गाली नगर्नुस् है ?

DSCF0096

 क्रिसमस क्रिष्चियन धर्मावलम्भीहरुको सबै भन्दा ठुलो पर्व । आज उनीहरुले धुमधामका साथ मनाए । मपनि आफ्ना फ्रान्सेली मित्रहरुको निमन्त्रणामा  गएको थिएँ । जाँदा बाटोमा यस्तो द्रिष्य देखियो । यो झोलामा सायद उपहार राखेका थिए उनीहरुले । फ्रन्सेली भाषामा यो झोलामा लेखिएको पहिलो शब्दको अर्थ के हो कुन्नी !! नोयल भनेको चाहि क्रिसमसलाई हो । देखेको तस्बिर खिचेको हुँ रिसाउनी चाहिँ माफ छ है ? यो क्रिसमसले हाम्रो दशैंले झै धेरैलाई दशा बनाएर जान्छ, ऋणको भारी छोडेर जान्छ । अनि थुप्रै मानिस वाक्क दिक्क मान्ने पनि हुन्छन्। त्यस्ता मानिसहरुलाई चाहिँ यहि झोलामा लेखिएझैं लाग्दो हो कि ?

तपाइँको प्रतिक्रिया