निर्वाचन भड्किलो बनाउने एन आर एन एकै केन्द्रिय संरचना

हरेक दुई वर्षमा हुने वर्ष गैह्र आवाशिय नेपाली संघ (एन आर एनए) को निर्वाचन झन पछि झन भड्किलो, खर्चिलो र आलोचित बन्दै गएको छ । यस पटकको निर्वाचन झनै आलोचित, महँगो र भड्किलो भयो । निर्वाचनमा एन आर एन एकै अभियन्ता, उम्मेदवारकै हात र साथ रहेकालेनै यस्तो भएको हो । सर्सर्ति हेर्दा ख्याल गरिन्न तर एन आर एनको केन्द्रिय संरचना यसको मूल कारण देखिन्छ ।

अघिल्ला वर्षहरुमा केन्द्रिय निर्वाचन हुँदा कति थिए, उपाध्यक्ष ? निर्वाचनमा उपाध्यक्षका आकांक्षी कति थिए ? कूल आचार्य र कुमार पन्तको टोलीबाट उपाध्यक्षका उमेदवारनै एक दर्जन भन्दा बढि थिए । एन आर एनले पाँच जना उपाध्यक्ष राख्ने संरचना बनाएको छ ।

अहिले एन आर एन ए मा डा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, रबिना थापा र मन केसीगरि पाँच जना उपाध्यक्ष छन् । यो पद कुमार पन्त नहुँदा उनको बिँडो थाम्ने, काम चलाउने हो । भलै उपाध्यक्षहरुलाई बिभिन्न विषय र बिभागको जिम्मेवारी दिने गरिन्छ । तर यति धेरै उपाध्यक्ष भएपछि अर्को निर्वाचनमा के होला ? उपाध्यक्ष भैसकेपछि पक्कैपनि त्यो पदभन्दा मुन्तिरको अर्थत् घटुवा भएर कोहि बस्न चाहन्न । आगामी निर्वाचनमा यि पाँच जना उपाध्यक्षले कुन भूमिका खोज्लान् ? अर्थात् कुन् पदका दाबेदार बन्लान् ?

यि पाँच मध्ये एकाधले ‘लौ म उपाध्यक्षमै दोहोर्याउँछु’ भनेर चित्त बुझाउला । तर अधिकांशको ध्येय अध्यक्ष बन्नेनै हुने छ ।  उपाध्यक्षमै बस्छु भनेपनि आगामी निर्वाचनमा उपाध्यक्ष पदमा नयाँ दाबेदारको संख्यापनि बढ्ने छ । अहिलेका पाँच उपाध्यक्षको ध्येयपनि अहिलेदेखिनै अर्को निर्वचनमा अरुभन्दा अगाडि बढ्ने, प्रभाव पार्ने र माथिल्लो पदको दाबेदार बन्नेनै हुने छ । यसले एन आर एन एमा अस्वस्थ प्रतिस्पर्धाको विकास गराउँछ ।

जब भविष्यका अध्यक्षका दाबेदारबिचमै अस्वस्थ प्रतिस्पर्धा चल्छ तब त्यहाँ गूटको स्रिजना भैहाल्छ । अहिलेदेखिनै कसले कसको गूटलाई सहयोग र साथ दिने भन्ने दौड शुरु हुन्छ । यो दौडले तानातान गराउँछ । एन आर एन एको केन्द्रिय संरचनामै बिवाद रोप्छ । आफ्ना आफ्ना गूटमा बिभाजित भएपछि तिनले क्षेत्रिय र देशैपिच्छेका एन आर एनमा गूट बनाउन थाल्छन् । आफू बलियो बन्न पैसामा बिक्ने पत्रकार र कार्यकर्ता बटुल्न शुरु गर्छन् । पार्टीका कार्यक्रमहरुमा आफैं उपस्थित हुने र नजिक देखिने, पार्टीका कार्यकर्ताको समर्थनकालागि तिनलाई केहि आर्थिक चारो दिएर आफ्नो बनाउने क्रम यहिँबाट शुरु हुन्छ । नेताहरुको दैलो दैलो चहार्दै हिँड्ने आकांक्षापनि यसैले गराउँछ ।

त्यसो त, अध्यक्षको दाबेदारपनि बाध्यतामा पर्छ । एक्लो प्रयासले कसैले निर्वाचन जित्दैन । अरुका मत तान्न ऊसलेपनि एक न एक गूट, पार्टीको समर्थन लिनै पर्छ । मत भएकाहरु अनेक गूटमा बिभाजित भएपछि हरेकलाई गूटमा लाग्न प्रेरित गर्छ । मत बटुल्न आर्थिक लगानी गर्नै पर्ने बाध्यतामा पुर्याउँछ । मतदाताहरुलाईपनि गूट गूटा बिभाजित गराउँछ ।

अहिलेको निर्वाचनलाई हेर्ने हो भने काम, लगानी र प्राथमिकताका आधारले कुमार पन्तनै आध्यक्षका सहि दाबेदार थिए । उनले दुई पटक उपाध्यक्ष चलाईसकेकाले उनको अध्यक्ष बन्ने बाहेक अर्को बिकल्पपनि थिएन । दुई पटक उपाध्यक्ष बनेपछि तेस्रो पटक त्यो पदमा बस्नपनि बिधान दिँदैनथ्यो ।

दुई वर्षे उपाध्यक्षको कार्यकालमा उनले अध्यक्षहरुलाई भरपुर सहयोग गरेर आफ्नो क्षमता देखाएकापनि थिए । तर यहि राजनितिक गूट उपगूट, एन आर एन भित्रैको अस्वच्छ तानातानले कूल आचार्य अध्यक्षको पद दाबेदार गर्न पुगे । उनको त्यो अदूरदर्शी निर्णयले एन आर एन भित्र झन बिबाद, तानातान र निर्वाचन भड्किलो हुन पुग्यो । राजनितिक दल र तिनका कार्यकर्ताले खेल्ने, एन आर एन लाई धमिलो बनाउन मौका पाए । मतदाता, सामान्य सदस्यहरुलाईपनि बिबाद र गूटमा धकेल्यो ।

दुई उपाध्यक्ष हुँदा त बरियता, अनुभव र प्राथमिकताको प्रश्न उठ्ला । डा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, रबिना थापा र मन केसीगरि पाँच जना उपाध्यक्ष मध्ये बरियता कसरि हेर्ने ? नेत्रित्वकालागि पाँच उपाध्यक्ष मध्ये सबैभन्दा अनुभवी, एन आर एन एमा लगानी र योगदान कसको बढि छ ? पाँच उपाध्यक्षले एन आर एन एको नेत्रित्व लिन कति वर्ष पर्खिन सक्छन् ? अर्थात् लगानी र वरियताक्रमले कति वर्ष पर्खिनुपर्ने देखाउँछ ? यसरि एकै पदमा पाँच जनाको ब्यवस्था किन गरिएको हो ? महासचिव एक पदले हुने उपाध्यक्षमा पाँच पद चाहिनुको मूल कारण के हो ?

तपाइँको प्रतिक्रिया