सहयोग गर्ने हो पुष्कर शाहलाई सामाजिक काममा ?
नेपाली विश्व साईकलयात्री पुष्कर शाह हराए झैं भएको धेरै भयो । उनी के गर्दै छन् भन्ने पूर्ण जानकारी भएपनि हिजो पुष्करसित मेरो छोटो कुराकानी भयो फोन मार्फत । तर उनले विश्व साईकल यात्रा पुरा गरेर नेपाल फर्किएपछि के गर्दै होलान उत्सुकता पक्कै होला निरन्तर सम्पर्कमा नहुनेलाई । तर हराएका छैनन् उनी । झन ठूलो योजना र राष्ट्रिय हितको प्रस्ताब लिएर आएका छन् पुष्कर । उनले विश्वका १५० देशलाई साईकलको पांग्राले नापे। त्यो यात्रा उनले सन् १९९८ मा शुरु गरेर सन् २००९ मा पुरा गरे ।
अब यहि हिउँद याममा ति १५० वटै देशका झण्डा सगरमाथाको टुप्पोमा लगेर विश्व शान्तिको घोषणा गर्दै गाड्ने छन् । अहिले उनी त्यसैको तयारीमा लागेका छन् । म सित हिजो कुराकानी हुँदा ‘म त्यसैको लागि मिटिङमा छु ददिजी” भन्दै थिए । त्यसको साथसाथै उनले अर्को योजना ल्याएका छन् । युद्द प्रभावित अनाथ वालवालिकाकालागि विश्वकै नमूना स्कूल बनाउने ।
पहिले उनको सपना थियो – एउटा गतिलो शिक्षक बनेर निराक्षर वालवालिकालाई शिक्षाको ज्योतीले झलमल्ल पार्ने । तर उनी बने-विश्वकै चर्चित साईकल यात्री । तर त्यो आत्मामा गढेको शिक्षक बन्ने धोको कहिँ कतै खिल बनेर पल्टिरहेको रहेछ पुष्करको मनमा । उनको आत्ममा । त्यसले घोचिरह्यो सारा संसार साईकलमा फन्को मार्दापनि । र नेपाल फर्केपछि अहिले उनी त्यहि सपना साकार पार्न खोज्दै छन् लिटिल हेभेन स्कूल (The Little Haven School) बनाएर ।
आफ्नै जन्म गाउँ दोलखा जिल्लामा उनले युद्द प्रभावित अनाथ वालवालिकाका लागि स्कूल बनाउने योजना ल्याएका छन् । त्यस्तो स्कूल जहाँ माध्यमिक तहसम्म हत्या हिंसा बिरोधी शिक्षा दिईने । र त्यसलाई पाठ्यक्रममै समाबेश गरिने छ । त्यसले गर्दा हत्या, हिंसा, मारपिट, आतंक जस्ता पक्षहरु वालवालिकाको कलिलो उमेरबाटै मन मस्तिस्कबाट हट्ने छ । यस्तो स्कूल विश्वमै नमूनाका रुपमा रहने पुष्करले जनाएका छन् । दश वर्ष सम्म आफुले हेरचाह गरेपछि त्यो स्कूल आफुले विद्यार्थीमा हस्तान्तरण गर्ने र त्यसपछि विद्यार्थीलेनै पूर्णरुपमा सञ्चालन गर्ने भन्ने उनको ध्येय छ ।
कसरि बनाउने त यस्तो स्कूल ?
त्यसको लागि उनले आफ्नो सगरमाथा आरोहण यात्राबाट आर्थिक सहयोग जम्मा गर्ने छन् । प्रत्येक मिटरै पिच्छे उनले नेपाली एक हजार रुपियाँ (यूरोमा भए १० वा अमेरिकी डलरमा भए १५ ) प्रायोजक गर्न लगाउने छन् । तपाईले पनि जति मिटर सकिन्छ त्यति मिटर प्रायोजन गर्न सक्नुहुन्छ । त्यो पैसाले स्कूल निर्माण गरिने छ । प्रायोजन गर्नेको नाम बिभिन्न निर्माण सामाग्रिमार्फत स्कूलमा लेखिने छ । उनले त्यो आरोहणको नाम “पिस एक्स्पिडिसन, स्प्रिङ् २०१०” राखेका छन् । त्यसको बारेमा बाँकि जानकारी लिन उनले यो मोबाईल नंबर ९८५१०५८७६८ पनि दिएका छन् । उनको पिस आरोहणका लागि संस्थागत प्रयोजनपनि गर्न सकिन्छ । त्यसकोलागि उनका यि मेल [email protected],[email protected] मा सम्पर्क गर्नुहोला । तपाई आफैँले नसकेपनि हिमाल संबन्धि काममा सरसहयोग गर्ने, प्रायोजन गर्ने, शिक्षाका क्षेत्रमा लगानी र सहयोग दिने संघ संस्था वा ब्यक्तिहरुलाई सम्पर्क गराइदिएर, सहयोगको प्रस्ताब गरेरपनि तपाई सहयोग गर्नसक्नुहुन्छ पुष्कर शाहलाई ।
याद राख्नुस्, पुष्कर शाह ब्यस्त छन् र उनी देशको लागि केहि गर्ने योजनामा कार्यरत छन् । त्यसैले बेक्कारका कुरा गरेर अल्झाउनका लागि मात्रै उनको मोबाईल नंबरमा फोन नगरिदिनुहोला ।
उनको आरोहण दल काठमाडौंबाट सगरमाथा आधारशिविर सम्म भने साईकलमै जाने छ । त्यहाँबाट मात्रै पैदलमा जाने हो । पुष्करलाई सगरमाथा आधार शिविरसम्म पुग्ने साईकल यात्रा र त्यसपछि पैदल यात्राको लागि बिभिन्न समाग्रि चाहिएको छ । पुष्करले मलाई पठाएको त्यसको सूची तल हेर्नुस ।
Climbing Equipment Needed
1, Feather Sleeping Bag, three Pieces.
