बादलभित्रबाट एउटा ब्लग

Sauraha 018

कति लेख्ने मानविय पीडा ? कति सुन्ने मान्छेका चित्कार ? सधै समान जस्तो दैनिकी । सँगै उहि सतहमा दौडिनेका कथा, ब्यथा, बेदना, छट्पटी । सफलता अनि असफलता । गुनासा र जवाफ । लाग्दैन तपाईहरुलाई कहिलेकाहि कि यो मानवीय वस्तीबाट केहि दिन छुट्कारा पाउँ ? आनन्द हुन्छ नि त्यति सोच्दापनि । कस्तो होला त्यस्तो ठाउँमा केहि क्षण बिताउन पाएपनि ?  यस्तै मानविय वस्तीबाट कहिलेकाहिँ वाक्क दिक्कको अनुभव भईरहँदा आकाशमा पुगेर एउटा ब्लग लेख्न मजा आउने रहेछ । बादलहरुको वस्तीमा बसेर कलम चलाउन स्वाद आउने रहेछ ।

Sauraha 007

 फ्रान्सदेखि नेपालसम्म पुग्दा गरेको अनुभव हो यो । दुई वर्ष अघिको बासी अनुभव । करिब तिन हजार ५ सय फिटको उचाई ।  पखेटा छन् तर ति चराका झैं फट्फटाउँदैनन् । पाङ्रा देखिन्छ्न तर गुड्ने होइनन् । तरपनि त्यो सानो गाडी आकाशमा उडिरहेछ । हावामा ठोकिँदै वादलसित जोस्सिँदै गुडिरहेछ । फ्रान्सबाट नेपाल पुगुन्जेलसम्म त्यो गाडीमा बस्ने करिब २०० मानिसहरुले कस्तो महसुस गर्दा हुन् कुन्नी ! वस्ति छैन भन्दा २०० मानिस छन् । छ भनौं भने न त्यहाँ सधैं अनुभव गरिने मानविय वस्तिका संकेत छन् । झगडा गरेर भाग्ने ठाउँ छैन । फन्किँदै हिँडेर कहिँ पुगिँदैन । न कतै हाँगो समातौंला भन्ने आशा । न कतै पहरामा हाम्फालौंला भन्ने संभावना ।

Sauraha 013

छ त केवल बादलको साम्राज्य । जहाँ बादलहरु लुकामारी खेल्छन् । बादल बादलनै लडाइँ खेल्दै भागाभाग गर्छन् ।

Sauraha 012

फेरि ति मिल्छन् र एकै ठाउँमा सोहोरिन्छन् । कसैका अनुहार कस्ता काला न काला ।

Sauraha 014

कुनै गजधुम्म परेका । कुनैका रंग रोएर थाके जस्ता फुंग उडेका । कुनै डेग चले जस्तो लाग्दैन । कुनै निकै हतारोले केहि समात्न दौडे झैँ बुर्कुसी मारेर हुरुरु दौडेको देखिन्छ ।

Sauraha 017

कतै केहि चोरेर भागे झैं लुक्न लागे जस्तो । कुनै त हिमाल झैं ठाउँ ठाउँमै डम्म परेर बसेका । कतै रुखका आक्रितिमा खडा हुने ति ।  कुनै तारा जस्ता देखिने । हामीले जमिनबाट जस्तो देख्छौं ति त आकाशमै गएर हेर्दा उस्तै नहुने रहेछन् ।

Sauraha 011

वादलहरु तलसम्मै ओर्लिएर कतै वस्ति छोप्न दौडिन्छन् ।  कतै तिनले पानीको महासागरलाई पनि माथीबाट छेक्छन् । अनि लुकाएर राख्छन् । तर विमानबाट थुप्रै द्रिष्य देखिन्छन् जसलाई वादलले लुकाउन सकेका हुँदैनन् । तर ति सबैको पहिचान गर्न भने नसकिने रहेछ । यो त्यस्तै एउटा विशाल नदी हो जुन भारतको दिल्ली शहरमै वा आसपासमै हुनुपर्छ । तर यहि हो भन्न चाहिँ मैले सकिन ।

Sauraha 009

तिनकै वस्तीमा पुगेर हेर्दा ति कति भिन्न हुने रहेछन् वादल । तिनका रुपपनि अनेक थरी । हजारौं लाखौं मानिस बस्ने वस्तीलाईपनि तिनले क्षण् भरमै लुकाएर राख्न सक्ने तिनको कत्रो क्षमता ? वादलले कब्जामा लिन नसकेको दिल्ली शहर आकाशबाट यस्तो देखिने रहेछ ।

the-himalan-view-from-the-plane-3[1]

वादलको कुनै जोडजुलुम चलेन र मौसम सफा भयो भने विमानको झ्यालबाट क्यामरा सोझ्याउँदा नेपाली हिमश्रीङ्खला यस्तो देखिन्छन् ।

the-himalan-view-from-the-plane-2[1]

विमानका पखेंटलाई तर्काएर क्लिक पार्दा यस्तो द्रिष्य देखिन्छ ।  सुन्दर छैनन् त हाम्रा हिमाली श्रीङ्खला ??

Sauraha 025

यो शहर चाहिँ कुन हो ? पाटन होला कि भक्तपुर ? काठमाडौं त पक्कै होइन ।

Sauraha 024

यो चाहिँ हाम्रो उपत्यकाको कुनै ग्रामिण भागको होइन ? तहै तह परेका पहेंलपुर गरा देखिएका छन् ।

Sauraha 027

यो चाहिँ ठोकुवा गर्न सकिन्छ ल त्रिभुवन विमानस्थल पछाडिको भाग हो र देखिएको बाटो भक्तपुर जाने हो । शहरका भवन यति नजिक देखिएपछि विमान त धेरै वर आइसकेछ नी है ? लौ आकाशमाथि वादल भित्रबाट लेखेको खिचेको ब्लग आकाशमा हुँदै बन्द गरौं होइन ?

तपाइँको प्रतिक्रिया