आफ्नै शरीरको कला बनाए चराले

चित्रमा देखिएका चरा क्यारिबियन फ्लेमिंगो हुन् । नेपालमा फ्लेमिंगो जातका चरा यदाकदा झुक्किएर मात्रै आइपुग्छन् । यी भारतमा भने पाइन्छन् । तर यो तस्विर मेक्सिकोको युकाटान भन्ने ठाउँमा खिचिएको हो । वैज्ञानिकहरूका अनुसार यी चराका थुप्रै विशेषता हुन्छन् । तर अहिलेसम्म यी चरामा यस्तो कलाक्रिति रुचाउने, कलात्मक क्षमता हुन्छ भन्ने जानकारी थिएन ।

यो तस्विर विमानमा रहेका बेला रोबर्ट हास भन्ने फोटो ग्राफरले खिचेका हुन् । यो बेलायतको द गार्डियन दैनिकमा प्रकाशित थियो । कसैले आफ्नै आकारमा यसरी जम्मा भएर बस्नुलाई यी चरामा ईश्वरीय शक्तिको क्षमतालाई औँल्याएका छन् । तर वैज्ञानिकहरूका अनुसार भने यसरी बस्नुको कारण शत्रुहरूबाट बच्न र आहारा ज्यादा पाइने ठाउँको संकेत हो ।

                         (यस्ता हुन्छन् माथिका चरा)

नेपालप्लसको नोट : सामान्य त जीवजन्तुमा के हुन्छ भने छरिएर रहँदा शत्रुले आक्रमण प्रयास गर्ने हुँदा समूह ठूलो र बलियो देखाउन यसरी समूहमा बस्छन् । समूह ठूलो देख्दा शत्रुहरू डराउँछन् । एकै ठाउँमा बस्दा शत्रुको आक्रमण भए भाग्न सजिलो हुन्छ । शत्रु आएको छिटो थाह पाइन्छ । आक्रमण भैहाले सामूहिक मुकाबिला गर्न, तर्साउन सहज हुन्छ । यसरी समूहगत रूपमा बस्दा यदि जाडो याम हो भने चिसो छेक्छ, हावा र हुरी केही कम मात्रामा छिर्छ ।

तपाइँको प्रतिक्रिया