2, Feather Jacket , three Pieces.
3, Wind Proof Jacket three Pieces.
4, Feather and wool Cap, three Pieces.
5, Father Gloves, three sets
6, Woolan Socks, three sets
7, Ullan Sweater, three Pieces.
8, Feather Trouser, two Pieces.
9, Feather Dangree Payama, one Set.
10, Coplyax Boot, one Set
11, Kharmbam, one Set
12, Jhumar,one Set
13, Harness, one Set
14, Carabina, ten Set
15, Ice axe, three piece
16, Climbing Glasses, three pieces
17, Head Light, three pieces
18, Mattress, ten pieces
19, Stick, three pieces
20, Main Rope, 35 meter
21, Rucksack, two Pieces
22, Duffel Bag, one piece
23, Drum Bag, two pieces
24, Oxygen Cylinder 10 Bottle.
25, Mask Regulator, three pieces
26, Sun Cream.
27, Inner Sip, three pieces
28, Feather Shoes, three sets
39, Cap, two pieces
40, Helmet
41, Dining Tent, two for Base Camp.
42, Kitchen Tent, two for Base Camp .
43, Dining + Kitchen Tent For Camp one,camp tow.
44, Dome Tent 8 pieces Camp one,two, South Cole.
45, Two Men Tent 6 pieces For Base Camp.
46, Snow Bar, 40 pieces.
47, Ice Crew, 40 pieces.
48, Fix Rope, 500 meter.
49, Sabel, three pieces.
50, Hambar three pieces
51, Pik
52, Toppling, 8 pieces.
53, Oxygen 35 Cylinder For Supporter.
54, Mask Regulator, 6 pieces
55, Altitude Cooking Pot, 4 sets
56, Primary Health Medical’s Drugs.
57, Pac bag
58 Laptop Two (ADSL Ground support)
59, Sat Phone 2520 no.
60, Digital still camera
Cycling Kathmandu-Everest base camp
Climbers are going to cycle from Kathmandu to Everest base camp (Start mid April)
1, Mountain bike, Ten
2, Helmate, Ten
3, Cycling Gloves
4, Cycling Dresses
5, Cycling Shockes
6, Cycling Shoes
7, Cycling Glasses
8, Cycling Jackets
Budget in cash
1, Oxygen regular and mask for planed attempt 10000.00USD
2, Oxygen for second attempt 7000.00USD
3, High Altitute staff salary,Euipment and bonus 20000.00USD
4, Base camp staff salary,Euipment and bonus 8000.00USD
5, Personal Euipment ,Clothing 2000.00USD
6, SPCC Icefall using charges 2000.00USD
7, Cargo 1500.00USD
8, Porters (Jiri-EBC-EBC- Lukla) 5000.00USD
9, Food and Camping ( Cycling Kathmandu – EBC) 4000.00USD
10, Base camp food 2500.00USD
11, High altiutte food 1500.00USD
12, Base camp kitchen euipment 600.00USD
13, Camp two kitchen euipment 600.00USD
14, High altitute cooking stove,Sets,Lantern,Gas 1500.00USD
15, Kerosene and Petrol 1500.00USD
16, Climbing Equipment 2000.00USD
17, Sleeping Tents 2500.00USD
18, Sleeping bags 2000.00USD
19, Dining Kitchen and Store tent 300.00USD
20, Dining and kitchen tent for camp two 500.00USD
21, Toilet tent and Shower tent 400.00USD
22, Table and chairs 300.00USD
23, Matress for Base camp 300.00USD
24, Base camp building 700.00USD
25, Satelite Phone,Radio 3000.00USD
26, EBC Electric ( Solar, Generator) 2000.00USD
27, EP Gas 800.00USD
28, Mail runner 700.00USD
29, Garbage and Toilet clearance 1000.00USD
30, Insurence 3000.00USD
31, Primary health medical drugs,Doctor 2500.00USD
32, Trekking company charge 5000.00USD
33, Filming 30000.00USD
34, LesonOfficer 2500.00USD
35, DigitalStillcamera 1500.00USD
36, Laptop 4000.00USD
37, Extra 5000.00USD
___________________________________________________________
Total 137500.00USD
( One hundred Thirty seven thousand five hundreds USD.)
Nepalese ruppes 10312500.00 ( One crore three lakh twelve thousand five hundred)
Expedition support Charity climbing support
Pushkar shah World cyclist Foundation Nepal
Kist Bank Kist Bank
Account No. 0011403020002879 Account No. 001403020057003
Anamnagar, Kathmandu Anamnagar, Kathmandu





