भारतका शहरैपिच्छे सेक्सकालागि नेपाली महिला : अपमान की वास्तविकता ?

MOJ-masti

भारतीय पत्रपत्रिकामा अहिले एउटा बिज्ञापन देख्न सकिन्छ, लाजमर्दो बिज्ञापन । त्यसमा भारतका शहरै पिच्छे सेक्स र मस्तिकालागि महिलाहरु उपलब्ध भएको भनिएको छ । बिज्ञापनमा केहि महिलाको फोटोसहित ‘मोजमस्ति और सेक्स’ भन्ने उल्लेख गरेर प्रचार गरिएको छ । २० देखि ६० वर्ष उमेरकालागि भन्दै तिनले ग्राहक तान्न खोजेका छन् । अचम्म के छ भने तिनले आफूहरुसित बंगलादेशी र नेपाली महिलापनि उपलब्ध भएको उल्लेख गरेका छन् । 

सेक्स र मस्तिकलागि सम्पर्क गर्नुस् भन्दै सम्पर्क ब्यक्तिको नाम समेत दिईएको छ, अर्चना मेडम । बिज्ञापनमा फ्रेस युवतीहरुसमेत उपलब्ध छ भन्ने उल्लेख छ । हरेक जाति, समूदाय, धर्म र संस्क्रितिका हाई फ्रोफाईल युवती, क्याम्पसका छात्रापनि उपलब्ध भएको उल्लेख छ जसलाई उचित मूल्यमा सेक्स गर्न सकिन्छ । भारतमा यसरि सेक्स गरेर सन्तुस्ट भएका दुई लाख भन्दा बढि ग्राहक पुगिसकेकोपनि बिज्ञापनमा जनाईएको छ ।

पत्रिकामा उल्लेख भए अनुसार के भारतका सबै शहरमा नेपाली महिला उपलब्ध होलान् ? ति उपलब्ध भए कसरि कताबाट लगिए ? ति बेचिए होलान् की स्वईच्क्षाले यौन पेशा अपनाएका होलान् ?  तिनको अवस्था के होला ? ति कहाँका होलान् ? कसले कुन सम्पर्कले कस्तो प्रलोभनमा पारेर तिनलाई भारतका शहरै पिच्छे पुर्‍यायो होला ?

यदि साँचो हो भने तिनको बारेमा जाँचबुझ गर्ने जिम्मेवारी राज्यको हो की होइन ? यदि साँचो होइन भने यस्तो बिज्ञापन दिन मेडियाले पाउँछ की पाउँदैन ? झुठो र समाजमा बिक्रिति फैलाउने बिज्ञापन दिने अधिकार के भारतीय मेडियामा सुरक्षित छ ? तिमाथि कारवाहि हुनु पर्दैन ? नेपाल सरकारले यसमा चासो राख्नुपर्छ की पर्दैन ? यो महिला सरोकारवालाहरुको सरोकारको विषय हो की होइन ? किन बोल्दैनन् महिलाकर्मी ? किन चुपचाप बसेको छ हाम्रो सरकार ? के यो समग्र राष्ट्रको बेईज्जति होइन ? महिमामाथिको अपमान होइन ?

तपाइँको प्रतिक्रिया