पेरिसमा मे दिवस (फोटो ब्लग)
(कम्युनिष्ट नारा लाउदै टर्किस कम्युनिष्ट पार्टीका महिलाहरु)
पेरिसमा मे दिवस मनाउन लागेको तेस्रो वर्ष हो यो। पहिलो वर्ष राजाको तानाशाही शासनका बिरुद्द केन्द्रित थियो। त्यो बेला चासो र चिन्तापनि बाक्लो थियो। राजाको त्यो शासन बिरुद्द लाग्नुपर्छ, सकेजति बिदेशीलाई थाह दिएर अलोकप्तिय बनाउनुपर्छ रजतन्त्रको तानाशाहीलाई भन्ने भावना थियो प्रजातान्त्रिक सोच र भावना भएका नेपालीहरुमा। त्यसैले धेरै नेपालीहरु आएका थिए। दोस्रो वर्ष राजाको शासन ढल्यो। तैपनि माओवादी बिद्रोहीहरु सरकार बाहिरै थिए। राजतन्त्र फाल्न आनाकानी गरिरहेका थिए दलहरु। त्यसैले गत वर्ष राजनितिक दलहरुलाई खबरदारी गर्ने अवसरकारुपमा मनाईयो। गत वर्षपनि नेपालीहरु प्रशस्तै थिए। यो वर्ष नेपालमा शान्ति छायो। बिद्रोहीहरु सरकारमा पुगे। संबिधान सभाको चुनाव सफलतापूर्वक भयो। त्यहि भएर यहाँका नेपालीहरुलेपनि खासै चासो गरेनन्। तैपनि जनप्रगतिशिल मञ्च फ्रान्स भन्ने नेपाली संगठनले टर्किस कम्युनिष्ट पार्टीको फ्रान्सस्थित संगठनसँग मिलेर मनाउने निर्णय गरेको रहेछ।
(छातीमा कम्युनिष्ट झण्डा बोकेका दुई नेपाली महिला)
मञ्चका सन्तोष गजुरेलले खबर गरेकाले गईयो। केही थोरै नेपालीहरु आएका थिए। टर्किस कम्युनिष्ट पार्टीको त विशाल सहभागिता हुने रहेछ। सयौं महिला, पुरुष र केटाकेटी थिए। त्यसैले संयुक्त कार्यक्रम हुने भएपछि नेपालीहरु धेरै नभएपनि चल्ने भयो। त्यो टर्किस कम्युनिष्ट पार्टी नेपालको माओवादी जस्तै रहेछ। अर्थात टर्किस कम्युनिष्ट पार्टी माओवादी। जनप्रगतिशिल मञ्चपनि नेकपा (माओवादी) कै निकट मानिन्छ।
(फ्रान्सेली स्वतन्त्रताको प्रतिकमै कम्युनिष्टहरुले फहराईदिए विश्व कम्युनिष्ट आद्दोलनका अग्रणीहरुको तस्बिर) ।
फ्रान्सको मुटुमै रहेको प्लास द ला रेपुब्लिक भन्ने फ्रान्सेली स्वतन्त्रताको विशाल प्रतिमा भएको ठाउँबाट शुरु हुने थियो कार्यक्रम।
(नेपालका माओवादीलाई सहयोग गर्न रुचाउने फ्रान्सेली कम्युनिष्ट पार्टीका एक सदस्य)
केहि बेर बसियो। सहभागिता जनाईयो। त्यहा साराका सारा कम्युनिष्ट झण्डा फहराएको देखिन्थ्यो। त्यो झण्डा देख्दा सारा पेरिस शहरनै कम्युनिष्टमय लाग्थ्यो।
(चेग्वेभारा यूवा र वालवालिकाबिच अति लोकप्रिय रहेछन यूरोपमा)
चेग्वेभाराका तस्बिर भएका ब्यानर बोक्नेहरु पनि अति धेरै थिए। नेपालमा माओवादीहरुले चुनावी मोर्चामापनि विजय गरेको देखेपछि विश्वभरिका कम्युनिष्टहरु हौसिएका रहेछन। किनभने उनीहरुले बनाएका मञ्चबाट नेपालमा माओवादीहरुले चुनावी मोर्चामापनि जितेर अब सरकार बनाउन लागेको भन्दै माईकबाट चिच्याएको जताततै सुनिन्थ्यो। संसारबाट कम्युनिष्टहरु सकिए भनेको होइन? लौ नेपालबाट जाग्दै छन अब भन्दै थिए उनीहरु।
(टर्किस कम्युनिष्ट पार्टी माओवादीले बनाएको एक ब्यानर जसमा नेपालको नामपनि छ)।
मार्क्स, लेनिन, स्टालिन, माओ र चेग्वेभाराकातस्बिर देखिन्थे जतापनि। त्यसबाहेक आआफ्ना देशका लोकप्रिय नेताका तस्बिरहरु टाँसेका हुन्थे।
(चेग्वेभारा र माओका तस्बिरभएका ब्यानर बोकेर नाच्दैछन यिनिहरु)
अन्तर्राष्ट्रिय कम्युनिष्ट गीत घन्काएर नाच्नेहरुपनि प्रशस्तै थिए। जतापनि नाचेको देखिने। फ्रान्सेली राष्ट्रपति निकोला सार्कोजीको श्रमिकमारा नितिको खुब देखिन्थ्यो बिरोध गरेको। पूँजीवादी नितिको बिरोध गरेका ब्यानरहरुपनि निकै थिए।
(तामिल महिलाहरुको नाच)
श्रीलंकाका तमिल टाइगर्स बिद्रोहीहरुको फ्रान्सेली सगठनले त झन हरेक वर्ष खुब आकर्षक तरिकाले प्रदर्शन गर्छ।
(कम्युनिष्ट झण्डा उठाउँदै एक वालिका)
बाजागाजा, टिसर्ट, महिला नाच, वाल नाच आदिआदि देखाएर।
(कम्युनिष्ट झण्डा लगाएर नास्ता बेच्नेहरु)
कोहि त यहि मौकामा ब्यापार गर्नेपनि थिए। मजदूर दिवस भनेपनि त्यो खासमा कम्युनिष्टहरुको कुनै प्रदर्शन जस्तो पो देखिनेथ्यो।