अभिब्यक्ति स्वतन्त्रतामाथिनै बन्देज लगाउने पत्रकार महासंघ युरोप शाखाको निर्णय

Screen Shot 2016-07-03 at 09.18.29

नेपालमा सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेलले विवादित अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ प्रति गम्भीर असहमति जनाउँदै राजीनामा दिएका छन् । अनलाईन मेडियाको स्वतन्त्रमाथि अंकुश लगाउने काम गरेको भन्दै नेपालमा प्रेस स्वतन्त्रताकालागि लडाई भैरहेको छ । तर यता नेपाल पत्रकार महासंघ युरोप शाखाले भने गोप्यरुपमा बैठक बसेर प्रेस स्वतन्त्रमाथिनै अंकुश लगाउने निर्णय गरेको छ । सन् २०१५ को अक्टोबर छ का दिन यस्तो निर्णय गरिएको हो । तर यो निर्णयलाई लामो समयसम्म सार्वजनिक गरिएको थिएन । अहिले नेपाल पत्रकार महासंघका बारेमा आलोचना बढेका बेला शाखाको लिखित निर्णय सार्वजनिक भएको छ ।

शाखाको उक्त निर्णय स्काईप बैठकबाट गरिएको उल्लेख छ । शाखाका निर्णयहरु गोप्य तरिकाले हुने, कतिपय समितिकै सदस्यहरुलाई बैठकमा नबोलाउने, आफूअनूकुल निर्णय गरिने हुँदा आलोचना हुन थालेपछि यस्तो निर्णय गरिएको हो ।

“शाखामा आबद्द सदस्यहरुले सामाजिक सञ्जाल र संचार माध्यमहरुमा संस्थागत हित र सामाजिक सद्भावबिरुद्द धारणहरु सार्वजनिक गर्न पाइने छैन । यसो गरेको पाईएमा नियम बमोजिम छानबिन र कारवाही गर्न सक्ने छ” नेपाल पत्रकार महासंघ युरोप शाखाले गरेको लिखित निर्णयमा उल्लेख छ । अब कुनैपनि सदस्यले धारण मात्रै राख्दापनि शाखाले हुकुमी शासन शैलीमा आफूबिरुद्द कतै अभिब्यक्ति दिनेलाईपनि कारवाही गर्न पाउने बाटो बनाएको छ ।

यसका बारेमा केन्द्र, शाखामा आबद्द अन्य पदाधिकारीहरु कसैलेपनि हालसम्म बिरोध र टिकाटिप्पणी गरेका छैनन् । केहि सदस्यहरुले भने यो हालको शाखानै अबैध र क्रितिम भएकाले यसले गरेका कुनैपनि निर्णयहरु मान्य नहुने नेपालप्लसलाई बताए ।

तपाइँको प्रतिक्रिया