नजाँदा जान मन लाग्ने, पुगेपछि ब्यर्थै आइएछ जस्तो
-पुष्कर शाह
त्यसो त अफ्रिकामापनि म थुप्रै पटक लुटिएँ । लग भग सात पटक । अफ्रिका भनेको यस्तो खतरनाक ठाउँ हो कि त्यहाँ त पाँच डलरकै लागि गोली हान्दिन्छन । जोहानेशवर्गमा पाँचै डलरकालागि मार्दिन्छन । बन्दुक हुन्छ साथमा । दुइ डलर खर्च गरेपछि गोली आइहाल्छ एउटा । दुइ डलरको गोली तिन डलर फाईदा । झन गोलीपनि लुटेर ल्याएको रैछ भने पाँचै डलर फाईदा । यस्तो खतरा कि यस्तो खतराकि जोहानेशवर्ग भन्ने ठाउँमा घडी लगाएको मान्छे देख्नु हुन्न । घडि लगाको मान्छे देखियो भने कि त त्यो भर्खर बिमान बाट ओर्लेर आएको हो, कि त त्यो लुटेरै हो । त्यस्तो ठाउँ नि त्यो त ।
माली भन्ने देश छ एउटा । सबैले सुनेकै हुनुपर्छ । यस्तो ठग, यस्तो ठगहरुको देश हो कि माली ! त्यो एउटा ड्रिम सिटी (स्वप्न नगरी) हो । शहर त के त्यो एउटा मरुभुमीको गाउँ जस्तो हो । नजाँदा जान मन लाग्ने तर त्यहाँ पुगेपछि ब्यर्थै आइएछ जस्तो लाग्ने । के खान आइएछ नी बाबा जस्तो लाग्ने । पुष्कर इन तिमुक्तु भन्ने डकुमेन्ट्रि बनायो त्यहाँको एउटा फिल्म कंपनीले । म सहित चार जना थिए । हामी जानुपर्ने त्यस्तै डेढ दुइ किलोमिटर जति टाढा थियो । पहिलो चोटि ट्याक्सी चढ्न लागियो । ट्याक्सीलाई कति पर्छ भनेर सोधेको “दुइ डलर सर” भन्यो । अनि हामी ट्याक्सीमा गयौं । ओर्लने बेलामा दुइ डलर दिएको त दुइ डलर त एक जनाको रे । यसले ठग्यो जस्तो त लाग्यो हामिलाई ।
अर्को पटक ट्याक्सि रोकियो। सोध्यौं कति पैसा पर्छ भनेर, उसले पहिलेको झैं दुइ डलर सर भन्यो । दुइ डलर चार जनाको कि एक जनाको भनेर सोध्यौं फेरि । दुइ डलर हो चार जनाकै भन्यो । ट्याक्सि लिएर आइयो । ओर्लने बेलामा दुइ डलर दियौं । दुइ डलर त मान्छे को पो, झोला राखेको अर्को दुइ डलर पर्छ पो भन्छ । ठगिने क्रम के रोकिन्थ्यो र । यसलेपनि ठग्यो भन्ने भयो । क्रमश :





