खबरदार झण्डा बदल्न पाइँदैन
नेपाली झण्डालाई यसरि साक्षी राखेर भाषण ठोक्दै गरेका माओवादीका वरिष्ठ नेता सिपी गजुरेल हुन् । अघिल्लो वर्ष संगठन बिस्तार र घुमघामका लागि आउँदा उनले पेरिसमा भएको नेपाली सितको राजनितिक जमघटका दिन यसरि नेपाली झण्डामुनि भाषण ठोकेका थिए । पहिले उनी माओवादीका बिदेश बिभाग प्रमुख थिए र बिदेशमा यहि नेपाली झण्डामुनी बसेर भाषण ठोक्थे । तर हिजो भने नेपाली झण्डा फेर्ने प्रस्ताब गरेको थियो संसदको सबै भन्दा ठूलो उनैको दल एकिक्रित नेकपा (माओवादी) ले । तर हिजो संसदमा मतदान हुँदा त्यो अल्पमतमा परेर अस्विक्रित भयो ।
तर यो अन्तिम निर्णय नै नहुन सक्छ । किनभने मतदान गर्दा जुन प्रस्ताब को हार जित भएपनि दलहरुको सहमतीमा संबिधान जारी गर्नुपर्ने भएकाले संबिधान सभा र शिर्ष नेताहरुको छलफल र सहमतीबाट प्रस्तावनाको निर्णय गरिने भनिएको छ । त्यसैले नेपाली झण्डा फेर्ने प्रस्ताब फेरीपनि आउन सक्छ । नेपाली झण्डा किन फेर्ने ? यस्तो त्रिकोण परेको नेपाली झण्डा विश्वमै नेपालको मात्रै हो । नेपाली झण्डाको जति चर्चा विश्वमा अरुको कमै हुने गर्छ । सयौं देशका झण्डाहरुको बिचमा नेपाली झण्डाको पहिचान अलग्गै देखिन्छ। नेपाली झण्डाको तारिफ गर्नेहरुमा बिदेशीपनि मनग्गै छन् । नेपाली झण्डा कति लोकप्रिय छ तलका केहि तस्बिरले देखाउँदैनन् र ?
नेपाली झण्डा साँच्चै लोकप्रिय छ। स्वदेशदेखि बिदेशसम्म जनताकोछातीमा, मन मनमा बसेको यो प्रिय झण्डा किन बदल्नु पर्यो ? बदल्नुपर्ने खाँचो नेताको शासित मनस्थितिको, खोक्रो राष्ट्रवादको, दरिद्र मानसिकताको छ कि झण्डाको ? देशलाई आर्थिक, समाजिक हिसाबले विकास गरेर जनताको हैसियत बदलिगर्नुपर्ने खाँचो छ कि हाम्रो राष्ट्रिय झण्डाको ?
विश्व साईकल यात्री पुष्कर शाहले त झन् नेपाली झण्डा मार्फत विश्वभरिनै नेपालको नाम चिनाए। उनको झोला, साईकल र सबैतिर अनंकित हुन्थ्यो नेपाली झण्डा ।

फ्रान्सको विश्व प्रसिद्द आ ईफल टावरमाथि नेपाली झण्डा । नेपाल पेरिसको यो टावरबाट ७२५५ किलोमिटर टाढा पर्छ भनेर द्नेपालको झण्डा सहित देखाइ एको छ । वर्षमा १५ करोड भन्दा बढिले यो टावरको भ्रमण गर्छन् भनिन्छ ।
नेपालप्रेमी एक फ्रान्सेलीको कार्य कक्षमा नेपाली झण्डा ।
लक्जमबर्गको नमस्ते भनिने नेपाली रेस्टुरामा बाहिरै अंकित गरिएको नेपाली झण्डा । बाटो हिँड्नेहरुले यो झण्डामा निकै आँखा लगाउने गर्छन् ।
नेदरल्याण्डको वागेनेगेन विश्व विद्दालयको तल्लामा फहराईरहेको नेपाली झण्डा । यो झण्डाले त्यहाँ विश्व भरिबाट उच्च शिक्षा अध्ययन गर्न आउने बिद्दार्थीहरुमाझ नेपाललाई चिनाउने गरेको छ । यो विश्व बिद्दालयमा वर्षेनी करिब एक दर्जन नेपालीले उच्च शिक्षा अध्ययन गर्छन् ।
अष्ट्रियाको राजधानी भियना स्थित पार्कमा फहराईरहेको नेपाली झण्डा ।
नेपाली झण्डा आकर्षक लागेपछि हामीसित एउटा झण्डा मागेर सन् २००६ को मे १ तारिखका दिन आफ्नो गाडीमा उनी गाड्दै थिए उनी । यो झण्डा पेरिसबाट यहि गाडीमा फहराउँदै दक्षिण अफ्रीकासम्म पुर्याइएको थियो ।

राजाको शासनका बेला नेपाली झण्डा बोकेर राजतन्त्रको बिरुद्द पेरिसको सडकमा उत्रिएका नेपाली ।
भियनाको एउटा विश्व बिद्दालयमा वन विज्ञानमा विद्दावारिधी गर्दै गरेका नेपाली बिद्दार्थी शिशिर गौतमको कोठामा सजिएको नेपाली झण्डा । बिदेशमा अध्ययन गर्ने वा काम गर्ने सबै जसो नेपालीको कोठामा यसैगरि नेपाली झण्डा सजिएको हुन्छ सानै भएपनि।
बिदेशको एक सांस्क्रितिक कार्यक्रममा नेपाली झण्डा साक्षी राखेर ब्यंग्य न्रित्य देखाउँदै हरिवंश आचार्य (रातो महिला पोशाकमा) र झण्डातिर हात देखाएर ईशारा गर्दै (बिचमा) मदन क्रिष्ण श्रेष्ठ ।
सबै तस्बिर ददि सापकोटा ।






![Nepali Flag in Paris (Maha Jodi)[1] Nepali Flag in Paris (Maha Jodi)[1]](http://www.nepalplus.com/wp-content/Nepali-Flag-in-Paris-Maha-Jodi1.jpg)





