एन आर एन स्विसका पूर्व अध्यक्ष गुरुङको आइसिसी सदस्यमा दाबी
एन आर एन ए स्विजरल्याण्डका पूर्व अध्यक्ष धर्म गुरुङ आइसिसी सदस्य बन्न मैदानमा उत्रिएका छन् । एन आर एन स्विजरल्याण्डको २०१७- २०१९ कार्यकालकालागि आफू आइसिसी सदस्यमा उमेदवार बन्ने भन्दै उनले करिब तिन महिना अगाडिदेखिनै चर्चा चलाएका थिए । सन् २०१३ देखि २०१५ को कार्यकालमा उनी अध्यक्ष थिए । यो कार्यकाललाई एन आर एन स्विजरल्याण्डको सफल मानिन्छ । आफूले एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकालेपनि अब आइसिसी सदस्य चुनिएर फेरि सामाजिक काम गर्दै एन आर एन स्विजरल्याण्डलाई उचाईमा पुर्याउन चाहेको गुरुङले बताएका छन् ।
गुरुङले आफू आइसिसी सदस्य किन बन्ने भन्ने औचित्य सावित गर्न आफ्ना एजेण्डाहरु सार्वजनिक गरेका छन् । आफ्नो कार्यकालको लेखाजोखापनि गरेका छन् । आफ्नो अध्यक्षतामा सर्ब प्रथम स्विटजरल्याण्डमा फूटबल खेलको आयोजना गरेर संस्थाको हितमा काम गरेको, स्विसबासि नेपालीहरुलाइ हिउँदमा स्नो-फन कार्यक्रम गरि संस्थाको छबि उच्च बनाउने कार्य गरेको र पहिलो पटक एन आर एन ए स्विटजरल्याण्डको युरोप स्तरिय भेला जुरिचमा सम्पन्न गरि एन आर एन ए स्विसलाई संस्थागतरुपमा उँचो पारेको उनको दाबी छ ।
त्यसैगरि आफ्नो अध्यक्षतामा मिर्गौला पिडित ओम माया राना मगर लाई ८६ हजार० नेपाली रुपैयाँ सहयोग गर्दै पहिलो पटक नेपालमा भएको एन आर एन ए को केन्द्रिय सम्मेलनमा अध्यक्षको तर्फबाट आफू सहभागी भएर स्विटजरल्याण्डको तर्फबाट भाग लिन शुरुवात गरेको, अनिश खालिङ् राईको सयोगार्थ २०३६ स्विस फ्रान्क सहयोग गरिएको, पहिलो पटक स्विजरल्याण्डमा वमेन फोरुमको गठन गरेको, नेपाल संग सम्बन्धित बिदेशी संस्था नोर्ला संग सहकार्य गरेको, भुकम्प पिडितको लागि १८ हजार स्विस फ्रान्क भन्दा बडी उठेको रकम एन आर एन ए केन्द्रमा पठाइएको लगायतका आफ्नो कार्यकालका उपलब्धिहरुलाई सार्वजनिक गरेका छन् ।
यसका साथै उनले आफू बिजयी भएमा के कस्ता काम गर्ने हुन् ? त्यसको एजेण्डापनि सर्वजनिक गरेका छन् । उनले गर्न चाहेको सात बुँदे एजेण्डामा एउटा बुँदा अति महत्वपूर्ण छ, त्यो हो एन आर एन ए स्विजरल्याण्डको कार्यालय स्विजरल्याण्डमा स्थापनाकोलागि प्रयास गर्ने । उनले अघि सारेका मध्ये सामुहिक लगानिको लागि प्रयास गर्ने, नेपाली नागरिकता निरन्तर गर्नको लागि प्रयास र बिध्यार्थीहरुले पनि निर्वाचनमा भाग लिन पाउने गरि बिधान संसोदनको प्रस्ताव गर्ने ।
उनको चुनावी घोषणा र प्रतिबद्दता हेर्नुस्
आदर्णीय दाजु भाई दिदीबहिनिहरू संघ संस्थाको अध्यक्ष ज्यु,संचारकर्मी ज्युहरु तथा सज्जन बृन्दहरुमा म धर्म गुरुङ तर्फबाट हार्दिक नमस्कार गर्न चाहान्छु । नेपालीहरुको साझा संस्था एन आर एन ए स्विटजरल्याण्डको रास्ट्रीय सम्मेलन आउंदो सेप्टेम्बर ३ मा हुँदै छ । र मैले एन आर एन ए स्विटजरल्याण्डको आगामी २०१७ -२०१९ को लागि आइ सी सी पदमा उमेद्वारीको घोषणा गरेको सम्पूर्ण स्विसबासि नेपाली सामु जानकारी गराउन चाहान्छु ।
