बिध्यार्थीहरुलाईपनि एन आर एन ए को दायरामा ल्याउनुपर्ने दशौं युरोपेली भेलाको माग
एन आर एन ए दशौं युरोपेली भेला फ्र्यांकफर्टमा हिजै शुक्रवार देखि शुरु भएको छ । आज शनीवार मुख्य कार्यक्रमको उद्घाटन गर्दै शुरुहुने छ । हिजो मेडिया भेटघाट गर्दै मेला शुरु भयो ।
एन आर् एन ए का महासचिव डा बद्रि केसीले युरोपेली दशौं भेलाका बारेमा जानकारि गराएपछि मेडियाकालागि बहस खुला गरिएको थियो । एन आर एन ए युरोपका अघिल्ला सम्मेलनहरुमा घोषणा गरिएका प्रतिबद्दताहरु के कति पुरा भए ? ति योजना पुरा नभएमा को को जिम्म्मेवार रहे ? योजना केकति कारणले पुरा हुन सकेनन् ? आदि विषयमा प्रश्नहरु उठेका थिए । नवौं सम्मेलनको घोषणापत्रमा कम्तिमा एक अर्ब रुपियाँ लगानी गर्ने भनिएपनि त्यो हुन सके नसकेको बारे प्रश्न सोधिएको थियो । त्यसको उत्तर प्रमुख संरक्षक, साहित्यकार, लेखक जिवा लामिछानेले दिएका थिए ।
एन आर एन ए आफैंमा लगानी गर्ने संस्था नभएर सामाजिक संस्था भएको र यसमा नेपाल सरकारले प्राथमिकता तोकेका क्षेत्रमा एन आर एन ए को प्लेटफर्मलाई प्रयोग अग्र्दै लगानी गर्नुपर्ने जवाफ दिए । लगानी एक अर्व मात्रै नभएर समग्रमा तिन अर्व जति रकम स्वास्थ्य, जलबिद्दुत र लघु बित्तमा लगानी भएको जानकारि दिईयो ।
भूकम्पग्रत क्षेत्र गोरखाको लाप्राकमा बनाउने भनिएका घरहरु आगामी केहि महिनामा हस्तान्तरण गर्ने, महिला हरुकालागि आम रुपमा उद्दमशिलता सिकाउने, युवाहरुकालागि विशेष कार्यक्रमको योजना बनाउने, नयाँ पिँढीका अर्थात् युवाहरुकालागि नेपाली भाषा, संस्क्रिति र आफ्नोपनलाई कसरि चिनाईरराख्ने बनाउने आदि बारे विशेष कार्यक्रम ल्याइने जानकारि दिईयो ।
करिब छ महिन आर्थात् १८२ दिन प्रवाशमा बसेर कामसमेत गर्दै आएका बिध्यार्थीहरुलाई एन आर एन एको परिभाषा वा दायरामा ल्याउनेपर्ने एन आर एन ए का संरक्षक तथा पूर्व केन्द्रिय अध्यक्ष उपेन्द्र महतोले बताए । बिध्यार्थीहरुले बिदेशमा दुख र काम गर्ने, प्रवाशमा बसेर उच्च शिक्षा लिने र सिप लिने हुँदा तिनलाई एन आर एनको दायरामा ल्याउनुपर्ने उनको तर्क थियो । ‘खाडीमा काम गर्ने नेपालीहरुका आधारमा रेमिटेन्स चल्छ । खाडी बाहिर बस्नेले गरेको पेशा, लगानी र हामीले पठाएको पैसाले होइन नेपालको रेमिटेन्स चलेको,तर त्यहि खाडीमा बस्नेहरु एन आर एन ए को दायरामा आउन सकेनन् । यो मेरो सपना थिएन । “उपेन्द्र महतोले भने ‘नेपाल सरकारले बिध्यार्थीहरुलाई एन आर एनमा राख्न नपाइने प्रावधान गरेपछि एन आर एनका उच्च तहका मेरा साथीहरुमध्ये एकाधले बाहेक कसैलेपनि खुलेर बिरोध गरेनन् । त्यसमा मलाई दुख लागेको छ । यो माग फेरि उठ्नुपर्छ र बिध्यार्थीहरुलाई एन आर एनको दायरामा ल्याइनुपर्छ ।’ १८२ दिन प्रवाशमा बसेका बिध्यार्थीहरु एन आर एनको दायरामा पर्ने माग आफूहरुले हावाका तालमा नगरेर अन्तर्राष्ट्रिय मान्यताका आधारमा गरेको महतोले स्पष्ठ पारे ।
एन आर एनका अर्का संरक्षक दिल गुरुङलेपनि हप्तामा २५ घण्टा बढि काम गर्ने बिध्यार्थीहरुलाई एन आर एन ए को दायरामा ल्याउनुपर्ने तर्क गर्दै भने ‘बिध्यार्थीहरुले काम गर्छन्, पसिना बगाउँछन्। पैसा नेपाल पठाउँछन्, सिपपनि सिक्छन् । ति यतै सेटल भएरपनि बस्छन्। तिनलाई एन आर एन ए भित्र नपार्ने ? पहिलेपहिले बिध्यार्थी भएर आएकाहरु को फर्कियो ? एन आर एन ए भित्र धेरै पहिलेकै बिध्यार्थी छन् । अनि अहिले बिध्यार्थीहरुलाई एन आर एन ए भित्र पार्नुपर्दैन ?’
