कोरोना भाईरस रोक्ने विशेष प्रोटिन पत्ता लगाएको स्विसहरुको दाबी

स्विजरल्याण्डका विशेषज्ञहरुले कोरोना भाईरसका जिवाणुहरुलाई रोक्ने विशेष खाले प्रोटिन पत्ता लगाएको दाबी गरेका छन् । माईक्रो बायोलोजीमा प्रकाशित रिपोर्टका अनुसार मानव प्रतिरक्षा प्रणालीबाट उत्पादित प्रोटीनले कोरोइड भाइरसलाई कडाइका साथ रोक्न सक्छ । साथै सार्स-२ लाईपनि रोक्न सक्ने देखिएको छ । यसले सार्स र कोरोना लाग्ने जिवाणुलाई निस्क्रिय बनाउन सक्ने स्विस अनुसन्धानकर्मीहरुले बताएका छन् ।

बर्न विश्वविद्यालय र स्विस फेडरल फूड सेफ्टी एण्ड वेटरनरी अफिसमा भाइरोलोजी संस्थान (IVI) सहित अन्तराष्ट्रिय टोलीले गरेको अध्ययनले देखायो कि प्रतिरक्षा प्रणालीबाट उत्पादित प्रोटीनले कोरोना भाइरसलाई उत्प्रेरित गर्ने कोषहरूसँग मिसिन, घुलमिल हुनबाट रोक्दछ । एल वाई सिक्स ई (LY6E) नाम दिइएको प्रोटिनले कोरोना भाइरसलाई संक्रमण हुनबाट रोकिदिन्छ ।

स्विजरल्याण्ड, जर्मनी र अमेरिकाका अनुसन्धानकर्ताहरूले गरेको यो खोजीले नयाँ उपचारहरूको आशा बढाएको छ ।

“हामी पत्ता लगाउन चाहन्छौं कि कुन तत्वहरूले कोरोना भाइरसलाई जनावरबाट मानवमा फैलिनबाट रोक्छ,” स्विस फेडरल फूड सेफ्टी एण्ड वेटरनरी अफिसमा भाइरोलोजी संस्थान (IVI) का भोलकर थियलले जारी गरेको विज्ञप्तिमा भने “हामी परालको थुप्रोमा लुकेको सानो सुई भेट्न सफल भएका छौं ।”

अन्वेषकहरूले पहिले पत्ता लगाएका थिए कि एल वाई सिक्स ई प्रोटीनले इन्फ्लूएन्जा भाइरसको संक्रमण र फैलिन उर्जा भरिदिन्छ जुन फ्लूको कारण हुन्छ । नयाँ के खोज हो भने एल वाई सिक्स ई (LY6E) ले कोरोना भाइरसमा विपरित प्रभाव पार्छ र यो संक्रमण रोक्छ ।

तपाइँको प्रतिक्रिया