कार्ल मार्क्सको घर त अहिले’नि उस्तै
–ट्रियर् / जर्मनी
आफ्नो सुख, शान्ति, आनन्द र निजि सम्पत्ती होइन, अरुको दुख र सुखकालागि सोचेर जिवन सक्ने मानिस साँच्चै महान हुन् । त्यस्तै थिए कार्ल मार्क्स । एक्दम सम्पन्नशाली जुईफ परिवारमा जन्मिएका रहेछन् । तर जव मानिसले मानिसलाई हेपेको, लुटेको, चुसेको, शोषण गरेको अनि धनी र गरिबको खाडल देखे तब त्यो ब्यक्तिगत सुख, सुबिधा र सम्पत्ती सबै त्याग्ने निर्णय गरे। अनि लागे गरिबका पक्षमा । क्रान्तिका बेला उनले छोरो गुमाएछन् । गर्भवती पत्नी गुमाएछन् । सम्पत्ती त यसै गुम्यो । उनी लुक्दै कहिले बेलायत, कहिले फ्रान्स त कहिले आफु जन्मेको देश जर्मनी पुग्ने रहेछन् । मजदूर र श्रमिकहरुलाई एकतावद्द गर्दै क्रान्तिका पक्षमा लगाएर उनीहरुको मुक्तिकालागि काम गरे । त्यसैले अहिलेसम्म उनी लाखौं करोडौंको मनमा बसेका छन् । त्यति मात्रै होइन, उनले लेखेको पूजी किताब अहिलेपनि अर्थशास्त्रिय क्षेत्रमा सबैभन्दा शक्तिशाली मानिन्छ । पूँजी पुस्तकमा औंल्याइएका कुराहरुलाई स्वयं पूजिवादीहरुलेपनि काट्न सकेका छैनन् । यो पुस्तक विश्वका धेरै मुलुकमा अहिलेपनि पढाइन्छ । यिनै बिभिन्न कारणले गर्दा कार्ल मार्क्स बितेको धेरै वर्ष हुँदापनि उनी जिवित छन् धेरैको मनमा । उनको घरलाई अहिले संग्रहालयको रुपमा राखिएको छ ट्रियर् भन्ने गाउँमा । त्यहि ट्रियर भन्ने सानो गाउँमा रहेछ उनको घर ।
घर पछाडि उनी टहलाउने गरेको सानो बगैंचा ।
बगैंचाको अर्को पाटो जहाँ मार्क्सको मूर्ती बनाइएको छ ।
घरको भित्र पट्टीको भाग
मार्क्सले यस्सो भेटघाट र बैठक गर्ने ठाउँ
त्यतिबेलाको मजदूर आन्दोलनको थालनीनै यहि सानो कारखानाबाट शुरु भएको रहेछ
त्यतिखेरका शासकहरुले गरिबहरुलाई यसरि सिक्रिले बाँधेर राख्ने रहेछन् कमाराका रुपमा । योपनि मार्क्सकै घरको भित्तामा राखिएको छ ।
रक्सी पिउँथे होला कि नाई मार्क्सले ? अहिले चाहिँ पूजीवादीहरुले मार्क्सको नाममा यसरि रक्सी (वाईन) बनाउँदै बेचेर दाम कमाएका छन् । मार्क्सको घरमा बनाइएको संग्रहालयमा यस्तो वाईन बेच्न राखिएको छ ।
मार्क्सको नाम र आक्रिति राखेर फोटो राख्ने होल्डर, चाबी झुण्ड्याउने, कप, टोपी लगायतका वस्तु बिक्रिकालागि ।
संग्रहालयको भित्तामा होचिमिन्ह, माओत्सेतुङ लगायतका अन्य नेताका तस्बिरपनि छन् ।
मार्क्स प्रतिको सद्भाव, आकर्षण र सम्मान घटेको छैन अझै । जर्मन भाषामा “इख् लिबी दिख मार्क्स” अर्थात आई लभ यू मार्क्स” भनेर यहाँ लखिएझैं आगन्तुक पुस्तिकामा आआफ्ना भाषामा यस्तो लेख्ने थुप्रै हुने रहेछन् । तलको चिनिया वा कोरियाली भाषा हुनुपर्छ तर के लेखिएको हो बुझ्न सकिएन ।
मार्क्स बारे जानकारी लिने रहर के बिदेशी, के स्वदेशी सबैलाई हुन्छ । कोठा पिच्छे यस्ता साना हाते मेशिनमा नंबर थिचेर मार्क्सका विविध पक्ष बारे जानकारी लिने र तस्बिर खिचाउनेहरु प्रशस्तै हुन्छन् ।
यात्राका सहयोगी नारायण दाई। पढेर लिने जानकारी त छँदै छ, पाहुनापाखा र बेला बखत घुम्न आउने नेपालीहरुलाई त्यहाँ लैजाँदा लैजाँदै त्यो संग्रहालय र मार्क्सबारेपनि निकै कुरा कण्ठ भैसकेछ यि दाईलाई ।