मेडिया कन्फरेन्समा पत्रकारहरुलाई प्रश्न सोध्न भनिएको थियो । तर नेपालबाट आएका पत्रकार र युरोपमै भएकापनि पत्रकारहरुले एन आर एन एका मुद्दा र एजेण्डाका बारेमा गहकिलो प्रश्न सोध्न सकेनन् । तिनले खासै तयारि गरेको देखिएन । नेपालबाट कान्तिपुर, नगारिक, अन्नपूर्ण पोष्ट, अनलाईन खबर लगायत मेडियाका आधा दर्जन भन्दा बढि पत्रकार यहि भेलाकालागि आएका छन् । एन आर एनका अभियन्ताहरु भवन भट्ट, कुमार पन्त, जिवा लामिछाने, सपिला राजभण्डारी, राम थाप, उपेन्द्र महतो, शेष घले, डा बद्रि केसी लगायत सबै प्रमुख अभियन्ताहरुको सहभागि छ । अध्यक्ष शेष घले पत्रकार सम्मेलनमा सहभागि थिएनन् ।
बेलुका गैह्व आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हरुको रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम थियो । तर त्यो कार्यक्रममा होहल्ला थियो र धेरै ले वास्ता गरेनन् । देश देशका रिपोर्ट प्रस्तुत गर्ने बेलामा सहभाहिहरुको उपस्थिति न्युन हुँदै गएको थियो । एन आर एनको वास्तविक अवस्था के छ भन्ने जान्न र त्यसका आधारमा योजना बनाउन, अगाडि बढ्न ति देशनै पिच्छेका रिपोर्टहरुको जानकारि राख्नुपर्नेमा सहभाहिहरुले बेवास्ता गरेको गुनासो हलमा सुनिँदै थियो ।
एन आर एनले जर्मनी कार्यक्रम आयोजक देश भएकाले कार्यक्रमको सञ्चालनपनि उसैले गर्न पाउनुपर्नेमा अन्य देशका ब्यक्तिहरुलाई दिएको भन्दै एन आर एन जर्मनीको कार्य समितिले बिरोध गरेको थियो ।
कार्यक्रमको शुरुमै नागरिक न्युजका पत्रकार क्रिष्ण ढुंगानालाई सितादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाईन पत्रकारिता पुरस्कार प्रदान गरियो । बेलायत निवाशी छोरा चिरन्जिवी ढकाल्ले आफ्नी आम सितादेवी ढकालका नाममा यो पुरस्कार स्थापना गरेका हुन्। एन आर एन ए का प्रमुख संरक्षक जिवा लामिछानेको हातबाट पुरस्कार यो पुरस्कारले आफूलाई झन जिम्मेवार बनाएको पुरस्क्रित ढुंगानाले बताए ।
कार्यक्रमपछि नेपाली खाना र नेपाली सांस्क्रितिक कार्यक्रम आयोजना गरियो ।













