के छैन प्राक्रितिक र सांस्क्रितिक महत्वको उपरदाङ गढिमा ?

-रुपेन्द्र कर्माचार्य (फोटो, आलेख दुबै)
 

रत्ननगर,चितवन

 

southern_view1

प्राक्रितिक र सांस्क्रितिक महत्वका स्थान भग्नावशेषहरुले आफ्नो गौरवमय इतिहासलाई उजागर गर्छन। चितवन जिल्लाको उत्तरी भागमा पर्ने दाहाखानी गा.वि..को उपरदाङ्गढीमा रहेको ऐतिहासिक किल्लाले विगतको गौरवशाली कथा बोकेको समुन्द्र सतहदेखि लगभग हजार सय ७५ मिटरको उचाइमा रहेको यो किल्ला बाह्य शक्तिको आक्रमण विरुद्ध लड्न सन् १८०० को शुरुतिर बहादुर शाहको कान्छा छोरा शत्रु भञ्जन शाहले निर्माण गराएका हुन् (स्रोतः टि.आर.पि..पी.) । अग्लो चुचुराबाट चितवन उपत्यका छर्लङ्ग देखिने भएकोले यो गढी रणनितिक हिसावले पनि महत्वपूर्ण थियो घना जङ्गलले ढाकिएको औलो जस्ता घातक रोगले संक्रमित चितवनको समथर भुभागमा पहाडियाहरुको बस्ती बस्नु पूर्व सन् १९६० को दशकको शुरुसम्म उपरदाङ्गगढी चितवनको सदरमुकाम थियो

 

 

 

entrance_gate_of_the_fort1

 

चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुङ्गाको ठूला टुक्रा, चुन माटोले बनाइएको उत्तरी मोहडामा प्रवेशद्वार । विच भागमा इनार कोतघर (हतियार भण्डार गर्ने घर) छन् लगभग फिट बाक्लो पर्खालको चारै दिशामा तोप पड्काउने उद्देश्यले वटा खुल्ला झ्यालहरु बनाइएको किल्लाको दक्षिणी भागमा भगवान शिव कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकि छ भने गणेशको मन्दिर प्रवेशद्वारमा बज्रयोगिनी वालकुमारी देवीको मन्दिर भने किल्ला भित्र

 

northern_view2

 

 शक्तिखोरबाट हिडेर लगभग घण्टामा पुग्न सकिने यो रमणिय स्थान चेपाङ, मगर गुरुङहरुको पातलो बस्तीले घेरिएको आर्थिक रुपले विपन्न तर सोझा परिश्रमी यि विविध जनजातीहरुको आफ्नै मौलिक परम्परा, सस्कृति रितिरिवाज छन्

 northern_view11

 

उत्तरी भागमा अजंगका पहाड, आकाशै छेडुँला झैं गर्ने अग्ला हिमाल, दक्षिणी भागमा देखिने चितवन उपत्यकाको विहंगम दृष्यले यहाँ आउने जो सुकैलाई मन्त्रमुग्ध बनाइदिन्छ आकाश सफा भएको बेला मनास्लु, बुद्ध हिमाल गणेश हिमाल देखिन्छ   

people_watching_spectacular_view2

 

विशेष गरेर राती तल शहरी क्षेत्रमा बत्तिहरु बलेको झिलिमिली दृष्य निकै चित्ताकर्षक देखिन्छ तल आकाशमा नौलाख तारा टल्पलाईरहेको देखिन्छ

त्यसैले,दिन वा रातको द्रिष्य हेर्न मानिसहरु चल्मलाईरहेका  हुन्छन्। 

 

 

 fort_seen_from_other_hilltop1

बाह्रै महिना जाडो हुने यो ठाउँ वातावरणिय हिसावले पनि महत्वपूर्ण पहाडमा रमाउने जुरेली, रानी चरी, कुथ्रुके, तोरीगाडे, चाँचर, हुइँचिल, न्याउली, भ्याकुर जस्ता अनेक प्रजातीका चराहरु पाइन्छन् पर्यटनको विकासको माध्यमबाट ग्रामिण जीवनस्तर उकास्ने उद्देश्यले टि.आर.पि..पि. परियोजना मार्फत पर्यटकहरुको लागि पैदल मार्ग (ट्रेकिङ्ग रुट) बनाइएको पर्यटकहरु प्रायः हुग्दी हुँदै हात्तिवाङ्ग, सिराइचुली, जयन्दला, गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् पर्यटक पथप्रदर्शककोलागि सम्बन्धित ठाउहरुमा होमस्टे (स्थानिय ब्यक्ति घरमा बस्ने खाने) को ब्यवस्था

 

हरेक दृष्टिकोणबाट रमणिय यि ठाउँहरुले पर्यटकिय विकासको थुप्रै सम्भावनाहरु बोकेका छन् सही ब्यवस्थापन प्रचार प्रसारको माध्यमबाट पर्यटन प्रवर्धन गरियो भने स्थानिय समुदायको आर्थिक स्तरमा पनि सुधार आउँछ पर्यटकहरुलाई निश्चित ट्रेकिङ्ग रुटमा हिडाउने मात्र नभइ, तिनको बसाई लम्ब्याउन सक्यौं भने उनीहरुले सांस्कृतिक, भौगोलिक जैविक विविधताको अनुभूति गर्न पाउँछन् यसबाट स्थानिय जनताले पनि आर्थिक लाभ लिन सक्ने वातावरण सिर्जना हुन्छ   

strong_wind_blown_away_roofs2

 

त्यसो त, यहि प्राक्रितिक छटा र चीत्ताकर्षक द्रिष्यथलो कहिलेकाहिँ समस्याको तगारोपनि बनिदिन्छ । यहाँ बहने तिब्र हावा र हुरीले म त्यो ठाउँ पुग्दा स्थानिय मानिसको छानो उडाइदिएर बिजोक पारेको थियो ।

 

थप जिज्ञासा भए लेखकसँग सिधै सम्पर्क गर्नुस

[email protected]

 

 

 

 

 

तपाइँको प्रतिक्रिया