नीताको जोडी)
१८ वर्ष अगाडि टुरिस्ट गाइड बनेर नेपाल पुगेका थिए उनी । घुम्दै जाँदा ४८ वर्षीय बेल्जिक नागरिक पाउल भान्दमोरतेल सँग नेपाली चेली नीता पुन सित उनको माया गाँसियो म्याग्दी जिल्लाको दुर्गम धारा गाविसको चित्रे गाउँमा । सन मा १९९६ उनीहरू विवाह बन्धनमा बाँधिए ।
(पोल नेपाली गित संगितका पारखीपनि हुन्। प्रदर्शनीमा आएकालाई उनी आफैं अघि सरिसरि ब्याख्या गर्छन् )
२ घण्टा पैदल हिँडेर विद्यालय जानुपर्ने तथा स्वास्थ्य सेवाको पहुँच नहुनु जस्ता समस्यालाई बेल्जियममा रहदा निकै महसुस गरे ती दम्पत्तीले । यहाँको सर्व सुलभता र नेपालको अभावले दुखित तुल्यायो । पाउलकै सल्लाह बमोजिम आफ्नै खर्चमा स्कूल चित्रे गाउँमा सन १९९८ मा प्राथमिक विद्यालय निर्माण गरिदिए ।
(बिभिन्न जनजातिका न्रित्य देखाउँदै एक किशोरी)
त्यसपछि सन २००३ बाट हिमालयन प्रोजेक्टको नाम दिई देशमा समाज सेवाको सुरुवात गरे उनीहरूले । सुरुका दिन देखि नीता र उनका श्रीमान पाउलले बेल्जियममा केही कोष जम्मा गरेर नेपाली हस्तकलाका समान तथा नेपाली खानाहरू बेचेर आएको रकमबाट अहिले सम्म प्रोजेक्ट चलाइरहेका छन् ।
अहिले सम्म उनीहरूले म्याग्दीको शिख गाविसमा रहेको एक विद्यालयलाई ४ वटा कम्प्युटर र ५० हजार नगद प्रदान गरे । त्यस्तै गरि आफ्नै गाउँलेलाई उच्च सुविधा सहितको स्वास्थ्य प्रयोगशाला स्थापना गरेर स्वास्थ्य सेवा प्रदान का छन् । यसबाहेक म्याग्दीको खिवागं गाविसमा रहेको विद्यालयको भौतिक संरचना पुन निर्माण, कास्की सराङकोटको एक विद्यालयमा प्रत्येक वर्षको एक पटक सम्पूर्ण विद्यार्थीलाई पोसाक उपलब्ध र रूपन्देहीको सितलनगरमा अनाथ बालबालिकाको लागि सहयोग गर्दै आएका छन् । चित्रेमा रहेको विद्यालयका शिक्षक र स्वास्थ्य चौकीका कर्मचारीको तलवको व्यवस्था पनि यीनैले गर्छन् ।
(प्रदर्शनीमा सहयोग गर्दै रहेका सन्तोष न्यौपाने ) ।
उनीहरूले बेल्जियममा केही कोष जम्मा गर्ने, नेपाली हस्त कलाका समान र नेपाली खाना बेचेर आएको वार्षिक २२ लाख नेपाली रुपैयाँ नेपालमा सहयोग गर्दै आएका छन् । नेपाली समुदायले नेपालको लागि केही गर्न नसकेको अवस्थामा विदेशी ज्वाइँले सम्पूर्ण समय यसैमा लगाई ससुराली देशको लागि सहयोग गर्नु महान् कार्य मान्नु पर्दैन त ?














