जुवामा हारेकि रानीको बिलौना र हराउँदै गएको जितिया गित
तिज पर्व जस्तै हो थरुनीहरुको जितिया पर्व । यो पर्वमा थरुनीहरुले असाध्यै मिठो गित गाउँछन् । जितिया गित । झाम्टा न्रित्य देखाउँछन् । लगभग हिन्दू नारीको तिज जस्तै हो थरुनीहरुको जितिया पनि । ब्रत बस्छन् । नदीमा गएर नुहाउँछन् । मिठो परम्परागत, सांस्क्रितिक गित गाउँछन् । झाम्टा न्रित्य देखाउँछन् । तिजको गितभन्दा कम मिठो र कम मार्मिक हुन्न जितियाको गित । तर यो गित र न्रित्यपनि थारु समूदायबाट हराउँदै गएको छ ।
पहिले पहिले यो गीत गाउनेहरु धेरै थिए । अहिले चितवनका गाउँहरुमा यो गित गाउन सक्नेहरुको संख्या गन्न सकिने अवस्था छ । पाकाहरुबाट युवतीहरुले सिक्न छोडे । तिनमा यस्ता पुराना सांस्क्रितिक गितहरु सिक्ने चासोनै छैन । झुवानी, चितवनका झरिया महतोको अनुभवपनि त्यस्तै छ । उनका अनुसार जितिया गितले परापूर्व कालका दुख, पिर, पिडाका कथा कहन्छ । त्तर आजकल यि गितहरु लोप भैरहेको छ । यि गित गाउन सक्ने युवतीहरु छैनन् । “गाउँका केहि पाका महिलाहरु मात्रै यि गित गाउन सक्छन् । युवतीहरुलाई आउन्न । यि केहि पाकाहरुको शेषपछि के गर्ने ? कसले गाउने ? हाम्रो यो संस्क्रिति लोप हुने स्थिति छ ।’
जितिया र सखिया गितहरु मन छुने छन् । तिनले आफ्नोजिवन शैलीका अनेक पाटा खोतल्छन् । दुख, पिर र त्यो वेलाको जनजिवनको चित्र उतार्छन् । एउटा कथा यस्तो छ –
उहिले चितवन घना झाडी र जंगलले भरिएको थियो । यहाँ थाहरुहरुको मात्रै बस्ति थियो । त्यो बेला साना साना राज्यहरु थिए । ति राज्यका अलग अलग राजा हुन्थे । त्यो बेला जुवा खेल्ने चलन थियो । बिभिन्न राज्यका राजाहरु जम्मा भएर पासा निकै खेल्ने गर्थे । त्यो बेला तराइमा राजाहरुको घोडा र हात्ती पाल्ने चलन थियो । तिनको सवारीनै त्यहि थियो । ति राजाले जग्गा जमिन, हात्ती र घोडा सबै जुवामा हाल्थे । जित्नेले जिते । हार्नेले जग्गा जमिन, खेतबारी, घर घडेरी सबै जुवामा हार्थे । भएको सबै सम्प्ती जुवामा सकिएपछि अफ्नी पत्नीपनि बाजि राख्थे । आफ्ना पतीले जुवामा सबै हारेपछि आफ्नी पत्नीपनि हार्छन् । ति पत्नीले जुवा जित्ने राजाकहाँ जान मान्दिनन् । उनी घर छोडेर भाग्छिन् । यहि बिलौना जितिया गितमा हुन्छ । यो बिलौनालाई ऊ बेलाका गुरौ, थारु संस्क्रितिका श्रुतीवाचकहरुले बनाएका हुन् । त्यो बेला लेख्ने चलन थिएन । यसलाई श्रुती कहनका रुपमा विकास गरिन्थ्यो । पाकाहरुबाट केटाकेटीले सिक्ने गर्थे ।
दैनिक जिवनका दुख, खेतवारीमा काम गर्दाको अनुभव र देवी देवताका कहानीहरु गितमा समेटिएका हुन्छन् । सासु बुहारी बिचको संवन्ध, सासु र ससुराले दिने दुख, माइती छोडेर पतीको घर भित्रिँदाको पिर र नौलो अनुभव सबै जितिया गितमा समेटिएको हुन्छ । जितियामा गित गाउने महिलाले समूह बनाउँछन् । एक पक्षले गित निकालेर गाउँछ । फेरि अर्को पक्षले गितैगितले जवाफ फर्काउँछ । यो माथिको तस्विरमापनि दुई पक्ष छन् र तिनले त्यसै गरेका हुन् ।
तर आजकाल यस्ता गितहरु आफ्ना दिदी, आमा, भाउजु, काकीहरुबाट सिक्ने चलन छैन । युवतीहरु हिन्दी क्यासेट लगाएर गाउन रुचाउन थाले । नेपाली भाषाकै अन्य गितपनि क्यासेटमा लगाएर नाच्न थाले । आफ्नो मौलिक गितहरु भुल्दै गएका छन् ।
युवतीहरुमापनि लठ्ठी नाचको आकर्षण बढ्यो । जितिया गित नाचमा चासो घट्दै गयो । पहिले यो लठ्ठी नाच महिलाहरुले खेल्दैनथे । पुरुषहरुले मात्रै खेल्थे । आजकाल जितिया गित र न्रित्यमा चाख दिन छोडेर लठ्ठी नाचमा रमाउन थालेका छन् । तर यहि लठ्ठी नाचमापनि यि युवतीहरुले आफ्ना थारु गित गाउँदैनन् । हिन्दी फिल्म गितहरु क्यासेटमा लगाएर नाच्ने गर्छन् ।
वालवालिकाहरुले यसैमा चाख दिन थलेका छन् । यसले गर्दा जितियाका गित हराउँदै गए ।
(सबै तस्विर- नेपालप्लस डट कम)
















