बाँदरलाई हतियार चलाउने तालिम दिँदै तालीवानहरु
वर्षौं वर्ष भयो अफ्गानिस्तानका तालीवानहरुले लडाई गरेको । तर जित्न सकेनन् । न त निर्मूल नै भए । कति वर्ष लड्ने युद्द ? कहिल्यै नजितिने युद्द । अनि ‘मर्ता क्या नहीँ कर्ता’ भने झैँ तालीवानीहरुले अमेरिकी सैन्य शक्ति सित लड्न अब बाँदरलाई मेशिनगन र सुरुङमा मोर्टार चलाउने तालिम दिन थालेका छन् ।
पिपल्स डेली अनलाईनले त्यो समाचारलाई बाहिर ल्याएको रहेछ । जसलाई डिस्कोभरी न्युजले महत्वकासाथ प्रचार गरिरहेको छ । तालिम प्राप्त बाँदरहरूले कालस्निकोभ (Kalashnikov) भनिने ब्रेन लाईट मेशिनगन चलाउन सक्छन् । अमेरिकी सेनाको युनिफर्म देखेर त्यसैको पहिचानका आधारमा त्यो मेशिनगनले प्रहार गर्न सक्छन् । चित्रमा देखिएको फोटोलाई अहिले व्यापक रुपमा वितरण गरिएको छ ।
तालीवानहरुले बाँदरलाई तालिम दिन बदाम र केरा दिने गरेका छन् । उनीहरूले त्यो तालिम भियतनाममा दिने गरेको त्यस्ता बाँदरलाई ‘मंकी सोल्जर्स’ भन्ने गरेका छन् । अमेरिकी गुप्तचर संस्था यु एस सेन्ट्रल इन्टेलिजेन्ट्स एजेन्सी ले त्यसका बारेमा जानकारी पाएको र अमेरिकी सेनाले त्यस्ता बाँदरहरुलाई ‘आर्म्ड मंकी’ (हतियारबन्द बाँदर) र ‘मंकी टेरोरिस्ट’ (आतंककारी बाँदर) भन्ने गरेका छन् ।
समाचारको स्रोत कहीँ कतै बलियोसित उल्लेख नगरिएकोले केहीले भने सत्य नहुन सक्ने आशंकापनि गरेका छन् । तर चलाख बाँदरले त्यो सबै कार्य गर्न सक्ने भनेर पनि उल्लेख छ । ब्लगर जेफ स्कोगलले त्यो सम्पूर्ण घटनाको अनुसन्धान गरेको दाबीपनि गरिएको छ । तर नाटोका प्रवक्ताले भने स्कोगललाई त्यो सत्य हुन सक्ने कुनैपनि आधार नरहेको दाबी गरेका छन् ।
तर बायोलोजिकल साइकोलोजी सेन्टरका एक जना विशेषज्ञ क्रिस्टोफ कोले भने त्यो घटना सत्य हुन सक्ने प्रतिक्रिया दिएका छन् । विश्लेषकहरुले पनि यदि बाँदरहरुलाई तालिम नदिएको भए अमेरिकी गुप्तचर संस्था र अमेरिकी सैनिकहरुले सकारात्मक प्रतिक्रिया नदिने बताएका छन् । अमेरिकी टिभी सि एन एनले भने आतंककारी बाँदरको भिडियोनै सार्वजनिक गरेर समाचारलाई थप विश्वसनीय बनाइदिएको बताइएको छ ।





