सन्तान धेरै बनाउन खोज्दा भालेहरु धेरै रोगी, जवानीमै म्रित्यु

elephant-family

जिवजन्तुहरुमा प्राय भालेहरुले बच्चा पाउने र हुर्काउने काम गर्दैनन् । नगण्य जिवहरुलाई छोडेर त्यो सम्पूर्ण काम प्राय पोथीहरुबाट फत्ते गरिन्छ । तर अचम्म के छ भने धेरै संख्यामा बच्चा बनाउने रहर भने भालेहरुमा हुन्छ । त्यसैले भालेहरु जतिसक्दो बच्चाको संख्या बढाउन मरिहत्ते गर्छन् । तिनले आफ्नो उत्पादन क्षमता बढाउन जिवननै जोखिममा राख्छन् ।

भाले र पोथीबिचको सबैभन्दा ठूलो भिन्नतानै के हो जिवजन्तुमा भने भालेहरु जतिसक्यो धेरै संख्यामा बच्चा उत्पादन गर्न चाहन्छन् । पोथीहरुमा त्यस्तो हुन्न । त्यसैले पोथीहरुलाई धेरै संख्यामा आकर्षण गर्न उनीहरु सुन्दर रङ देखाउँछन् । चम्किलो भएर प्रस्तुत हुन्छन् । पोथीहरुलाई अनेक थरि भाका फेरिफेरि गित सुनाउँछन् । थरीथरीका न्रित्य देखाउँछन् । भालेहरुले पोथीहरुलाई आकर्षण गर्न अनेक थरिका कामुक गतिबिधीको हत्कण्डा अपनाउँछन् ।

गित सुनाउँदा, न्रित्य गर्दा र पोथीहरुलाई आकर्षण गर्न तल्लिन रहँदा तिनको रोग निरोधक क्षमता घट्छ । अर्थात् शरिरमा भएको रोध निरोधक तत्वहरुको क्षयिकरण हुन्छ । ति तनावमा पर्छन् । रोगले छिटो आक्रमण गर्छ र ति उमेर नपुग्दै मर्छन् ।

पोथीहरुमा बच्चाको चाहना त हुन्छ । बच्चाको हेरचाह र सुरक्षा गर्ने जिम्मेवारीपनि तिनैको हो । तर भालेहरुले जस्तो जतिसक्दो धेरै बच्चाको चाहना पोथीहरु राख्दैनन् । सेक्सकालागि सम्पूर्ण क्षमता खर्च गरेर भाले खोज्नकलागि जोखिम पोथीहरुले लिँदैनन् । जसले गर्दा पोथीहरुको रोग निरोधक क्षमता सञ्चित भएर बसेको हुन्छ ।

बैज्ञानिकहरुका अनुसार भालेहरुले आफ्नो जोडी खोज्न धेरै भौंतारिँदा, जोखिम लिएका बेला रोग निरोधक क्षमताको क्षयिकरण हुनाले यहि मौकामा परजिवीहरु भालेको शरिरमा आकर्षित हुन्छन् । यहि कारणले गर्दा भालेहरु छिटो कमजोर र रोगी बन्छन् । तिनको छिटो म्रित्यु हुन्छ ।

बैज्ञानिकहरुले गाईने किरा (घामकिरी) मा यो अनुसन्धान गरेका थिए । तिनले भाले र पोथी दुबैलाई तिनले प्राय खाने भन्दा अतिरिक्त आहारा दिए । त्यो बेलापनि परजिवीहरु आकर्षित भएको त पाइयो । तर भालेहरु भन्दा पोथीहरु बढि प्रभावकारी तरिकाले ति परजिविसित लडे ।

उनीहरुले अर्को तथ्यपनि पत्ता लगाए । घामकिरीले छालामा संचय गर्ने लिपिड (lipids) भन्ने शक्तिपनि भालेको अनुपातमा पोथीहरुको ज्यादा हुने रहेछ । पोथीहरुको लिपिडको मात्र शुन्य दशमलव पाँच प्रतिशत बढि पाइयो ।

सन् २०१३ को तथ्यांक हेर्दा मेक्सिकोमा पुरुषको म्रित्यु संख्या महिलाको भन्दा बढि थियो । यसले सर्वजनिक स्वास्थ्यको अवस्था बुझ्न सहयोग पुग्न सक्ने बैज्ञानिकहरुको तर्क छ ।

बैज्ञानिकहरुको अनुसन्धानले के निचोड निकालेको छ भने पुरुषहरुको म्रित्यु छिटो हुन्छ, महिलाको तुलनामा । किनभने पुरुषहरुले परजिवीलाई बढि आकर्षित गर्छन् । खाना फरक तरिकाले लिन्छन् । अनि खानाको स्रोतलाई यौनजन्य क्रियाकलापमा बढि खर्च गर्छन् । तर पोथीहरुले भने निरोधक प्रक्रिया, बिकारका बिरुद्द प्रतिरक्षा र सेक्सका मामिलामा बढि सन्तुलित तरिका अपनाउँछन् । त्यसैले वंशाणुगत भिन्नता पत्ता लगाउन सके त्यसै अनुसार स्वास्थ्य योजना बनाउन र उपचार पद्दती अपनाउन लाभ हुन सक्छ ।

तपाइँको प्रतिक्रिया