दर्जन चोटी लुटिएपछि बल्ल परिपक्का भइन्छ रे !

-पुष्कर शाह 

pushkar-11.jpgएक चोटी हामीलाई २५ किलोमिटरजति टाढा जानु पर्ने थियो । ट्याक्सि लियौं ट्याक्सिलाई सोध्यौं-हाउ मच (कति पैसा हो ?) भनेर । ट्वान्टिफाइभ डलर सर (२५ डलर हजुर) भन्यो । छिनोफानो त गर्नै पर्‍यो । २५ डलर चार जनाका लागि हो भनेर सोध्यौं । उसले हो सर भन्यो । हाम्रो झोला पनि राखेको पछाडी टन्न ?

हजुर सर

सिटमा पनि बसेको ?

हजुर सर ।

झ्याल पनि खोलेको ?

हजुर सर

तिमिसँग कुरा गरेको ?

हजुर सर  अनि चढेर गइयो। पाँच मिनेट जति पर एउटा पेट्रोल पम्पमा गएर रोक्यो ट्याक्सी । लौ ट्याक्सीमा पेट्रोल भर अरे हामीलाइ । पेट्रोलको त कुरै भाको छैन । हामी चार जना तमासा भयौं मान्छेले हेरेर । हामी त पर्यटक हौं नी । यस्तो थर्काएको छ कि, कि पेट्रोल भर, कि पैसा तिर भन्छ । ट्याक्सिमा झोला राखेका छौं । त्योपनि झिक्न दिँदैन मान्छेहरु हाम्रो झगडा हेर्न झुम्मिएका छन । फ्रान्सेली भाषा बोल्छन त्यहाँ । न आफुलाई फ्रान्सेली भाषा आउनु । मान्छेहरु कोहीपनि आएर केहि बोल्न सक्दैन । हे भगवान क्या फसाद, कस्तो जात्रा ! त्यो ट्याक्सी चालकले हामी चारजनालाई थर्काइराछ । अनि बल्ल बल्ल मिलायौं-यस्तो छुद्रसँग नजाउँ, बरु दश डलर तिरौं भनेर तिरियो । झोलासोला झिक्यौं ठग्ने तरिका कस्तो कस्तो । अफ्रिकाको एक दुइ वटा देश छोडेर अरु देश त नजादै राम्रो हुन्छ  

 एक दिन म जोहानेसवर्ग बाट केण्डोल पार्क भन्ने २५ किलोमिटर टाढा जाँदै थिएँ । जोहानेसवर्गमा एक जना नेपाली बहिनी पढ्नुहुदो रैछ क्याम्पस । त्यो बहिनीलाई भेट्न गएको । फर्किदा खेरी जोहानेसवर्गबाट त्यो केण्डोलपार्क जाने अन्तिम बस छुटेछ मेरो । ढिलो भएछ । अब कसरि जाने ? २५ किलोमिटर हिड्ने कुरापनि भएन । त्यहाँको लुटको कहानी सुन्दा सुन्दा हैरान भइसकियो । सस्तो लुटेको पाँच चोटी भयो भन्थे एकजना नेपाली बिद्दार्थी । अरु भाइहरु त बाह्र चोटी भइसक्यो रे ! सस्तो लुटिएको चाहि पाँच चोटी । त्यहाँ लुटिएपछि चाहि प्रमाणपत्र प्राप्त जस्तै हो रे । परिपक्का भको रे त्यो चाहिँ ।

रात पर्न थाली सक्यो । अलिअलि डर लाग्न थालिसक्यो । अनि त्यो बहिनीले फोनमा यसो यसो गरेर यसरि जानु भनिन । अनि त्यहाँ मान्छेहरुलाई सोधेँ । केण्डोल पार्क र जोहानेसवर्गको बिचमा ग्लेनमारियस भन्ने एउटा शहर रैछ । त्यो शहरसम्म जाने एउटा माइक्रो पाइयो । त्यहाँबाट अर्को बस पाइन्छ भनेर बसको मान्छेहरुले भनेपछि माइक्रो चढेर गएँ । ग्लेनमारियस पुग्दा त अँध्यारो भो, रात परिसक्यो । सात त्यस्तै भएको हुँदो हो । त्यो शहर त पुरै अँध्यारो न अँध्यारो छ । पुरै कालो न कालो । चुक खन्याएजस्तो कालो नी !  म त जिल्ल परे । अनि क्या हो यहाँ यस्तै हो भनेर सोधे । अनि मान्छेहरुले अँ यहाँ त यस्तै हो । चाँडै बत्ती निभाउँछ भने । अनि अर्को गाडी पाइन्छ यहाँबाट भनेर सोधे । ला, अर्को गाडीपनि गइसकेछ । त्यता जाने गाडीहरु सकिएछन । 

