यात्रा ‘सम्पन्न नेपालको’

-पुष्कर शाह-

Nepali-world-cyclist-Pushkar-and-UN-Director-Geneva

विश्व साइकल यात्रा समाप्तीपछि मलाई फेरी स्वीजरल्यान्ड घुम्ने मौका मिल्यो ! संयुक्त राष्ट्र संघको मुख्य कार्यालय जेनेभाका निर्देशकसँग भेट्न स्वीजरल्यान्ड पुगेको थिएँ ! संयुक्त राष्ट्र संघका निर्देशकसँग भेट्नु मेरो लागि चानचुन कुरा थिएन ! सबै भन्दा अचम्मको कुरा मलाई त्यतीखेर लाग्यो जतीखेर मसँग नेपाली दुतावासका प्रतिनिधि दधि भण्डारीजीसँग त्यहाँ जाँदा मुख्य द्वारदेखि निर्देशकको  कार्यालयसम्म करिब २०० मिटरको दूरीमा पुग्न मेरो साईकललाई स्कटिङ गरियो ।  स्वीजरयाण्डका धेरै भूभागहरु मैले साईकलले नापेको छु । नेपाल र स्वीजरल्याण्डका प्राक्रितिक स्वरुपहरु धेरै हदसम्म एक अर्कामा मिल्दा जुल्दा छन् । त्यसैले बेला बेलामा नेपाली राजनेताहरु स्वीजरल्याण्डको भूमीमा टेकेर फर्किँदा नेपाललाई स्वीजरल्याण्ड बनाउने सपना जनतालाई बाँड्छन् ।

 जतिनै नेपाली नेताहरुले स्वीजरल्याण्ड घुमेर नेपाललाई स्वीजरल्याण्ड बनाउने सपना बाँडेपनि नेपाल स्वीजरल्याण्ड होइन स्वाजील्याण्ड बन्दै छ । स्वाजील्याण्ड दक्षिणी अफ्रीकाको एक अत्यन्त गरिब र एच आइ भी/एड्सले गाँजेको मूलूक हो । जहाँ गरिबी अधिकार जस्तै भएको छ भने चालिस प्रतिशत जनसंख्या एच आईभी/एड्सले ग्रस्त छन् ।  आफ्नो देशलाई अरु कुनै देशसँग दाँजेर त्यो देश जस्तो बनाउँछु भन्नु भन्दापनि देशमा शान्ति स्थापना गर्नु महत्वपूर्ण कुरा हुन्छ । शान्ति भयो भने देश क्रमिकरुपमा आफैं पूनर्निर्माणको बाटोमा डोरिनेछ । त्यसैले, नेताहरुको नयाँ नेपाल भन्ने शब्द भन्दापनि समुन्नत नेपालको खाँचो हाम्रो चाहना हो । स्वीजरल्याण्डलाई म सम्पन्न नेपाल र नेपाललाई गरिब स्वीजरल्याण्ड भन्न रुचाउँछु । लौ आउनुस म तपाईहरुलाई एक छिन स्वीजरल्याण्डको यात्रा गराउँछु ।

Nepali-World-cyclist-Pushkar-shah-in-switzerland-1

                                 बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस !

neplai-world-cyclist-pushkar-shah-in-switzerland-2

                                पहाडको काखमा छ सानो मेरो नै गाउँ ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-8

                                    लौ खाजा खाँदै हेरौं हिमाल ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-3

बिद्दुतिय ट्याक्सी । अलपास हिम श्रीङ्खलाको काखमा रहेको सेर्मात शहरमा शल्ने ट्याक्सीहरु ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-4

                          नेपालको तिलिचो जस्तै लाग्ने सानो हिमताल ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-5

                        काठका परम्परागत घरहरु यसरि संरक्षित छन् ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-6

    पहाडको टुप्पोमा साईकलको ट्राफिक चिन्ह, जहाँ साईकल दौडाउन पाइँदैन ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-7

                        बादलुको घुम्टोले ………………………..छेकिँदा ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-9

                                           उकालीमापनि हजुर रेलै चढ्दो रैछ ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-10

                                      नेपाली माछापुच्छ्रेको स्विस मितज्यू ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-11

                                 हिमालको चिसो हावासँगै गल्फको मज्जा ।

neplai-world-cyclist-pushkar-shah-in-switzerland-12

                         उ त्यो हिमालपारी होला मेरो सानो गाउँ ।

तपाइँको प्रतिक्रिया