यहांहरुलाई अबगत भएकै कुरा हो एन आर एन ए स्विटजरल्याण्डको कार्यसमिति २०११ – २०१३ मा उपाध्यक्ष र २०१३-२०१५ मा संस्थाको अध्यक्षको जिम्मेवारी यहांहरु संग हातेमालो गर्दै सफलत पूर्वक निर्वाह गरेको पनि जानकारी गराउन चाहन्छु ।
मैले पदको जिम्मेवारी बहन गर्दै गर्दा मेरो अग्रतामा भएका विभिन्न गतिविधिहरुको जानकारी गराउन चाहन्छु ।
२०११-२०१३ – उपाध्यक्ष
१)सर्ब प्रथम स्विटजरल्याण्डमा फूटबल खेलको आयोजना गरेर संस्थाको हितमा काम गरेको ।
२) स्विसबासि नेपालीहरुलाइ हिउँदमा स्नो-फन कार्यक्रम गरि संस्थाको छबि उच्च बनाउने कार्य गरेको ।
३) पहिलो पटक एन आर एन ए स्विटजरल्याण्डको युरोप इस्तरी भेला जुरिचमा सम्पन्न गरेको ।
२०१३-२०१५ अध्यक्ष
१) मिर्गौल पिडित ओम माया राना मगर लाई ८६००० नेपाली रुपैयाँ सयोग गर्दै पहिलो पटक नेपालमा भएको केन्द्रको सम्मेलनमा अध्यक्षको सहभागी स्विटजरल्याण्डको तर्फबाट भाग लिन शुरुवात गरेको ।
२)अनिश खालिङ् राईको सयोगार्थ २०३६ स्विस फ्रान्क सहयोग गरिएको ।
३) वमेन फोरुमको गठन गरिएको ।
४) नेपाल संग सम्बन्धित बिदेशी संस्था नोर्ला संग सहकार्य गरिएको ।
५) भुकम्प पिडितको लागि १८,००० स्विस फ्रान्क भन्दा बडी उठेको रकम केन्द्रमा पठाइएको ।
६) गैर आवासीय नेपाली संघको केन्द्रिय भवन निर्माणको लागि ६,००० स्विस् फ्रान्क भन्दा बढी सहयोग गरिएको ।
७) एन आर एन ए यूरोप स्तरिय फूटबल कप स्विटजरल्याण्डमा आयोजना गर्न सफल भएको ।
८) स्विसमा नेपाली फूडको प्रवर्धन शिव रिजाल ( ICC Member)जी को सक्रियतामा गरिएको ।
मेरो प्रतिबद्धता गैर आवासीय संघ स्विटजरल्याण्डको आइ सी सी पदको लागि किन ?
१) संस्थाको घर बनाउनको लागि र लाप्राक गाउँको लागि स्विटजरल्याण्डबाट सग्दो बढी सहयोग तथा सहभागी गराउने ।
२) सामुहिक लगानिको लागि प्रयास गर्ने ।
३) स्विटजरल्याण्डमा गैर आवासीय नेपाली संघस्विटजरल्याण्डको कार्यालय स्थापनाको लागि प्रयाश गर्ने ।
४) स्विटजरल्याण्डबाट अन्तरास्ट्रिय खेलमा सहभागी गराउन प्रयास गर्ने ।
५)लाप्राक भुकम्प पिडितहरुको लागि बनिरहेको घरको लागि स्विटजरल्याण्डबाट पनि सहभागी गराउने ।
६) नेपाली नागरिकता निरन्तर गर्नको लागि प्रयास गर्ने ।
७) बिधार्थीहरुले पनि निर्वाचनमा भाग लिन पाउने गरि बिधान संसोदनको प्रस्ताव गर्ने ।
मेरा अनुभव सहित तपाईहरु संग भएको भावना र बिचारलाई उच्च सम्मानका साथ हातेमालो गर्दै नयां उत्साह नयां सोच लिइ स्वच्छ बिचारले समाज सेवा गर्ने प्रतिबद्धता गर्नुका साथै पुरा भरोसा र बिश्वास दिलाउन चाहन्छु । आगामी ३ सेप्टेम्बरको दिन हुन गैरहेको एन आर एन ए स्विटजरल्याण्डको पाँचौ रास्ट्रीय सम्मेलनमा तपाईहरुको अमूल्य भोटको अपेक्छा गर्दछु ।
धन्यावाद
भवदिय
धर्म गुरुङ
आइ सी सी सदस्य (उमेद्वार)
एन आर एन एन सीसी स्वीटजरल्याण्ड






