नचाए राजेश पायल राईले अफ्रिकामापनि छमछमी
चर्चित गायक राजेश पायल राई जहाँ जान्छन् त्यहाँ भब्य हुन्छ उनको प्रस्तुति । एन आर एन ए नाईजेरियाले लागोस शहरमा कार्यक्रम गरेको थियो । नेपाली नयाँ वर्षको उपलक्ष्यमा एन आर एन नाईजेरियाले गायक राजेश पायल राईलाई निम्त्याएको थियो । त्यहाँ पुगेका गायक राईले नेपालीहरुलाई त मनोरन्जन दिनेनै भए, त्यहाँका स्थानिय कलाकार, स्थानिय अन्य मुलुकबाट त्यहाँ बसोबास गरिरहेका नागरिकलाई समेत मन्त्रमुग्ध बनाइदिए । अफ्रिकामा कूटनितिक सेवामा रहेका उच्च अधिकारीहरुलाईसमेत राईको प्रस्तुतिले नेपाल जाने रहर जगाईदियो ।
चाखलाग्दो पक्ष के थियो भने राजेश पायल राई उपस्थित यो कार्यक्रममा स्थानिय नाइजेरियन कलाकारहरुलेपनि आफ्नो गीत र नृत्य प्रस्तुत गरेका थिए । नेपाली गित, संगित र न्रित्य चाख्न पाएकामा नाईजेरियाका स्थानिय कलाकार दंग थिए । उता नाईजेरियाकोपनि गित, संगित र न्रित्य देख्न, चाख्न पाएकामा गायक राई लगायत उपस्थित नेपाली र अन्य देशका बिदेशीहरु मोहित बनेका थिए । स्थानिय नेपालीका तर्फबाट अन्जु पौडेल र सुहिम थापालेपनि गित सङीत प्रस्तुत गरेका थिए ।
दर्शन नमस्ते, दिक्तेल बजार, नाई न भन्नू ल, तिमिले बाटो फेर्यौ अरे, नौजाले मायाले, शिरै फुल शिरबन्दी, धरान धनकुटा भेडेटार लगायत दर्जनौं गीत गाए । जति गाए हरेकमा ताली पाए । उनले स्थानीय गायिका अन्जु पौडेलसङ्ग ‘सागर सरि चोखो माया’ भन्ने गीत गाएर ।
आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरिया स्थित प्रवाशी नेपालीहरुलाई झन्डै तीन घन्टा मन्त्रमुग्ध पारे । गायन प्रस्तुतिकालागि उनी पहिलो पटक अफ्रिकी महादेश पुगेका थिए । त्यो अवशर जुराएकामा एनआरएनए र अफ्रिकाका नेपालीहरु प्रती आभार ब्यक्त गरे राईले । कार्यक्रममा लेगोस स्थित अमेरिकि नियोगका कन्सुलर ब्रेन्ट इ ओमडहीपनि उपस्थित थिए । ‘यो कार्यक्रमले मलाई नेपाल र नेपाली संगीतप्रति लोभाएको छ’ यसपछिको आफ्नो कुटनैतिक मिसनमा नेपाल जाने बताउँदै उनले प्रतिक्रिया दिए ।
त्यसै गरि कार्यक्रममा स्वागत गर्दै एनआरएनएका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले नेपाली संस्कृतीलाई एनआरएनहरुले बिश्वका हरेक कुनाहरुमा फैलाइरहेको जानकारि दिए । उनले अफ्रिकामा पनि यो क्रमले गति लिन थालेकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रममा एनआरएनएका अफ्रीका क्षेत्रीय संयोजक सुनिल कार्की, भारितिय दुतावाशका अधिकारी सन्दीप पाल, एनआरएनएका आइसिसी सदस्य चिरन्जिबी रोका, एनआरएनए नाइजेरियाका अध्यक्ष जनक बिस्ट, सचिब रोशन थापा, सदस्यहरु बिश्वाश पौडेल र रोहित भाङ्गरलेपनि मन्तब्य दिएका थिए । त्यस्तै, भोजपुरी समाज नाइजेरियाका जिबेश मिश्रालगायतलेपनि नाईजेरियाका नेपाली, नयाँ वर्ष, राजेश पायल राईको प्रस्तुति र नेपाली समाजबारे बोलेका थिए ।
















