हङकङमा पनि मनाईयो गणतन्त्रको उत्सव
-राजेन्द्र अधिकारी, हङकङ
गणतन्त्र दिवस मनाउनेक्रम जारी छ। स्वदेशमा सरकारले त्यो उत्सव मनाउन बिदा दियो र त्यहि दिन मनाए। बिदेशमा बस्ने नेपालीहरुले भने आफुलाई अनुकुल समय र परिस्थिति मिलाएर मनाउदै छन। हिजो हङकङ निवासी गणतन्त्रवादी नेपालीहरुपनि यो अवसर मनाउन चुकेनन।
सयौ जना भेलाभएका नेपालीहरुले हिजो गणतन्त्रको स्वाद सबै नेपालीहरुले पाउनुपर्ने आवाज पनि उठाए। सयौ वर्षदेखि राजतन्त्रको अत्याचार,शोषण र दमन अन्त्य भएकोमा उनीहरु प्रशन्न देखिन्थे।
सो अवसरमा नेपालीहरुले गणतन्त्रको समर्थनमा गित गाए। गणतान्त्रिक गीत र बाजा गाजामा छमछम नाचेका थिए।
राजतन्त्र वैधानिक रुपमा अन्त्य भएपनि त्यसले गर्न सक्ने षडयन्त्रका बिरुद्द उत्तिकै चनाखो रहनुपर्ने उनीहरुको भनाई थियो।
बिगतमा बिभिन्न राजनितिक दल र नेताहरुले गल्ति कमजोरी गरेकाले त्यसलाई सच्याउनुपर्ने र जनताप्रति उत्तरदायी बन्नु पर्ने मागपनि थियो उनीहरुको। कार्यक्रम नेपाली जनाधिकार सरोकार समाजले आयोजना गरेको थियो। माओवादी निकट मानिने सो सस्थाले आयोजना गरेको उक्त कार्यक्रममा सस्थाका सचिव पवन बस्नेत, अध्यक्ष मङगक बाबु मुल्बुङ, बसन्त कुमारी राई लगायत जन मोर्चा नेपाल समर्थक जनजाती महासङका प्रतिनिधी हरुले गणतन्त्र र भावी नेपाल बारे बोलेका थिए।