प्रेमीकाको म्रित्युमा धुरुधुरु रुन्छन् चरा

धेरैले भन्छन्-चरा, जनवार र अन्य जिवजन्तुको भावना हुँदैन। दिमाखपनि हुन्न । तर मानिसका ति बिचार झुठा हुन् भन्ने प्रमाण हो यो । गौथलीहरुले अन्तिम अवस्थासम्मपनि बचाउने प्रयास गर्ने रहेछन्, दुखमा परेकी प्रेमीकालाई । दुखाई र पीडाले छट्पटाएकीलाई ।  खाना दिएर । साथ लागेर । लाख लाख बचाउने प्रयास गर्दापनि केहि सिप नलागेर जब प्रेमीका ढल्छे अनि उसको दुखदायी निधनमा मर्माहत हुने रहेछन् । रुने रहेछन् ।

यो तस्बिरमा एउटा गाडीको ठक्करले घाईते भएर ढलेकी प्रेमीकालाई भाले गौंथलीले उठाउने प्रयास गरिरहेको छ ।

                उ कतैबाट आहारा खोजेर ल्याउँछ र  घाईते प्रेमीकालाई खुवाउँछ ।

उसले फेरी आहारा खोजेर त ल्याउँछ । तर दोस्रो पटक आहारा बोकेर आइपुग्दा आफ्नी प्रेमीकाको म्रित्यु भैसकेको देखेर मर्माहत हुन्छ । खुट्टाले शरिरमा टेकेर चलाउने कोसिस गर्छ । उ मरेकी छैन कि भन्ने आशाले जान्न खोज्छ । यो एउटा दूर्लभ द्रिष्य हो गौंथलीमा देखिने ।

उसको मुटुको टुक्रा अब जिवित छैन भन्ने उसले मेसो पाउँछ । कहिल्यै फर्केर आउँदिन अब । उ आफ्नो माया र स्नेह पोखेर रुन्छ ।

उ आफ्नी मायालुको ढलेको शरिरलाई हत्त पत्त छोड्न सक्दैन । उसैको सामुन्ने बस्छ र बिलाप गरिरहन्छ । रोईरहन्छ ।

अन्तत: उसलाई थाह छ, उ अब कहिल्यै फर्केर आउने छैन । अब आफ्ना लागि उसकी प्रेमीका जिवित रहने छैन । बाँडिचुँडी खाएर सँगै हिँडेका, खेलेका क्षणहरु अब फर्किने छैनन् । मुक्त आकाशमा  खेल्दै गरेका पहिलेका क्षणहरु उसले पाउने छैन । त्यहि सम्झेर उ नजिक बस्छ । पीर मान्छ । दुखि बन्छ । 

चरा र अन्य जिवजन्तुमा भावना हुन्न, संबेदना हुँदैन भन्नेहरु यो तस्बिर देखेपछि अमेरिका, यूरोप र भारतमा समेत लाखौं मानिस ग्वाँ ग्वाँती रोए । यो तस्बिर खिच्ने फोटो ग्राफरले फ्रान्समा थुप्रै कपी बिक्रि गरेको बताइन्छ । र यो तस्बिर छापेका सबै पत्रीका अन्य दिनमा भन्दा निकै बढि बिक्रि भएको बताइन्छ । तस्बिर आबुनवाफ भनिने एक अरेबियन भाषाको साईटमा रहेछ पहिले । हात्तीहरुपनि आफन्तको म्रित्युमा यसैगरि बिलाप गर्छन्, रुन्छन् । त्यो हेर्न तलको ब्लगमा क्लिक गर्नुस ।

साथी मर्दा रुवाबासी

तपाइँको प्रतिक्रिया