के गरि जाने थाह भएन । रेल आउँछ त्यसैमा जाउ भने दुइटी महिलाहरुले । नेपाली साथिहरुले चाहि मलाई के भनेका छन भने-रेलमा चाहि चढ्दै नचढ्नु । रेल आउँदै छ भन्छन । तर रेलमा चढ्दै नचढ्नु रे । अब भयो ? के गर्ने ?  अझै १२ किलोमिटर हिँड्नु छ । १२ किलोमिटर भनेको कस्सिएर हिँड्यो भने दुइ घण्टा लाग्छ । अनि साथीहरुलाई फोन गरे-लौ मलाई त यस्तो पर्‍यो भन्दै । अनि उनीहरुले ल त्यसो भए त्यही बसिराख्नु, हामी ट्याक्सी लिएर आउँछौ भने । कति समय लाग्छ भनेर सोधेको त्यहि २०-२५ मिनेटमा आइपुग्छु भने ।

२५ मिनेट के गरि बिताउने ? अनि यसो आँखा लगाउँदै जाँदा एउटा गल्लीमा उज्यालो उज्यालो जस्तो देखियो । अनि त्यतै तिर गएँ के रैछ भनेर । मैले सधैं बोक्ने झोला बोकेको थिएँ बिभिन्न देशका झण्डा भएको । त्यो झोला देखेपछि मानिसहरुलाई अचम्म लाग्ने रहेछ यो बिदेशी हो भनेर । त्यो बार रैछ । त्यहाँ फुटबल चलिरहेको रैछ । मान्छेहरु बियर खाँदै फुटबल हेरिराखेका रैछन । बार भनेको त साँच्चिकै बार नै के । यत्रयत्रा फलामका बार, पैसा छिराएपछि बल्ल बियर निस्कने । टेलिभिजनपनि बडेमान बडेमानका फलामे रडले छेकेका  अब यहाँ जोडी त मिल्नै पर्‍यो भन्ने लाग्यो । मैलेपनि एउटा बियर किने । सट्ट त्यो बियर पिएँ । अब चाहिँ बल आयो के ।  कोही आइहाल्यो भने लौ आइजत भनेर बोत्तलसोत्तल फुटाएर तर्साउन चाहिँ हुने भयो भन्ने लाग्यो । त्यो बियर सिध्याएँ । मान्छेहरुले यसो हेर्दै छन मलाई यताउति । नौलो देखेर होला है ? फेरि अर्को बियर लिएँ । २५ मिनेट बिताउनु छ मैले । 

डरले यस्तो भइराखेको छ कि ! कोहि कतैबाट आएर त्यत्तिनैखेर लुटिहाल्ला जस्तो लाग्ने । मान्छेहरुका कुरा सुन्दा सुन्दा सुन्दा । फुटबल सकियो । मान्छेहरुपनि लाखापाखा लागे । तर दुइ जना मान्छे बसिरहे त्यहीँ । मलाई हेर्दै छन । दुइजना कुरा गर्दै छन मलाइ हेरेर । मलाई लुत्ने योजना भैसक्यो उनीहरुको । अनि ठ्याक्क मेरो फोन बज्यो । साथीहरु आइपुगेछन । पुष्पजी कहाँ हुनुहुन्छ भनेर सोधें । म बारमा छु भनेर बाहिर निस्किएँ ।  बाहिर कोहीपनि छैन । कहाँ हो तपाइहरु भनेको त हामी बार बाहिर भने । म बार बाहिर छु त भनेको त कहाँ बारमा भन्छन । ल, उनीहरु बारमा भन्छन, म बार बाहिर निस्कन्छु छैनन ।  उस्, ठाउँ गलत भएछ भनियो । हिँड्दै हिँड्दै गएँ । ग्लेनमारियसो रेल स्टेसन अगाडि होइन भनेको अँ हो भन्छन । ल, के भन्छन यिनिहरु भने । रेल स्टेसन अगाडि एउटा मानिस बसिराखेको रैछ । त्यसलाई लौन यो कहाँ पर्‍यो, मत हराएँ, फोन गरेर सोधिदेउ भनेर फोन दिएँ । एक सेकेण्ड, दुइ सेकेण्डमै टाप कसिहाल्यो नि त्यो मान्छे त । अँध्यारोमा कहाँ भाग्यो भाग्यो फोन लिएर । च्याप्प त समातेको थिएँ भागि गो नी । त्यो त कहाँ गयो गयो ।  

धन्न के भको रैछ भने उनीहरु त्यहिँ रहेछन । दुइ वटा गल्ली र रेल स्टेशनको बिचमा बार रैछ । उनीहरु एउटा कुनामा रहेछन । राम्ररी नदेखिएको । पुष्करजी पुष्करजी भन्दै थिए त्यो काले कहाँ गयो गयो । साथिहरु ट्याक्सी लिएर आएका रहेछन । लौ छिटो छिटो चढ्नुस भने । टेलिफोन नै लग्यो कालेले भनेको त “तपाइँको लग्यो, हाम्रो जोगाउन परेन” पो भन्छन । त्यहाँको कहानीहरु सुन्यो भने जिरिङ्जिरिङ् हुन्छ। बाफ रे बाफ !

 क्रमश :

तपाइँको प्रतिक्रिया